Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ भाद्र २८, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

तीन महिनामा चट्याङ लागेर ५२ जनाले ज्यान गुमाए

प्रत्यूष २८० पटक पढिएको प्रकाशित मिति: २०७९ श्रावण १, आईतबार (३ साल अघि)
तीन महिनामा चट्याङ लागेर ५२ जनाले ज्यान गुमाए

काठमाडौं,०१ साउन।

पछिल्लो तीन महिनामा चट्याङ लागेर देशभर ५२ जनाको मृत्यु भएको छ । २०७९ वैशाख १ देखि असार ३२ गतेसम्म तीन महिनाको अवधिमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्याङ्क अनुसार सो अवधिमा देशभर १४८ वटा चट्याङका घटनामा परी १२३ जना घाइते भएका छन् । चट्याङबाट २०९ परिवार प्रभावित भएको छ ।

चट्याङले १० घरमा आंशिक र ४ घरमा पूर्ण क्षति गरेको छ । चट्याङ लागेर ४२४ वटा चौपाया मरेका छन् ।

पछिल्लो तीन महिनामा चट्याङले २५ लाख ४२ हजार रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार चट्याङ लागेर ३३ जिल्लामा यो अवधिमा मानिसको मृत्यु भएको छ ।

केन्द्रको तथ्याङक अनुसार चट्याङ लागेर सबैभन्दा बढी बागलुङ, मकवानपुर र प्युठानमा मृत्यु भएको छ । बागलुङमा ५, मकवानपुरमा ३ र प्युठानमा ३ जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

गत वर्ष (२०७८ साल) चट्याङ लागेर देशभर ५६ जनाको मृत्यु र १७९ जना घाइते भएका थिए । गत वर्ष चट्याङका घटनाले २ करोड १५ लाख ८१ हजार ८३० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बेनीमा मौलिक सम्पदाको संरक्षण

    बेनीमा मौलिक सम्पदाको संरक्षण

  • पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

    पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

  • काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

    काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

  • भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

    भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

  • प्रत्यूष ई-पेपर थप

    २०८२ भाद्र २६ गते बिहिबार

    २०८२ भाद्र २६ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    बेनीमा मौलिक सम्पदाको संरक्षण

    बेनीमा मौलिक सम्पदाको संरक्षण

    पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

    पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनःरुत्थान हुने विश्वास

    काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

    काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै

    भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

    भोजपुरका किसानको आम्दानीको स्रोत अर्ग्यानिक आलु

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution