Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ श्रावण २२, बिहिबार ५ : १७ : ४९
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

साईबर क्राईम सम्बन्धी जनचेतना फैलाउदै धादिङ प्रहरी

प्रत्यूष ४०५ पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण ५, बिहिबार (३ साल अघि)
साईबर क्राईम सम्बन्धी जनचेतना फैलाउदै धादिङ प्रहरी

धादिङ,५ साउन ।
साइबर क्राइम कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन । पछिल्लो समय इन्टरनेटको प्रयोग ह्वात्तै बढेर गएको छ । अहिले समाजमा साईबर अपराधका घट्नाहरु बढ्न थालेका छन्। प्रविधिको विकास भएसँगै यस भित्र विभिन्न अपराधहरु हुन थालेको छ ।
साईबर क्राईम अन्तरगत वेवसाइट तथा इमेल ह्याकिङ, चरित्रहत्या, डाटा चोरी, इन्टरनेटमार्फत व्ल्याकमेलिङ, इन्टरनेट बैंकिङ जालसाजी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग तथा जालसाजी गर्ने गरेको पाईन्छ ।

सामाजिक सञ्जालमा प्रविधिको दुरुपयोग गर्दै गरिने मानहानी, ब्लाकमेल लगायतका अपराधका घट्नाहरु बढीरहेको छ ।समाजमा हुने साईबर क्राईम न्युनीकरण गर्नको लागि जिल्ला प्रहरी कार्यलय धादिङले साईबर क्राईम सम्बन्धी सचेतना मुलक कार्यक्रम संचालन गरेको छ ।
सबैभन्दा बढी जोखिममा हुने युवायुवतीको लागि सचेतनामुलक कार्यक्रम सन्चालन गरीएको जिल्ला प्रहरी कार्यलय धादिङका ईनिस्पेक्टर रन्जन अवाले जानकारी दिनुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विद्यालय स्तरमा गएर कार्यक्रम सन्चालन भईरहेको अवाले जानकारी दिनुभयो ।विद्यार्थीहरुलाई ईनिस्पेक्टर अवाले साईबर क्राईम भनेको के हो ?साईबर क्राईम गर्दा हुने कानुनी सजाय,यसबाट बच्ने उपाय,वर्तमान अवस्था लगायतको विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।

बुधबार नीलकण्ठ माविका विद्यार्थीहरु र बिहीबार बालमन्दिर माविका विद्यार्थीहरुलाई साईबर क्राईम सम्बन्धी सचेतनामुलक कार्यक्रम सन्चालन गरीएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

साईवर अपराधबाट बच्न ध्यान दिनु पर्ने कुराहरुः

  • आफूले प्रयोग गर्ने password गोप्य र अनुमान गर्न नसकिने (जस्तैः अक्षर, अङ्क र स्पेशल क्यारेक्टर सम्मिलित password) राखौं ।
  • साथै password नियमित रुपमा परिवर्तन गरौं |
  • अनेक प्रलोभन देखाउँदै अपरिचित व्यक्तिबाट आउने ईमेललाई सकेसम्म नखोलौं र प्रतिउत्तर नगरौं |
  • साईवर क्याफे जस्तो सबैले कम्प्युटर  प्रयोग गर्ने ठाउँबाट सकेसम्म इन्टरनेट बैंकिङ (Internet Banking) जस्ता संवेदनशील कारोबार नगरौं |
  • Email  र facebook जस्ता social networking site हरु प्रयोग गरीसके पछि लग अफ(log off) गर्न नबिर्सौं |
  • विशेष गरि सार्वजनिक स्थलमा इन्टरनेट प्रयोग गर्दा कुनै पनि साइट(site) मा पासवर्डको अभिलेख रहने option हरु (जस्तैः always remember my password, keep me logged in)मा tick नलगाउँ ।
  • तपाईको व्यक्तिगत सूचनाहरु जस्तैः पासवर्ड(password)¸ क्रेडिट कार्ड नम्बर र पिनकोड (pincode) मागिएका इमेलहरु को प्रतिउत्तर नगरौँ |
  • Social Networking site  हरुमा सकेसम्म आफूले चिनेको व्यक्तिलाई मात्र साथीको रुपमा एड (Add) गरौं ।
  • अनलाइनमा भेटिएका नयाँ साथीहरु संग communicate गर्दा सावधान रहौं ।
  • आफ्नो र आफ्ना साथिहरुका व्यक्तिगत जानकारीहरु सकेसम्म online मा पोष्ट नगरौं ।
प्रतिक्रिया दिनुहोस
निलकन्ठ नगरपालिका सम्बन्धि थप
  • स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

  • दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

    दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

  • व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

    व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

  • नीजि क्षेत्र, विपन्न र सीमान्तकृत पहिलो प्राथमिकतामा रहने छ : मुख्यमन्त्री बानियाँ

    नीजि क्षेत्र, विपन्न र सीमान्तकृत पहिलो प्राथमिकतामा रहने छ : मुख्यमन्त्री बानियाँ

  • प्रत्यूष ई-पेपर थप

    २०८२ साउन २० गते मंगलबार

    २०८२ साउन २० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    स्तनपान प्रवर्द्धन गर्दै भरतपुर अस्पताल

    दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

    दुग्धेश्वरनाथ महादेव मन्दिरको धर्मशाला निर्माण १५ वर्षदेखि अधुरो

    व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

    व्यावसायिक अकबरे खुर्सानीखेती गर्दै किसान

    नीजि क्षेत्र, विपन्न र सीमान्तकृत पहिलो प्राथमिकतामा रहने छ : मुख्यमन्त्री बानियाँ

    नीजि क्षेत्र, विपन्न र सीमान्तकृत पहिलो प्राथमिकतामा रहने छ : मुख्यमन्त्री बानियाँ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    pratyushdainik@gmail.com

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution