Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
कास्की

किङ्स कप राष्ट्रिय भलिबलः गण्डकी शीर्षस्थानमा कायमै

पोखरा रङ्गशालामा जारी ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल सङ्घले शीर्षस्थान कायमै राखेको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १२, शनिबार (५ घण्टा अघि)
Post Thumbnail

कास्की, १२ मङ्सिरः पोखरा रङ्गशालामा जारी ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेश भलिबल सङ्घले शीर्षस्थान कायमै राखेको छ ।

घरेलु टोली गण्डकी आज भएको खेलमा कोशी प्रदेशसँग पराजित भए पनि १० अङ्कसहित शीर्षस्थानमा यथावत् रहेको हो । प्रतियोगितामा पहिलो जित निकालेको कोशी प्रदेश र त्रिभुवन आर्मी क्लब भने लिग चरणका खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएका छन् । कोशीले गण्डकीलाई ३–२ को सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गर्‍यो । चार खेल खेलेको गण्डकीले तीन जितबाट १० अङ्क जोडेको छ ।

प्रतियोगिताका मुख्य रेफ्री तहलसिंह थापामगरका अनुसार नेपाल पुलिस क्लब नौ अङ्कसहित दोस्रो र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सात अङ्कसहित तेस्रो स्थानमा छन् । चार खेल खेलेका दुवै टोलीले तीन जित र एक हार बेहोरेका छन् । आयोजक युनाइटेड किङ्स क्लब छ अङ्कसहित चौथो स्थानमा छ ।

समान दुई–दुई अङ्क रहेका त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश भलिबल सङ्घ भने लिगको एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएका छन् । शनिबारका अन्य खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्‍यो । त्यस्तै नेपाल पुलिस क्लबले आयोजक युनाइटेड किङ्ग्स क्लबलाई ३–१ को सेटमा हरायो ।

प्रतियोगिता संयोजक थमन गुरुङका अनुसार आइतबार लिग चरणका अन्तिम तीन खेल सञ्चालन हुनेछन् । पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा एपिएफ र आयोजक युनाइटेड किङ्ग्स क्लब आमनेसामने हुनेछन् । लिग चरणको अन्तिम खेलमा शीर्षस्थानको गण्डकी र दोस्रो स्थानको नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । युनाइटेड किङ्ग्स क्लब पोखराको आयोजनामा यही मङ्सिर ९ गतेदेखि सुरु भएको प्रतियोगिता मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख र सान्त्वना स्थान हासिल गर्ने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु २० हजार तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

  • कास्की
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • दसौँ राष्ट्रिय खेलकुद: एनआरएनएका ७३ खेलाडी, ११ खेलमा प्रतिस्पर्धा गर्ने

    दसौँ राष्ट्रिय खेलकुद: एनआरएनएका ७३ खेलाडी, ११ खेलमा प्रतिस्पर्धा गर्ने

  • Post Thumbnail

    दसौँ राष्ट्रिय खेलकुद: कोशीलाई ८४ रनले हराउँदै बागमती विजयी

  • Post Thumbnail

    कर्णाली महिला बास्केटबलको फाइनलमा प्रवेश

  • Post Thumbnail

    झापा महिला गोल्डकप : एपिएफ बन्यो च्याम्पियन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    छपकैयामा २९ जनाको मोतियाबिन्दुको निःशुल्क उपचार

    पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

    पोखरामा दाइँ महोत्सव: धान चुटेर र गोरु धपाएर रमाए विदेशी पर्यटक

    Post Thumbnail

    कानुन व्यवसाय मर्यादित हुनुपर्छ: महान्यायाधिवक्ता कँडेल

    Post Thumbnail

    सदरमुकाम धाउनुपर्ने बाध्यता हटाउन बैतडीमा ‘फेसलेस’ सेवा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution