Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

को बन्ला एन्फा प्रवक्ता ?

प्रत्यूष ११०७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ २३, बिहिबार (४ साल अघि)
को बन्ला एन्फा प्रवक्ता ?

काठमाडौं,२३ असार । 

निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा निर्वाचित भए । ६ असारमा भएको चुवानी साधारणसभामा बहुमतसहित विजयी भएका नेम्बाङले दोस्रो दिन (८ असार) मा सपथसँगै औपचारिक कार्यसमिति बैठक समेत राखे ।

पहिलो बैठकबाटै नेम्बाङले चुनावमा माहोल बनाएकाहरूलाई महासचिव, कोषाध्यक्ष तथा विदेश विभागको जिम्मा दिए । महासचिवमा अघिल्लो कार्यसमितिमा प्रवक्ता जिम्मेवारी पाएका किरण राईले नियुक्ति पाए । कोषाध्यक्षमा रविन्द्र जोशीले नै निरन्तरता पाए ।

यता, विदेशी सम्बन्ध प्रमुखमा नवीन पाण्डे पुनः दोहोरिए । अघिल्लो कार्यसमितमै जर्मन नागरिकलाई नियुक्ति दिएपछि तत्कालिन अध्यक्ष कर्माछिरिङ विवादमा तानिएका थिए । अध्यक्षलाई आफ्नो वरियता भन्दा तल राख्न थालेपछि कर्माले पनि पाण्डेको कुरा कम सुन्न थाले । यसपछि पाण्डेले आफ्नो बोली नबिकेको ठान्दै राजीनामा दिए ।

तीन नियुक्ति पहिलो बैठकबाटै गरेपछि विवाद भयो । पूर्वअध्यक्ष गणेश थापाले त सामाजिक संजालमा पाण्डेको नियुक्ति विधान विपरित भएको भन्दै आरोपनै लगाए । त्यति लेखेपछि थापाले पाण्डेलाई फेसबुकबाट ‘ब्लक’ नै गरे । उनै थापा र पाण्डेसहितको टिमबाट अध्यक्षमा निर्वाचित नेम्बाङ हाल निकै तनावमा छन् । पाण्डेका अनुसार काम भए थापा रिसाउने । थापाका अनुसार काम भए पाण्डे रिसाउने । जसका कारण केही नियुक्ति अझै हुन सकेको छैन ।

हाल एन्फाको प्रवक्ताको विषयमा ठूलै रस्साकस्सी चलिरहेको छ । कसलाई नियुक्त गर्ने भनेर । हाल प्रवक्ताका लागि थापा पक्षबाट सुरेश शाह देखिएका छन् । शाह नै बलिया प्रत्यासी समेत भएको फुटबल जानकारहरू बताउँछन् । निर्वाचत समितिमा रहेका बद्री भट्टराई समेत एन्फा प्रवक्ताको प्रत्यासी देखिएका छन् । उनी पाण्डे र नेम्बाङ पक्षबाट दाबेदार छन् । तर, चार वर्षका लागि निर्वाचन समितिमा रहेका भट्टराई प्रवक्ता हुन नसक्ने जानकार बताउँछन् ।

‘आगामी चार वर्षका लागि निर्वाचन समितिमा बसेको मान्छे कसरी प्रवक्ता हुन्छ ?, अझ चुनावको पूर्ण नतिजा आएको छैन ।’ एन्फा स्रोत भन्छ।हालसम्म १३ सदस्यमध्ये ११ निर्वाचित भएका छन् । बाँकी चार सदस्यको सामान ३९ मत आएपछि विशेष साधारणसभाबाट दुईको टुंगो लाग्ने भएको छ । यसैले पनि भट्टराईको नियुक्ति गर्न नहुने जानकार बताउँछन् ।

यता, शाह भने वरिष्ठ पदका उम्मेदवारी नदिइ प्रवक्ताको पर्खाइमा थिए । पाँचथर फुटबल संघका अध्यक्ष समेत रहेका शाहलाई कर्मा समूहबाट उपाध्यक्ष प्रस्ताव नआएको पनि हैन । तर, तत्कालिन समय एक नम्बर प्रदेश एक ढिक्का भएपछि शाहले यस टिमलाई छाड् सकेनन् । तर, भट्टराईको ‘इन्ट्री’ सँगै शाह तनावमा छन् ।

अब, बस्ने एन्फाको कार्यसमिति बैठक मिति भने तय भएको छैन । विधानअनुसार सात दिनअघि नै केन्द्रीय सदस्यलाई एजेण्डा पठाउनु पर्ने हुन्छ । तर, त्यसअघि भट्टराई वा शाहको प्रवक्ता हुनेछ त्यसको भने दौडधुप सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

  • Post Thumbnail

    पोखरा स्कुल बस दुर्घटनाः प्राविधिक खराबी र तीव्र गति

  • Post Thumbnail

    पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

  • शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

    Post Thumbnail

    पोखरा स्कुल बस दुर्घटनाः प्राविधिक खराबी र तीव्र गति

    Post Thumbnail

    सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

    Post Thumbnail

    चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution