
कर्णाली, १२ मङ्सिरः दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबल खेलमा कर्णाली फाइनलमा प्रवेश गरेको छ ।
महिला बास्केटबलतर्फको (थ्री अन थ्री) विधामा कर्णाली प्रदेश फाइनलमा प्रवेश गरेको हो । यहाँस्थित प्रदेश रङ्गशालामा आज भएको खेलमा कर्णाली प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) क्लबलाई ११–१० अङ्कले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा कर्णालीले एपिएफलाई एक अङ्कले पछाडि पार्दै फाइनल यात्रा तय गर्यो ।
फाइनल प्रवेशसँगै कर्णालीले कम्तीमा एउटा पदक सुनिश्चित गरेको छ । कर्णालीको उक्त सफलताप्रति कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले महिला टोलीलाई बधाई दिनुभएको छ ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |