Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक १२, बुधबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

जोशीलाई साफको उपाध्यक्षमा पठाउने एन्फाको निर्णय विवादमा

प्रत्यूष ७३५ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ १०, शुक्रबार (४ साल अघि)
जोशीलाई साफको उपाध्यक्षमा पठाउने एन्फाको निर्णय विवादमा

काठमाडौं, १० असार । 

निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भए ।

सोमबार निर्वाचित पंकज कार्यसमितिले बुधबार सपथ ग्रहणलगत्तै साँझ कार्यसमिति बैठक बस्यो । जसमा समितिले सात बुँदे निर्णय गर्‍याे । तर, पहिलो बैठकमै नयाँ कार्यसमितिलाई पहिलो गाँसमै ढुंगा लागेको छ । आफ्नै निर्णयका कारण एन्फा विवादको घेराम फस्न थालेको छ ।

पहिलो बैठकले दक्षिण एसियाली फुटबल महासंघ (साफ)को चुनावमा नेपालका तर्फबाट एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशीलाई पठाउन गरेको निर्णय कार्यान्वयन नहुने भएको छ ।

साफको विधानअनुसार कंग्रेसभन्दा दुई महिनाअगावै उम्मेदवारी दिइसक्नुपर्ने हुन्छ । उम्मेदवारी फिर्ता लिन जुनसुकै समयमा पनि पाइने व्यवस्था भए पनि उम्मेदवारी दर्ता गराउनका लागि भने दुई महिनाको समयसीमा तोकिएको छ । आगामी  २ जुलाईमा बंगलादेशको ढाकामा हुने साफ कंग्रेसका लागि वैधानिक व्यवस्थाअनुसार समयसीमा घर्किइसकेकाले जोशीको उम्मेदवारी कायम हुने सम्भावना छैन ।

सोमबार भएको साधारणसभामा निर्वाचनमा नेम्वाङ प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका जोशी पराजित भएका थिए । चार उपाध्यक्ष पदमा नेम्वाङ प्यानलबाट दावा लामा, विराटजंग शाही र दीपक खतिवडा तथा शेर्पा प्यानलबाट दीर्घबहादुर केसी (कुमार) निर्वाचित भएका थिए ।

आफ्नो प्यानलबाट उम्मेदवारी दिएर पराजित भएपछि जोशीलाई क्षतिपूर्तिस्वरुप साफको उपाध्यक्षमा पठाउने प्रयास गरिएको नेतृत्वमाथि आरोप छ । शेर्पा नेतृत्वको अघिल्लो कार्यसमितिले दुई महिनाअघि नै शेर्पाको नाममा उपाध्यक्षको उम्मेदवारी दर्ता गराएको थियो ।

साफको कंग्रेसले एक अध्यक्ष, दुई उपाध्यक्ष, साफलाई प्रतिनिधित्व गर्ने एक एएफसी कार्यसमिति सदस्य, दुई कार्यसमिति सदस्य र एक महिला कार्यसमिति सदस्य गरि सात सदस्यीय कार्यसमितिको चयन गर्नेछ ।

नेम्वाङ नेतृत्वको कार्यसमितिले बुधबारको पहिलो बैठकबाट महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा नवीन पाँडेलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रक्रिया पूरा नगरिएको बैठकबाट महत्वपूर्ण नियुक्तिहरु गरिएको तथा अन्तर्राष्ट्रिय सम्बन्ध प्रमूखमा विधानविपरीत विदेशी नागरिकलाई नियुक्त गरिएको भन्दै नेतृत्वको आलोचना सुरु भएको छ । हाल जर्मनीमा बसोबास गर्ने काठमाडौं धुम्बराहीका पाँडेले जर्मन नागरिकता लिइसकेका छन्

नवनियुक्त अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख पाँडेले साफमा नेपाललाई प्रतिनिधित्व गर्दै जोशी जाने कुरामा शंका नगर्न अनुरोध गरे । शेर्पाको नाममा यसअघि दर्ता गराइएको उपाध्यक्षको उम्मेदवारी फिर्ताका लागि साफमा अनुरोध गरिसकेको बताउँदै उनले भने, ‘हामीले पुरानो उम्मेदवारी फिर्ता गर्नका लागि अनुरोध गरेका छौं । पहिला त्यो फिर्ता हुनुपर्छ । त्यसपछि रिक्त रहेको ठाउँमा हामीले अर्को प्रतिनिधि पठाउने हो । कसलाई पठाउने भन्ने संघको अधिकारको विषय हो । त्यसैले एन्फाको निर्णयमा शंका नगर्नुस् ।’

पाँडेका अनुसार शेर्पाको उम्मेदवारी फिर्ता भएपछि रिक्त हुने ठाउँका लागि साफले एन्फालाई नाम पठाउन आह्वान गर्छ । त्यसपछि जोशीको नाम पठाइन्छ र उनी साफको अर्को कंग्रेसबाट उपाध्यक्ष चुनिन्छन् ।

साफको विधानअनुसार कुनै पनि सदस्य देशले एउटा पदमा एक जनाभन्दा बढीको उम्मेदवारी दर्ता गराउन पाउँदैन । त्यसो गरेमा स्वत: सबै उम्मेदवारी खारेज हुन्छ । यसैगरी सात सदस्यीय साफ कार्यसमितिमा सबै देशको प्रतिनिधित्व ग्यारेन्टी गर्नका लागि विधानमै एक देशबाट एक जनामात्र हुन पाउने व्यवस्था गरिएको छ ।

साफको सदस्यमा नेपाल, भारत, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका र माल्दिभ्स गरी सात देश छन् ।

प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • Post Thumbnail

    पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

  • शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

  • Post Thumbnail

    एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

  • Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदका लागि जिल्लामा खेलाडी छनोट

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १० गते मंगलबार

    २०८३ कात्तिक १० गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    नभसुरक्षामा नेपाली सेना सक्रिय

    Post Thumbnail

    पोखरा एभेन्जर्सले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

    Post Thumbnail

    गैरकानुनी कार्यमा संलग्न भएको आरोपमा दश विदेशी पक्राउ

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution