Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन १३, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

थाहा पाउनुहोस तपाईको आजको राशिफल

प्रत्यूष ११३२ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २८, शनिबार (४ साल अघि)
थाहा पाउनुहोस तपाईको आजको राशिफल

आजको पात्रो: आज २८ जेठ २०७० शनिवबार । तद्नुसार जुन महिनाको ११ तारिक २०२२ । ज्येष्ठशुक्लपक्ष द्धादशी तिथि, गर करण, चित्रा नक्षत्र, वरियान योग, चन्द्रमा कन्या राशिमा रहेको छ ।

आज विहान सूर्योदय ०५ः०८ मा हुनेछ भने सूर्यास्त ७ः०० बजे हुनेछ । आजको देवता कुवेर र ग्रहदेव वृहस्पति रहेको छ । शनिवारको दिन पिपलको वृक्षमा जल अभिषेक गर्नु उत्तम हुनेछ ।

शनिवारको दिन शनिदेव र संकटाको दर्शनले जीवनमा आइपर्ने सानातिना विपत्तिलाई हटाउन सकिने छ । आज ११ः३६ देखि १२ः३१ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभकार्य गर्न सकिन्छ । शनिवारको दिन देवालय र शिवालय यात्रा गर्नु पनि उत्तम हुनेछ ।

आजको राशिफल:

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

आजको दिन मेष राशिका जातकका लागि आजको दिन व्यापार ब्यवसायबाट लाभ हुनेछ । परिवारको साथ सहयोगले मात्र तपाईको योजना सफल हुनेछ । यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु होला । यात्राबाट तपाईलाई फाइदा हुनसक्छ । यात्रा गर्नभन्द अघि घरका जेष्ठ र श्रेष्ठ सदस्यबाट आशीर्वाद लिएर मात्र हिडनु उत्तम हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका जातकका लागि आजको दिन व्यापार ब्यबसायमा सोचेअनुसार नहुन सक्छ यस्तो अवस्थामा तपाईको सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट  गर्दा नयाँ कार्ययोजना बन्न सक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । अर्थहानी हुनेसक्ने छ त्यसैले सर्तक हुनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

परिवार र आफन्तजनहरुले तपाईमाथि मान सम्मान गर्नेछन् । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ । आजको दिन परिवारका सदस्य  र अन्य कोही सदस्यसँग सौहार्दता बढ्ने छ । मौन रहनु उत्तम हुनेछ ।  त्यसैले आज विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुभयो भने सोचअनुसार काम हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशिका जातकले शनिबारको दिन विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्नुभयो भने अनावश्यक खर्च हुनेछ । शिवालय क्षेत्रमा गएर कुनै भोका व्यक्तिलाई खाना र बस्त्र दान दिनुहोला । बाल र बृद्धलाई भोजन दिनुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

आजको दिन आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । आज तपाईमा उत्साह बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । सहयोगी आफन्त र मित्रहरुबाट साथ सहयोग हुनेछ । यात्राबाट पनि नयाँ योजना पनि बन्न सक्नेछ । विहान सूर्योदयको दर्शन गरेर मात्र कार्य अगाडि बढाइदिनुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

तपाईको कारण आफन्तसँग सम्बन्ध सुधार हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला । अध्ययन अध्यापनबाट तपाईलाई सफलताप्राप्त हुनेछ । स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । शिवालय  यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । तपाईले कसैलाई अपमान नगर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन तपाईको यात्रा कार्यमूलक हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन अर्थलाभ हुने कार्य गर्नुभयो भने फाइदा हुनेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । आजको दिन अनावश्यक खर्च हुनसक्ने संभावना रहेको छ होस् पुर्याउनु होला। आजको दिन गृहस्थ कर्म गरेर समय विताउनु भयो भने तपाईको भलाई हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

आजको दिन तपाईले सोचअनुसारको काम हुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काम गर्नुहोला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

तपाईको लागि देवालय र शिवालयको यात्राले  तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ। सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । त्यसैले आजको दिन संमयताको खाँचो छ । आफ्नो नित्य कर्मयात्रामा निरन्तर लागिरहनु होला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा तपाईमा सकारात्मक सोच आउने छ ।  दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ, परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खाना र बस्त्र दान दिनुभयो भने तपाईको मनमा हर्ष छाउने छ । शनिदेवताको मन्त्रजप गर्नाले पनि तपाईलाई फाइदा हुनेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । गृहस्थ कर्ममा समय विताउनु होला । सामाजिक सेवा र चिन्तनको काममा समय दिनुहोला । नयाँ पुस्तक अध्ययन र सिर्जनात्मक लेखनका काममा लाग्नु होला । विहानको सूर्योदयको दर्शन गरी सूर्यनारायणको ध्यान, जप गर्दा आत्मिक शक्ति बृद्धि हुनेछ । देवालयको यात्रा फलदायी हुनेछ ।

प्रतिक्रिया दिनुहोस
राशिफल सम्बन्धि थप
  • लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

    लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

  • सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

  • हेर्नुहोस तपाईको आजको राशिफल

    हेर्नुहोस तपाईको आजको राशिफल

  • हेर्नुहोस तपाईको आजको राशिफल

    हेर्नुहोस तपाईको आजको राशिफल

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १३ गते मंगलबार

    २०८३ असोज १३ गते मंगलबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी

    कोटेशन आह्वान गरिएको सूचना

    कोटेशन आह्वान गरिएको सूचना

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    छुट जग्गा दर्ता सम्बन्धी ३५ दिने सार्वजनिक सूचना ।

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    मधेसमा गुणस्तरीय स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तार गर्न विधेयक आवश्यकः मन्त्री मेहता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution