Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ आश्विन २३, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

प्रत्यूष २८७ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ६, शुक्रबार (३ साल अघि)
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

मोरङ, कालिकोट, चितवन र भोजपुरमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका–२ गंगाचोकमा एचआर ३८ एक्स २२१० नम्बरको कन्टेनरले को.३० प ९१०३ नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार दुई जना रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक केराबारी गाउँपालिका–७ बस्ने २७ वर्षीय हर्क परियार र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २१ वर्षीय भिम बहादुर राईको बिराट मेडिकल कलेज गङ्गाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।

कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कालिकोटको खाडाचक्र नगरपालिका–८ सिम्लेखोलास्थित सडकमा क.प्र.०२००१ ख २१० नम्बरको हाइस बिहीबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाइसका सहचालक पचालझरना गाउँपालिका–५ बाँझकोट बस्ने २० वर्षीय तुफान बम रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मान्ममा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाइस चालक समेत ११ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका–३ स्थित चुम्लिङटारमा ना.६ ख १३४० नम्बरको बस र लु.२ ख ३५०२ नम्बरको विङगर गाडी बिहीबार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विङगरमा सवार हाल पहिचान नखुलेका अन्दाजी ३६ वर्षीय पुरुष रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका विङगर चालक समेत दुवै सवारी साधनमा सवार १८ जनालाई उपचारको लागि नयाँ र पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भोजपुरको भोजपुर नगरपालिका–१२ स्थित सडकमा मे.१ त ४७४४ नम्बरको ट्रयाक्टरको ठक्करबाट सोही ठाउँ बस्ने सुन्दर तामाङको छोरा ४ वर्षीय मेन्सन तामाङको बिहीबार साँझ घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

  • गाईपालनबाट मनग्य आम्दानी

    गाईपालनबाट मनग्य आम्दानी

  • श्रीमान्द्वारा श्रीमतीको हत्या

    श्रीमान्द्वारा श्रीमतीको हत्या

  • व्यावसायिक मौरीपालनमा किसान आकर्षित

    व्यावसायिक मौरीपालनमा किसान आकर्षित

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असोज २२ गते बुधबार

    २०८२ असोज २२ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    नेपाल सरकार र जर्मन सरकारबीच विभिन्न सम्झौतामा हस्ताक्षर

    गाईपालनबाट मनग्य आम्दानी

    गाईपालनबाट मनग्य आम्दानी

    श्रीमान्द्वारा श्रीमतीको हत्या

    श्रीमान्द्वारा श्रीमतीको हत्या

    व्यावसायिक मौरीपालनमा किसान आकर्षित

    व्यावसायिक मौरीपालनमा किसान आकर्षित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution