
झापा, १३ मङ्सिरः झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन् ।
मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड–५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी हुन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो ।
त्यस्तै, बिर्तामोडमा पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । उनको कोठाबाट डिजिटल तराजु, छुरी, कैँची र नगद रु १३ लाख ३९ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर–२ का २३ वर्षीय सचिन राई, दमक–७ की ३० वर्षीया मिना राई, सोही ठाउँकी २६ वर्षीया प्रतिमा राई र मेचीनगर–१५ की ३६ वर्षीया पार्वता राजवंशी रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |