Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

सन्दर्भ गुरु पुर्णिमाको(सम्पादकीय)

प्रत्यूष १३१६ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३०, बिहिबार (४ साल अघि)
सन्दर्भ गुरु पुर्णिमाको(सम्पादकीय)

धादिङ,३० असार।
अधिकाँश सामाजिक संजालकर्ताहरुले गुरुपुर्णिमाको सन्दर्भमा आफ्ना गुरुहरुलाई सम्मान गर्दै सामाजिक संजालहरुबाट शुभकामना अदानप्रदान गरे कसैले मेरा गुरु शिक्षा दिक्षा दिनेहरु भएको र आफुले जसबाट धेरै वा राम्रा राम्रा ज्ञान हासिल गरे उनीहरु नै भएको अभिव्यक्ति दिएभने केहीले आफ्नो गुरु भनको आफ्नो बाबुआमा मात्रै भएको भने त बाबुआमादेखी आफुभन्दा अगुवाहरु सबैलाई आफ्ना गुरु मान्नेहरुको पनि कमी रहेन तर, हामीले कस्ता कस्ता व्यक्तित्वलाई गुरु मान्ने भन्ने कुराको भने अधिकाँशले एकिन गरेको देखिएन ।

गुरु भनेको आफुलाई राम्रा ज्ञान दिएकालाई मान्नु स्वाभाविक कुरा हो तर, हाम्रो समाजमा आफुलाई मन पर्दा र कसैले एउटा कुरा भन्दा त्यो सकारात्मक रहुन्जेल उसलाई गुरु मान्ने र त्यो विषय विवादित बन्न पुग्दा उ गुरु नबन्ने एउटा परम्परा छ पछिल्लो समयको सामाजिक संजालले देखाइरहेको छ ।

केही सामाजिक संजाल प्रयोगकर्ताको हिस्टोरि हेर्ने हो भने समान प्रकृतिकै व्यक्तिहरुलाई कयौपटक नराम्रा प्रवृत्तिसंग दाँजिएको अवस्था छ भने कयौ पटक एउटै प्रवृत्ति भएका वा समान व्यवहार भएकालाई गुरु मानिएको पाउन सकिन्छ यसले गुरु शब्दलाई समेत विचलित बनाउँदै लगेको छ । कतिपय अवस्थामा त केही समय अघिमात्रै आफ्ना गुरुको रुपमा मानिएकाहरुलाई घृणित रुपमा र केही समय अघि घृणित भनिएकाहरु अहिले सम्म आउँदा गुरु बनेको पाउन सकिन्छ यसले पनि गुरु कसलाई भने र मान्ने भन्ने विषय गम्भीर छ ।

जे होस् सामाजिक संजालबाटै मेरा गुरु फलानो भनेर भन्न सकिने एउटा अवस्था भने सकारात्मक छ, आफ्ना गुरुमा मान सम्मान, प्रशंसा यत्तिकैमा पुग्ने हो कि होइन, भन्ने कुरालाई भने तमाम् गुरु मान्न तयार भएकाहरुले सोच्नुपर्छ ।

आफ्ना गुरुले दिलाएका ज्ञान, सीप, तथा अन्य विभिन्न प्रकारका चेतनाहरुको समष्टिगत विकासका लागि हामीहरुले के के गर्न सक्यौ त ? कि हामीलाई हुर्काइ बढाई ठूलो बनाएकाहरुलाई गुरु मान्ने बस्ने, ज्ञान दिने, सीप दिने वा चेतनाको विकासका लागि भूमीका खेल्नेहरुलाई गुरुको कुन स्तरमा राख्ने ? यो विषयमा भने हामीले सोचिराखेका छैंनौं आगामी पुस्ताले यसतर्फ पनि ध्यान दिनुपर्ला ।

समय सामाजिक संजालको पहुँचमा रहेकाहरुले सामाजिक संजालबाट आफ्ना दुःख, बेदना, पिडादेखी सुखका क्षण, खुसीयालीका पल तथा अन्य घरायसी विषयहरु जोडेर समेत सुखदुःखको सेयरिङ गर्ने काम गरिएको छ यो नौलो कुरा होइन, सामाजिक संजालबाट केही विषयमा पोष्ट्याँउदा मात्रै वा गुरु मान्दिँदा वा अरुलाई राम्रो भन्दिदा आफु पनि राम्रोमा गनिन त्यस प्रकारका गतिविधि भैरहेका छन् भने हाम्रो लागि त्यो घातक बन्न पनि सक्छ ।

यसर्थ आफुले गुरु मानेकाहरुलाई जिवन व्यवहारमै गुरु मान्ने र गुरुले सिकाएका वा दिएका ज्ञानको वढावा गर्न निरन्तर अभ्यास गरिरहने जसका कारण समाजिक सद्भाव, सामाजिक एकता वा समाजलाई सकारात्मक दिशातर्फ उन्मुख गराउन सके गुरुको सम्मान गरेको ठहर्छ अन्यथा सामाजिक संजालबाट पोष्ट गरेकै भरमा गुरुप्रति सम्मान गरेको भनेर बुझ्नु उचित हुँदैन र ठहरिदैन पनि यसकारण पनि साच्चै तन मनका साथ गुरु प्रतिको सम्मान गरौं देखावटी सम्मानले मात्रै हुँदैन । हामीले गर्ने मान सम्मानले गुरुहरुले पनि गर्व गरुन् र मैले गरेको सेवाको फल पाएँ भन्ने अनुभूती गरुन् यसबाट मात्रै गुरुहरुको उचित सम्मान हुनेछ ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

  • Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

  • Post Thumbnail

    पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

  • Post Thumbnail

    ‘विपद्ले भत्किाएका बस्तीको सुरक्षित पुनःनिर्माण आवश्यक छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    कोरला नाका जोड्ने सडक खुलाउन ड्रोनबाट इन्धन ढुवानी गरिँदै

    Post Thumbnail

    शारदीय काव्यमिलनमा देश र समाजका आवाज प्रस्तुत

    Post Thumbnail

    सेवा विस्तारसँगै प्रदेश अस्पतालमा सेवाग्राही बढ्दै

    Post Thumbnail

    दसैँअघि निकुञ्जमा जिप सफारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution