
धादिङ,२५ जेठ ।
महिला कर्मचारीलाई सुत्केरी बिदा अनिवार्य रुपमा दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।
कतिपय सरकारी, निजी तथा गैरसरकारी सङ्घ संस्थामा कार्यरत महिलाहरूलाई नियमानुसार पाउनुपर्ने प्रसुति बिदा नदिएको गुनासो आए पछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ ले महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तीमा ९८ दिनसम्म तलबसहितको प्रसुति बिदा दिनुपर्ने व्यवस्था रहेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले बताउनुभयो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |