Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १७, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

बालबालिकाको समस्या कम गर्न अभिभावकलाई परामर्श

प्रत्यूष १०२७ पटक पढिएको प्रकाशित मिति: २०७९ अषाढ ३, शुक्रबार (४ साल अघि)
बालबालिकाको समस्या कम गर्न अभिभावकलाई परामर्श

धादिङ, ०३असार ।
धादिङको चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालयमा जिल्लामै पहिलो पटक विद्यालय मनोपरामर्श कार्यक्रम सुरु भएको छ।विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन र अभिभावक र विद्यार्थीहरुलाई सकारात्मक सोच अभिवृद्धी गर्ने उदेश्यले कार्यक्रम सुरु गरिएको प्रिन्सिपल षष्टी कुमार श्रेष्ठले जानकारी दिनुभयो।

No description available.
विद्यार्थीहरुको भविष्य र पढाई प्रति विद्यालय बढीनै संवेदनशिल रहेको भन्दै त्रिपक्षीय सहकार्य स्थापित गरी शैक्षिक गुणस्तर बृद्धि गर्ने र बालबालिकाहरुलाई व्यवहारिक र नैतिकवान बनाउने लक्ष्य रहेको श्रेष्ठले बतानुभयो ।

No description available.

कक्षा ६ देखी १० सम्म अध्ययन गर्ने विद्यार्थी र अभिभावकहरुलाई परामर्श कार्यक्रम सन्चालन गरिने छ।तनाव,पिर र चिन्ताको कारणले बालबालिकाहरुलाई समस्या हुने भन्दै ति समस्या पहिचान गरि समस्या समाधानको लागि विद्यालयले मनोपरामर्शकर्ता मार्फत परामर्श गर्ने विद्यालयको लक्ष्य रहेको छ। विद्यार्थीहरुलाई मात्रै परामर्श गरेर नहुने भन्दै विद्यार्थीहरुको व्यवहारीक समस्या समाधानको लागि अभिभावकको महत्वपुर्ण भुमिका हुने भन्दै अभिभावकलाई पनि परामर्श गरीएको शिक्षक दिपक रेग्मीले जानकारी दिनुभयो।

No description available.

मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले अभिभावको कारणले बालबालिकामा हुने तनाव,बालबालिकाहरुमा देखिने व्यवहारिक समस्या तथा मनोसामाजिक समस्याहरुको बारेमा जानकारी गराउनु भएको थियो।बालबालिकामा हुने तनाव र चिन्ताको कारणले देखिने लक्षणहरुको बारेमा समेत जानकारी गराउनु भएको थियो ।

No description available.

अनुशासित र राम्रो बनाउने बहानामा अभिभावकहरुले गरेको नकारात्मक व्यवहारले बालबालिकाहरुको मनमा चोट पुगीरहेको भन्दै नराम्रो व्यवहारहरुलाई छोडेर सकारात्मक र असल व्यवहार गर्नको लागि आग्रह गर्नुभएको थियो।परामर्श पछि अभिभावकहरु उत्साहित हुनुभएको छ । प्रत्यकेक ३/३ महिनामा यस्तो कार्यक्रम राख्नको लागि समेत सुझाव दिनुभयो ।अहिले सम्म आफुहरुले गलत व्यावहार गरीरहेको भन्दै अहिले आफुलाई बालबालिकाहरुलाई गरेको व्यवहार प्रति पछुतो लागेको बताउनुभएको थियो।

आजैदेखी आफ्नो बालबालिकाहरुलाई राम्रो व्यवहार गर्ने,छोराछोरीसँग नरिसाउने,नझर्किने,बालबालिका पढीरहेको समयमा मोबाईल नहेर्ने, उनीहरुसँगै बसेर गृहकार्यमा सहजिकरण गर्ने,दिनमा एक वटा असल कुरा सिकाउने अभिभावकहरुले प्रतिबद्धता जनाउनु भएको छ ।कार्यक्रममा मनोपरामर्शकर्ता रामकुमार थापाले बालबालिकाहरुसँग कसरी कुरा गर्ने,उनीहरुको भावना कसरी अभिव्यक्त गराउने,असल कसरी बनाउने लगायत १५ वटा सिपहरु सिकाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

  • Post Thumbnail

    ‘भूगोलका सपनाहहरु’ निबन्ध सङ्ग्रह लोकार्पित

  • Post Thumbnail

    बेगनास तालमा डुबेर युवकको मृत्यु

  • Post Thumbnail

    लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १७ गते शनिबार

    २०८३ असोज १७ गते शनिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

    आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

    आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल

    Post Thumbnail

    भोटेकोशी बाढी प्रभावितका लागि पाँच लाख बढी सहयोग

    Post Thumbnail

    ‘भूगोलका सपनाहहरु’ निबन्ध सङ्ग्रह लोकार्पित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution