Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मुगु

रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ११, शुक्रबार (१९ मिनेट अघि)
रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण

मुगु, ११ मङ्सिरः कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालको मिलिचौरमा रहेको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण गरिएको छ ।

लामो समयदेखि संरक्षण र मर्मतसम्भारको अभावमा जीर्ण बनेको चौतारी नेपाली सेनाको पहल तथा विभिन्न सरकारी निकाय, स्थानीय संस्था र व्यवसायीको सहकार्यमा पुनर्निर्माण गरिएको हो ।

रारा राष्ट्रिय निकुञ्जको हुटुस्थित नेपाली सेनाको हनुमान् ध्वज गुल्मको अग्रसरतामा चौतारी पुनर्निर्माण गरिएको हो । पुनर्निर्माण सम्पन्न भएपछि उत्तरपश्चिम पृतनाका पृतनापति उपरथी पदमबहादुर बुढाले चौतारीको उद्घाटन गर्नुभएको थियो ।

स्थानीय समाजसेवी बिर्खबहादुर रोकायाका अनुसार २०२० सालमा तत्कालीन राजा महेन्द्र वीरविक्रम शाह रारा भ्रमणमा आउँदा मिलिचौरमा आफ्नै नाममा यो चौतारी निर्माण गर्नुभएको थियो । उहाँले यही चौतारीमा बसेर राराको सौन्दर्यबाट प्रभावित भई ‘हिमालमा नेपाल कहाँबाट झ¥यौ तिमी स्वर्गकी अप्सरा रारा’ कविता रचना गर्नुभएको स्थानीय बुढापाका बताउँछन् ।

राजा महेन्द्रको भ्रमण र उहाँले राराको सुन्दरताबारे कविता रचना गरेको प्रसङ्गले चौतारीलाई ऐतिहासिक महत्व दिएको स्थानीय रोकायाले बताउनुभयो । रारा ताललाई महेन्द्र तालका नामले समेत चिनिन्छ ।

विसं २०२० मा निर्माण भएको चौतारी उचित संरक्षण र मर्मतसम्भारको अभावमा क्रमशः जीर्ण बन्दै गएको थियो । यसको संरक्षण र पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक सम्पदा नै लोप हुने जोखिम बढेको उहाँले बताउनुभयो ।

चौतारी पुनर्निर्माणमा रारा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, डाँफे होटल तथा लज, मष्टो कुलदेवता प्रतिष्ठान, स्मार्ट कटेज तथा रेष्टुरेन्ट र मनकामना रिसोर्टलगायत सङ्घसंस्थाले सहयोग गरेका छन् ।

रारा तालको किनारमा रहेको मिलिचौर खुला चौर र तालको मनोरम दृश्यका कारण पर्यटकको आकर्षणको केन्द्रका रूपमा परिचित छ । पुनर्निर्माणपछि महेन्द्र चौतारीले रारा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि थप आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ । रारा आउने पर्यटक चौतारीमा बसेर तालको दृश्यावलोकन गर्ने तथा तस्बिर र श्रव्यदृश्य पनि खिच्ने गरेका छन् ।

  • नेपाली सेना
  • मुगु
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया

  • Post Thumbnail

    बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान

  • Post Thumbnail

    चितवनका ८३ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

  • Post Thumbnail

    रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बाँकेमा अझै सुरु भएन धान खरिद प्रक्रिया

    रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण

    रारा किनारको ऐतिहासिक महेन्द्र चौतारी ६३ वर्षपछि पुनर्निर्माण

    Post Thumbnail

    बाढीले पुल बगाएपछि बुढीगण्डकीमा तुइन जडान

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    सुनचाँदीको मूल्य आज पनि बढ्यो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution