Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २१, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

प्रदेशी “मैन”बत्ती झै हो !

प्रत्यूष १६५२ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ६, मंगलबार (४ साल अघि)
प्रदेशी “मैन”बत्ती झै हो !

ओम कुमार श्रेष्ठ
धादिङ,०६ बैशाख।

समय, परिस्थिति र वेवस्ता यी तिनै कारणले आफ्नो जन्म घर आमा बाबा, प्रिय साथी भाइ अनि सुख होस, वा दुःखमा साथ दिने प्यारो बस्ती बाट सपनाको संसार सझाउनको लागी सुनौलो भविष्यको खोजीमा निस्कने मान्छे नै “प्रदेशी” हो । प्रदेशी रहरले भन्दानि बाध्यता, जिम्वेवारी दुबै पूरा गर्ने सपनाको मालिक पनि हो।

जव समय र कालखण्ड फेरिदै जान्छ मान्छेमा जिम्वेवारी र परिचय पनि फेरिदै जान्छन। त्यसैले हिजो ‘बुवा आमा’को आश्रयमा बस्ने आज न आखाले देख्न सक्ने न त सजिलै भेट्न नै सक्ने गरि बादलपारीको देश बाट केवल यादमा पौडिरहेको हुन्छ ‘प्रदेशी,’ “प्रदेशी” शब्द नै भन्दा र सुन्दा नै कस्तो नमिठो लाग्छ प्रदेशी भनेको ‘बिरानो’ बिछोडिएको फेरी भेट हुन्छ होला कि हुन्न होला भन्ने कुरा मनमा खुल्दुली चलाइ दिने शब्द झै बन्यो “प्रदेशी”!

मान्छे प्रदेशी किन हुन्छ?

जब समयको चक्र फेरिदै जान्छ उसको आबस्यता र जिम्वेवारी पनि संगै फेरिदै जान्छ जव यी सबै कुरा थपिदै जान्छन यी आवस्यता पुरा गर्ने ‘सजिलो’ र ‘स्पस्ट’ बाटो बन्छ प्रबास, अनि आफ्ना सबै सपना मन भरी पोको पारेर भविस्यको खोजीमा लाखौ मान्छेको हुलमा आफु एक्लिएको अनुभुति गर्दै प्रदेशी हुन्छ ।

“सर्पको खुट्टा सर्पले मात्र पो देख्छ” बिचरा वल्लो डालीमा रुने न्याउलीको रोदन कहा पल्लो डालीमा नाच्ने मयूर बुझ्छर! सबैको सपना बोकेर प्रदेशिएको प्रदेशी भएकै दिन बाट घरमा पैसा आउने दिन गनेर बस्नु अनौठो हैन ! तर बिडम्बन यो ‘सहर’ भित्रको ‘रहर’ हाम्ले कल्पना गरेको भन्दा जति ‘सुन्दर’ र ‘बिकसित’ छ त्यती “स्वार्थी’ र ‘निरिह ‘ पनि छ भन्ने कुरा के थाहा र पैसा आउने दिनको लागी औला भाच्दै बस्ने बुवा आमालाइ !

“मनको बह कसैलाइ नकह” भने झै कसै संग नबोलु सम्पर्क बिहिन हु भने पनि लौ फलानो ठुलो पल्टियो के बिदेश गएको थियो हाम्लाइ नगन्ने भो भन्छन सम्पर्क बढायो सन्चो बिसन्चो काम के कस्तो छ भनेर सोध्नु पहिले त्यहा त फलानो समान ‘इचनष्लब’ि पाइन्छ रे अनि ‘ष्एजयलभ’ र धनबहादुर लाई ‘केन्द्र’ बनाउछन लौन हाम्लाइ पनि एउटा सम्झनाको चिनो पठाइ दे हामी पनि हुने खाने भए हेरुला भनेर गुनासो पोख्छन बिचरा ! तिनी हरुलाई पनि के थाहा केटोले “घचमहेन” मोबाइले गुजÞरा चलाएको छ भन्ने !

साच्ची “प्रदेशी” पनि दुइ’ ‘प्रकारका हुन्छन एक थरी आफुले नै पत्ता लाएर म मात्र कोही नगएको कसैले नदेखेको “उपग्रह” मा नै छु झै गर्ने अहमताबादीको भुमरीमा ‘घमन्ड’को मुकुन्डो ओढेर बस्ने प्रदेशी अर्का यथार्थ र बास्तविकताको दुनिया लाइ सुख र दुःखको चक्र सम्झने परिवार प्रेमी भविष्यको चिन्ता प्रेमी प्रदेशी, आखिर जो जस्तो प्रदेशी भए पनि यथार्थमा प्रदेशी पिडा, समस्या र स्वतन्त्रताको परिधिबाट अलग्गै बस्न सक्दैन त्यसैले त सबै को सपना पुरा गर्ने लक्ष बोकेको प्रदेशी कहिले आधा पेटमा दिन बिताएको हुन्छ कहिले राता सुनियका आखा अनिधोको प्रमाण लिएर आखा मिच्दै दौडिरहेको हुन्छ भोलीको खुसीको लागी मन्द मुस्कान बोकेर! युद्धमा होमि सकेको सिपाही झै !

पिडा सबै लुकाएर मृत्यु संग लड्छ प्रदेशी

सपनाको संसार फेर्न निडर भइ बढ्छ प्रदेशी!!

परिवारको सपना र जिन्दगीको लक्ष बोकी

सफलताको शिखर चुम्न चढ्छ प्रदेशी!!

भोक निद्रा नभनेर केवल लक्ष पुरा गर्न

पचास डिग्री नभनेरै चर्को घाममा डढ्छ प्रदेशी!

न छ आमा न छ बाबा याद मात्र संगालेर

आफ्नो कथा आफै लेख्दै पढ्छ प्रदेशी!!

साच्ची प्रदेशी बलि रहेको “मैन”बत्ती झै हो ! आफु पग्लिएर आफु सधै अध्यारो भएर पनि परिवारको उज्यालोको लागी अलि कति सास बाकी हुदा संम्म बलिरहेको हुन्छ “प्रदेशी” अनि अवरात डुंगा खिहाइ रहने ‘माँझी’ झै पनि हो प्रदेशी, कतिलाइ पारी तार्छ तर आफु सधै वारीको वारी भए झै आफु नोकरी गरेर परिवारलाइ तलवको जिम्मा लगाइ दिन्छ ‘प्रदेशी’ !!

बचेरा गुंडमा छोडेर आहरा खोज्न हिडेको चरी झै हो प्रदेशी, कहिले आउछर खाउला भनि पर्खिबसेका बचेराहरु “शिकारी” को पासोबाट चारो टिपेर आउने नआउने कुनै ठेगान नभएको सुत्केरी चरी झै!! विरानो बस्तीमा सपनाको महल बनाउदै दुःख र पसिना संगै पौडी खेल्ने साहसी हो प्रदेशी, आधा बाटोमा हराएका गन्तव्य बिहिन यात्रालाई मुल बाटो सम्म पुर्याउने सपना देखेको बटुवा हो प्रदेशी,बर्षौ देखि चुएको छानो र फाटेको आमाको चोली फेरिदिने सपना बोकेर हिडेको कालो बादल भित्रको चादीको टुक्रा हो “प्रदेशी” !

अपसोच !! मनमा “जननी जन्म भुमिस्वम स्वर्गदपि गरियसी”हुदा हुदै पनि कहा हो कहा चिन्दै नचिनेको देख्दै नदेखेको दुनिया संग श्रमको साइनो गासेर पिडा हुदा पनि मुस्काइ मुस्काइ हिड्नु पर्ने रमितेको सहरमा गुम्सिएका रहर हरु लिलाम बिक्रिमा राखेर सुनौलो भविष्यको लागी सुनौलो सपनाको लागी भन्दै प्रदेशीको बिल्ला भिरेर कहिले सम्म भौतारी रहनु पर्ने हो यो श्रम लुटिएको सहरमा ऐ !! विरानो “प्रदेशी”

(धादिङ घर भएका लेखक ओम कुमार श्रेष्ठ हाल जापान टोकियोमा हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    धुलिखेल एकीकृत जग्गा विकास आयोजना अघि बढ्ने

  • आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

    आलेखः धनुषाधाममा बढ्दै पर्यटकीय आकर्षण

  • Post Thumbnail

    पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

  • व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

    व्यक्तिगत लगानीमा चिस्यान केन्द्र निर्माण

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज २१ गते बुधबार

    २०८३ असोज २१ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

    स्वदेशी कृषिउपजको बजार सुनिश्चित गर्न उत्पादन याममा आयात नियन्त्रण गर्नुपर्नेमा जोड

    स्वदेशी कृषिउपजको बजार सुनिश्चित गर्न उत्पादन याममा आयात नियन्त्रण गर्नुपर्नेमा जोड

    Post Thumbnail

    झापा प्रशासन र यातायात व्यवसायीबीच जेन–जी घाइतेलाई ५० प्रतिशत छुट दिने समझदारी

    Post Thumbnail

    मुस्ताङका तीन स्थानीय तहद्वारा छ ब्यारेल इन्धन सहयोग

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution