Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सङ्खुवासभा

सङ्खुवासभामा क्षयरोगी पहिचान गर्न १० दिने अभियान

सङ्खुवासभा क्षयरोगका नयाँ बिरामी पहिचान गर्ने उद्देश्यले आगामी पुस १ देखि १० गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा विशेष खोज तथा पहिचान अभियान सञ्चालन गरिने भएको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (४७ मिनेट अघि)
Post Thumbnail

सङ्खुवासभा, ११ मङ्सिर: सङ्खुवासभा क्षयरोगका नयाँ बिरामी पहिचान गर्ने उद्देश्यले आगामी पुस १ देखि १० गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा विशेष खोज तथा पहिचान अभियान सञ्चालन गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाले सदरमुकाम खाँदबारीमा आयोजना गरेको जिल्लास्तरीय क्षयरोग कार्यक्रमको योजना तर्जुमा, विश्लेषण तथा समीक्षा कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

क्षयरोगका नयाँ बिरामी खोजी गर्ने, प्रयोगशालामा परीक्षणको दायरा बढाउने तथा रोगी पहिचान र उपचारलाई प्रभावकारी बनाउने १० दिने अभियान सञ्चालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका क्षयरोग फोकल पर्सन विनोद थापाले बताउनुभयो । गत आर्थिक वर्षमा जिल्लामा सञ्चालन भएका क्षयरोगसम्बन्धी कार्यक्रमको समीक्षा गर्दै नयाँ बिरामी पहिचान, उपचारमा रहेका बिरामीको अवस्था र उपचारपछि निको भएकाहरूको तथ्याङ्कसमेत विश्लेषण गरिने क्षयरोग फोकल पर्सन थापाले बताउनुभयो । जिल्लामा हालसम्म ८२ जना क्षयरोगका बिरामी पहिचान भएका छन् भने चालु आवको साउनयतामात्रै ३० जना नयाँ बिरामी फेलापरेका छन् ।

कोशी प्रदेशमा चार हजार ७४५ जना क्षयरोगका बिरामी रहेका छन् । चार हजार ७४५ जनामध्ये सबैभन्दा बढी सुनसरीमा एक हजार ३३० जना र सबैभन्दा कम सोलुखुम्बुमा २१ जना क्षयरोगका बिरामी रहेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाकी फोकल पर्सन सुजाता बुढाथोकीले जानकारी दिनुभयो ।

क्षयरोग नियन्त्रणका लागि समयमै रोग पहिचान, नियमित परीक्षण र औषधिको पूर्ण मात्रा सेवन महत्त्वपूर्ण रहेको भन्दै उहाँले स्थानीय तह तथा स्वास्थ्य संस्थाबीच समन्वय आवश्यक रहेको बताउनुभयो । शनिबारसम्म सञ्चालन हुने समीक्षा कार्यक्रममा जिल्लाका १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, प्रयोगशाला प्रमुख तथा स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।

कार्यक्रममा जिल्लामा क्षयरोग नियन्त्रणका लागि भएका प्रयास, उपलब्धि, समस्या र आगामी कार्ययोजनाबारे छलफल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश भट्टले बताउनुभयो । क्षयरोग नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य संस्थाको प्रभावकारी भूमिका, नियमित परीक्षण, पहिचान र उपचारलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्लामा क्षयरोग परीक्षण तथा पहिचानका लागि उपलब्ध प्रयोगशाला, स्वास्थ्य संस्था र उपकरणको अवस्थाबारे पनि जानकारी गराइएको थियो । जिल्लामा १८ वटा स्वास्थ्य संस्थामा क्षयरोगसम्बन्धी सेवा उपलब्ध रहेको र तीमध्ये आठवटा संस्थामा परीक्षण सेवा सञ्चालनमा रहेका छन् । कार्यक्रममा क्षयरोग नियन्त्रणका लागि आगामी लक्ष्य र उपलब्धिको अवस्थाबारेसमेत छलफल गरिने छ । कार्यक्रममा क्षयरोगको पहिचान र उपचारसँगै सङ्क्रमण फैलिन नदिन रोकथामका उपायलाई पनि प्राथमिकता दिनुपर्ने बताइएको छ ।

  • धनकुटा
  • सङ्खुवासभा
  • सुनसरी
  • सोलुखुम्बु
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • Post Thumbnail

    बागमतीका तीन जिल्लामा गाँजाखेतीविरुद्ध प्रहरी अभियान तीव्र

  • Post Thumbnail

    आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

  • Post Thumbnail

    भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

  • Post Thumbnail

    झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    प्रशंसा नभई प्रश्न गर्ने सञ्चारमाध्यम आवश्यकः मुख्यमन्त्री थापामगर

    प्रशंसा नभई प्रश्न गर्ने सञ्चारमाध्यम आवश्यकः मुख्यमन्त्री थापामगर

    Post Thumbnail

    सङ्खुवासभामा क्षयरोगी पहिचान गर्न १० दिने अभियान

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः महिला क्रिकेटतर्फ आर्मी सेमिफाइनलमा

    Post Thumbnail

    दशौँ राष्ट्रिय खेलकुदः फुटबलमा कोशी प्रदेश विजयी

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution