Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १२, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

अर्घाखाँचीमा गठबन्धन सकस, भागबन्डा मिलाउँनै कठिन

प्रत्यूष ११४३ पटक पढिएको प्रकाशित मिति: २०७९ बैशाख ५, सोमबार (४ साल अघि)
अर्घाखाँचीमा गठबन्धन सकस, भागबन्डा मिलाउँनै कठिन

अर्घाखाँची, ५ वैशाख।

स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धन पक्षधर राजनीतिक दल निरन्तर छलफलमा रहे पनि हालसम्म साझा सहमति विन्दु भेटाउन सकेका छैनन् ।

साझा उम्मेदवार उठाउने र नेकपा एमालेलाई क्लिनस्विप गर्ने याेजनमा रहे पनि भागबन्डामै अल्झिदा चुनावी माहाेल समेत बन्न सकेकाे छैन ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमाेर्चा र एकीकृत समाजवादीकाे दाबी मिलाउन नसक्दा बाँडफाटमा ढिलाई भैरहेकाे नेपाली कांग्रेसका एक नेताले बताए । यद्यपि, चाडै टुङ्याउने प्रयास भैरहेकाे उनकाे भनाइ छ ।

‘विभिन्न चरणमा छलफल भैरहेका छन् । सहमतिमा पुग्ने प्रयास जारी छ ।’ नाम उल्लेख नगर्ने सर्तमा ती नेताले भने ‘सम्भवत आज साँझसम्म केही न केही निष्कर्ष आउँछ ।’

कहाँ अड्कियाे हलाे ?

विगतमा आफूले जितेका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका र शितगंगा नगरपालिकामा साेही अनुसारकाे हैसियत माओवादी केन्द्रले दाबी गरिरहेकाे छ भने मालारानी समेत पालिका प्रमुख र उपप्रमुखसहित केही केही वडामा माओवादीकाे दाबी छ ।

विगतमा एमालेले जितेका स्थान दाबी गरेकाे नेकपा एकीकृत समाजवादीले सन्धिखर्क र मालारानीमा  नेतृत्व मागिरहेकाे छ । सकेसम्म दुई पालिकासहित केही वडा मागिरहेकाे एकीकृत समाजवादीले कम्तिमा एक पालिका छाेड्नै नसकिने जनाएकाे छ ।

गत निर्वाचनमा भूमिकास्थानमा राम्राे मत पाएकाे र कार्यपालिकामा बहुमत भएकाे राष्ट्रिय जनमाेर्चाले भूमिकास्थानसहित अन्य पालिकामा दावी गरेकाे छ । जनमाेर्चाले भूमिकास्थानकाे नेतृत्वसहित पाँच वडा दाबी गरेकाे छ । त्यस्तै, मालारानीमा उपाध्यक्ष र सन्धिखर्कमा उपप्रमुखसहित केही वडामा जनमाेर्चाकाे दाबी छ ।

एमाले प्रवेश गरेका टाेपबहादुर रायमाझीलाई यसपटक संघीय संसद छिर्नबाट राेक्ने मनसाय बाेकेकाे माओवादी केन्द्र जसरी पनि गठबन्धन कायम गर्ने पक्षमा छ । यद्यपि, माओवादीले बढी भाग खाेजेका कारण गठबन्धननै संकटमा परेकाे ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

  • हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

  • सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

  • मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ११ गते आईतबार

    २०८३ असोज ११ गते आईतबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    नेप्से परिसूचक १६ दशमलव ४७ अङ्कले घट्यो

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution