Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

विपद् पूर्व तयारी खै ?(सम्पादकीय)

प्रत्यूष ११३७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ७, मंगलबार (४ साल अघि)
विपद् पूर्व तयारी खै ?(सम्पादकीय)

धादिङ,०७ असार ।
केही दिनदेखी नेपालका अधिकाँश स्थानहरुमा वर्षा भैरहेको छ । वर्षाकै कारण विभिन्न स्थानका मुख्य सडकहरु समेत अबरुद्ध भैरहेका छन् भने विभिन्न जिल्लाका स्थानीयहरुको ठूलो जनधनको क्षति भएको समाचारहरु आईहरका छन् ।

अहिले जति पनि स्थानीय तहहरुमा विभिन्न प्रकारका प्रकोपहरु सृजना भैरहेका छन् वा विपद् सृजना भएका छन् तिनीहरुका कारण आम नागरिकहरु समस्यामा परिरहेका छन् ।

अहिले विशेषगरी केही नागरिकहरुको घर भत्कने, केहीको खेतवारी तथा केही कृषकका उत्पादनहरुमा अपुरणीय क्षति भएको विभिन्न संचारमाध्यमहरुले समेत जानकारी दिएका छन् केही नागरिकहरु समस्यामा परेका कुराहरु सामाजिक संजालका माध्यमबाट पनि जानकारी आईरहेका छन् । यसले अर्को कुरा पनि के देखाईरहेको छ भने, जो जो समस्यामा परिरहेका छन् उनीहरुको उद्धार, राहत तथा क्षतिपुर्ति जस्ता विषयमा तदारुकताका साथ काम हुन सकिरहेका छैनन् ।

सामाजिक संस्था, नागरिक अगुवा तथा सामाजिक अभियानमा रहेका अभियन्ताहरुले समेत यस्तो प्रकारको समस्याहरु परेका बेला सहयोगी हातहरु अगाडि बढाउन सकिरहेका छैनन् । यो विपद्मा परेकाहरुको लागि दुःखको विषय पनि हो । हामी समस्यामा परेका बेला जसले चाँडो भन्दा चाँडो सहयोग गरोस् पिडितको उद्धार होस् भन्ने चाहन्छौं तर, त्यस्तो सजिलो समस्याको समाधान हुन सकिरहेको छैन ।

हाम्रो समाजमा विशेषगरी हिउँद सिजनमा भन्दा वर्खा सिजनमा कोही विपदमा परे भने उसको उद्धार, राहत तथा क्षतिपुर्ति लगायतका विषयमा काम गर्न किन ढिलाई हुन्छ ? के हामी सधैं यस्तै ढिलाई गरिरहने हो ? आफुलाई पर्दा चाँडो होस् भन्ने हामीहरु अरुलाई पर्दा किन चाँडो त्यस्ता कार्यक्रममा सहभागि हुन नसकेको ? यस्ता प्रश्नहरु धेरै उठिरहेका छन् ।

यसको जवाफ दिन धेरैले असहजता प्रकट गरिरहनुपरेको अवस्था छ । हाम्रो देशको भूगोल, हावापानी लगायतका मुल समस्याको कारण हामीले सोचेजस्तो सबै तयारीहरु बेलामा हल हुन सकिरहेको छैन । किनभने हामीले वर्खा याममा हुनसक्ने विपद् तथा प्रकोपबाट हुनसक्ने जोखिम रोकथामका लागि पूर्व तैयारीहरु गर्न सकिरहेका छैनौं ।

यसका कारण पनि हामी पछि परि रहनुपरेको अवस्था छ । यो विषय सर्वस्वीकार्य विषय पनि हो । अहिले हाम्रो देशमा जतिपनि पक्की सडकहरु छन् ति सडकहरु बाहेकका स्थानमा करिब करिब पूर्ण रुपमा नै यातायातमा साधन संचालन लगभग बन्द नै भैसक्नुपरेको अवस्था छ। हामीले विकासको कामहरु तिव्र रुपमा गरिरहेको भए पनि सडक पूर्वाधार निर्माण गर्दा आगामी दिनमा आउन सक्ने विपदको विषयमा खासै ध्यान दिन सकिरहेको अवस्था छैन ।

हाम्रा बस्तिहरुको बाढी पहिरोको सम्भाव्यता अनुमान गरिरहेका भएपनि त्यसको न्यूनिकरणका लागि के के उपाय अपनाउने ? लगायतका विषयमा पनि हामीले त्यति सोचिराखेका छैनौं त्यसकारण पनि बारम्बार हामीमाथी समस्या आईरहका छन् यस प्रकारको समस्या समाधानमा राज्यको नेतृत्व गरिरहेकाहरुले समेत त्यस्तो किसिमको ठोस् पोलिसी बनाएका छैनन् ।

यसमा समेत स्थानीय प्रदेश सरकार र संघीय सरकारको नेतृत्व गरिरहेकाहरुले ध्यान दिन जरुरी छ । हामीले जतिवेला हाम्रो समाजमा हुनसक्ने समस्या, घटना वा अन्य विभिन्न विषयहरुमा ध्यान दिई आउन सक्ने समस्या न्यूनीकरणको लागि पूर्व तयारी गर्न सक्छौं क्रमशः हाम्रो दैनिकी सुधारिँदै जानेछ । यसर्थ सबै सरोकारवालाहरुको ध्यान पूर्व तयारी तिर जाओस् ।

प्रतिक्रिया दिनुहोस
विचार/लेख सम्बन्धि थप
  • दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा 	बिदेसिँदै नेपाली

    दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली

  • Post Thumbnail

    सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

  • Post Thumbnail

    कोप ३१ः आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

  • Post Thumbnail

    बाढीपहिरोले क्षति सडक तथा पुल मर्मतका लागि सिफारिस

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज ३० गते शुक्रबार

    २०८३ असोज ३० गते शुक्रबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

    धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

    साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

    साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

    Post Thumbnail

    चितवन प्रहरीद्वारा पहिलोपटक निःशुल्क बस सेवा सञ्चालन

    म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

    म्याग्दीमा व्यावसायिक अलैँची खेतीको परीक्षण सफल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution