
काठमाडौँ, १० मङ्सिरः कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गर्नुभएको छ।
पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयनको अवस्था अनुगमन गर्न मन्त्री चौधरी आज ती केन्द्रको अनुगमन गर्नुभएको हो। उक्त ऐन यही मङ्सिर १ गतेदेखि कार्यान्वयनमा छ।
अनुगमनका क्रममा उहाँले मासु भण्डारणको अवस्था, सरसफाइ, स्वच्छता, गुणस्तर तथा खाद्य सुरक्षा मापदण्डको पालनाबारे निरीक्षण गर्नुभएको थियो।
उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र निर्धारित मापदण्डको पालना आवश्यक रहेकोमा मन्त्री चौधरीले जोड दिनुभएको छ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |