Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ अषाढ २२, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आयो

प्रत्यूष ३१२ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १४, मंगलबार (३ साल अघि)
भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आयो

काठमाडौं, १४ असार 

चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर–बर्दघाट २२० किलोभोल्ट (केभी) प्रसारण लाइनको आंशिक खण्ड सञ्चालनमा आएको छ ।

चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीस्थित सबस्टेसनबाट नवलपरासीको अरुण खोलासम्मको करिब ५६ किलोमिटर प्रसारण लाइनमा सोमबार विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।

नवलपरासीको दुम्कीबासमा भइरहेको अवरोधका कारण प्रसारण लाइन निर्माण गर्न नसक्दा भरतपुरबाट बर्दघाटतर्फ थप विद्युत पठाउन नसक्ने अवस्था आएपछि प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरेको हो । ७४ किलोमिटर प्रसारण लाइनमा पर्ने २४६ वटा टावरमध्ये २४४ वटाको निर्माण गरी तार टाँगिएको छ ।

भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको लाइनलाई अरुण खोलामा ट्यापीङ गरी हाल सञ्चालनमा रहेको १३२ केभी प्रसारण लाइनमा जोडिएको छ । भरतपुर-बर्दघाट १३२ केभी प्रसारण लाइनलाई अरुण खोलामा छुट्याएर भरतपुर–बर्दघाट २२० केभीको लाइनसँग जोडिएको हो । भरतपुर सबस्टेसनबाट अरुणखोलासम्म २२० केभीको नयाँ लाइनबाट र त्यसपछि १३२ केभीको पुरानो लाइनबाट बर्दघाट सबस्टेसनसम्म विद्युत प्रवाह हुने छ ।

अब अरुण खोलापूर्वतर्फका कावासोतीलगायतका क्षेत्रमा पुरानो १३२ केभी प्रसारण लाइनबाट प्रगतिनगर सबस्टेसनमार्फत विद्युत आपूर्ति हुने छ । ती क्षेत्रमा करिब २५ मेगावाट विद्युत खपत हुने गरेको छ ।

पुरानो १३२ केभी लाइनबाट कावासोती लगायतका क्षेत्रमा विद्युत आपूर्ति भएपछि सोमबारबाट सञ्चालनमा आएको लाइनमार्फत भरतपुरबाट बर्दघाटतर्फ करिब एक सय मेगावाट विद्युत सिधै पठाउन सकिने छ । अहिले भरतपुर–बर्दघाट १३२ केभी लाइनबाट कावासोती क्षे    त्रमा विद्युत आपूर्ति गरी बाँकी विद्युत बर्दघाटतर्फ प्रवाह हुन्थ्यो ।

अहिले चालु रहेको भरतपुर-बर्दघाट १३२ केभी प्रसारण लाइन सिंगल सर्किट मात्रै छ । जसले गर्दा भरतपुरबाट बर्दघाटतर्फ करिब ८० मेगावाटभन्दा बढी विद्युत पठाउन नसकिने बाध्यात्मक अवस्था थियो । भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको आंशिक खण्ड चार्ज गरी कावासोतीलगायतका क्षेत्रको करिब २५ मेगावाट लोड सिफ्ट भएकाले भरतपुरबाट पश्चिमतर्फ थप विद्युत आपूर्ति गर्न सकिने भएको छ ।

भरतपुरबाट प्रगतिनगरसम्मको खण्ड चार्ज भएपछि अब भरतपुरबाट बर्दघाटतर्फ करिब २५ विद्युत थप पठाउन सकिने र यसबाट पश्चिम क्षेत्रको विद्युत आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

‘भरतपुरतर्फ विद्युतको माग बढी रहेको, तर हाल सञ्चालनमा रहेको १३२ केभी लाइनको क्षमतालाई नधानेर थप विद्युत पठाउन सकिरहेका थिएनौं, अब कावासोती क्षेत्रको लोड सिफ्ट गरिएकाले थप विद्युत बर्दघाटतर्फ पठाउन सक्छौं । यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति व्यवस्थापनमा केही सहज भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘पश्चिम क्षेत्रमा विद्युत आपूर्तिका लागि टनकपुरबाट बाध्यात्मक रूपमा गर्नुपर्ने आयात घट्नुको साथै भोल्टेजमा पनि सुधार हुने छ ।’

नवलपरासी विनयी त्रिवेणी गाउँपालिका–२ दुम्कीबासमा स्थानीयको अवरोध र सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण दुईवटा टावर बनाउन नसक्दा भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण पूरा हुनसकेको छैन । सर्वोच्च अदालतले आइतबार रिट खारेज गरिदिएकाले अब दुईवटा टावर निर्माणको बाटो खुलेको छ ।

प्रसारण लाइनको मार्गधिकार परिवर्तनको माग गदै स्थानीयले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका कारण लाइन निर्माणको काम २०७७ को चैतबाट रोकिएको थियो । सर्वोेच्च अदालतले रिट खारेज गरिदिएकाले अब अब मुआब्जा निर्धारणको प्रक्रिया सुरु गरी टावर निर्माण गरिने आयोजना प्रमुख सन्तोष साहले बताए ।

प्रतिक्रिया दिनुहोस
आर्थिक/बजार सम्बन्धि थप
  • जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

  • प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

  • किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

  • साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

  • प्रत्यूष ई-पेपर थप

    २०८२ असार २१ गते शनिबार

    २०८२ असार २१ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    जनै बनाउने सीपको पुस्तान्तरणको चिन्ता

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    प्रधानमन्त्रीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको छलफल

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    किसानलाई प्रविधिमैत्री बनाउन अनुदानमा हाते ट्र्याक्टर

    साँझ बिहान  इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    साँझ बिहान इँटा सुकाउन ओल्टाइपल्टाई गरेर गोमाले ल्याइन् ४ जिपिए, उनी भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution