Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८२ मंसिर २९, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

मन्त्री र सचिवलाई भरतपुरमा उतारेर प्रचण्डले गरे आगामी कार्यदिशाबारे अन्तरक्रिया

प्रत्यूष ३९० पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३, शुक्रबार (३ साल अघि)
मन्त्री र सचिवलाई भरतपुरमा उतारेर प्रचण्डले गरे आगामी कार्यदिशाबारे अन्तरक्रिया

चितवन, ३ असार

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं चितवन क्षेत्र- ३ बाट निर्वाचित सांसद पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्री र सचिवलाई ल्याएर समृद्ध भरतपुरको लागि आगामी कार्यदिशाबारे अन्तरक्रिया गरेका छन् । स्थानीय तहको निर्वाचन अगाडि पनि प्रचण्डले भरतपुरको विकासका लागि मन्त्री र सचिवहरुलाई भरतपुरमा उतारेर अन्तरक्रिया गरेका थिए ।

शुक्रबार ऊर्जामन्त्री पम्फा भुसाल, बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डे, प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठ, योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल, अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतलाई उतारेर भरतपुरको कार्यदिशाबारे अन्तरक्रिया गरेका हुन् ।

कार्यक्रमको आयोजना भने भरतपुर महानगरपालिकाले गरेको हो । आगामी संघीय निर्वाचनमा पनि चितवनबाटै उठ्ने तयारी गरेका प्रचण्डले सिंगै देशलाई चितवनबाट विकासको मोडल दिन सकिने बताएका छन् ।

‘आफैँ जन्मे हुर्केको जिल्लाबाट जनप्रतिनिधि बन्न आउँदा केहि सपना बोकेर आएको पक्कै हो’, उनले भने, ‘भरतपुर र चितवन भनेर मात्रै बोकेको होइन । सामाजिक विकास र रुपान्तरण मोडल चितवनबाट दिन सकिन्छ भन्ने छ ।’ चितवनले राष्ट्रलाई राम्रो सन्देश दिन सक्ने भन्दै उनले मकवानपुरदेखि नवलपरासीसम्मको क्षेत्रको विकासका लागि विकास प्राधिकरण गठन गर्ने विषयमा छलफल भइरहेको बताए ।

भरतपुरले अब उत्पादन र रोजगारीलाई प्राथमिकता दिनुपर्ने भन्दै उनले पिच बाटो निर्माण गर्ने कामलाई अब पहिलो प्राथमिकतामा राख्न नहुने बताए । आम जनतालाई सामाजिक सुरक्षा र सामाजिक न्यायको प्रत्याभूति हुने गरी काम गर्न उनले भरतपुर महानगरमा निर्वाचित जनप्रतिनिधिलाई आग्रह गरे ।

जनप्रतिनिधिको पहिलो कार्यकालमा भौतिक पूर्वाधार र यातायात विकासलाई प्राथमिकता दिइएकोमा धेरै हदसम्म सफलता प्राप्त भएको उनले बताए । धुलोधुँवाबाट जनताको ज्यान जान सक्ने अवस्थाको अन्त्य भएको उनले दाबी गरे ।

संघीय बजेट तथा नीति कार्यक्रम बनाउँदा पनि कृषिजन्य उत्पादनलाई प्राथमिकता दिन खोजिएको उनले बताए । कृषि क्षेत्रमा पर्ने गरेको बजेटको परम्परागत हिस्सालाई अहिले परिवर्तन गर्ने कोसिस गरिएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

  • दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

    दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

  • धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

    धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

  • घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

  • प्रत्यूष ई-पेपर थप

    २०८२ मंसिर २९ गते सोमबार

    २०८२ मंसिर २९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

    दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

    दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल

    धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

    धादिङको दार्खामा संचालित निःशुल्क स्वास्थ्य शिविरबाट ७ सय ७७ जना लाभान्वित

    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    घरबासले फेरिँदै कोरिखाका महिलाको दैनिकी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: .....

    हाम्रो टीम

    प्रधानसम्पादक : बद्रि अधिकारी
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution