Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ११, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रूपन्देही

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।
रासस ५७६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १०, बिहिबार (१ दिन अघि)
Post Thumbnail

रूपन्देही, १० मङ्सिरः नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भएको यो सहमतिले भैरहवा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान सञ्चालनमा देखिएको हवाई मार्गसम्बन्धी अवरोध हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको हो ।

सहमतिअनुसार काठमाडौँ–भैरहवा–लखनउ (बी–३४५) हवाई मार्गलाई एकतर्फीबाट दुईतर्फी बनाउने विषय अघि बढाइएको छ । यसअघि उक्त मार्ग प्रयोग गरी भैरहवाबाट उडान तथा अवतरणमा व्यावहारिक कठिनाइ रहँदै आएको थियो । दुईतर्फी सञ्चालनको व्यवस्था कार्यान्वयनमा आएमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय उडान सञ्चालन सहज हुने र विमान कम्पनीलाई थप विकल्प उपलब्ध हुने अपेक्षा गरिएको छ ।

यद्यपि सहमतिलाई कार्यान्वयनमा लैजान प्राविधिक पक्ष, उडान सञ्चालनको प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे थप छलफल गर्नुपर्नेछ । त्यसैले सहमतिपछि तत्काल नियमित उडान सुरु भइसकेको अर्थमा बुझ्न नहुने सरोकारवालाको भनाइ छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष नेत्रप्रसाद आचार्यले हवाई मार्ग दुईतर्फी बनाउने सहमतिलाई भैरहवा र समग्र लुम्बिनी क्षेत्रको आर्थिक विकासका लागि सकारात्मक उपलब्धिका रूपमा लिनुपर्ने बताउनुभयो । उहाँका अनुसार अन्तरराष्ट्रिय उडान विस्तार हुँदा पर्यटन, उद्योग, व्यापार तथा होटल व्यवसायमा प्रत्यक्ष प्रभाव पर्नेछ । विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनसके यस क्षेत्रको आर्थिक गतिविधि थप चलायमान बन्ने उहाँको अपेक्षा छ ।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष सागर अधिकारीले हवाई पहुँच विस्तारले लुम्बिनी आउने विदेशी पर्यटकको आवागमन सहज बनाउनसक्ने बताउनुभयो ।

भारतका विभिन्न सहरबाट पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी ल्याउन सकिने सम्भावना बढ्ने उहाँको भनाइ छ । उहाँले विमानस्थल सञ्चालनलाई प्रभावकारी बनाउन उडान सेवा, पर्यटकीय प्याकेज र यातायात व्यवस्थापनलाई पनि सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राध्यापक सुरज घिमिरेले हवाई मार्ग विस्तारलाई लुम्बिनीको अन्तरराष्ट्रिय पर्यटनसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । बुद्धको जन्मस्थल लुम्बिनीलाई भारतका बोधगया, सारनाथ, कुशीनगर र श्रावस्तीजस्ता बौद्धस्थलसँग जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवर्द्धन गर्न सकिने उहाँको भनाइ छ ।

भैरहवा विमानस्थलबाट उडान विस्तार हुनसके नेपाल आउने पर्यटकलाई लुम्बिनीसहित कपिलवस्तुको तिलौराकोट, देवदह र रामग्रामजस्ता ऐतिहासिक तथा पुरातात्त्विक स्थलसम्म पु¥याउन सहज हुनेछ । यसबाट पर्यटन व्यवसायसँगै स्थानीय होटल, यातायात, कृषि तथा अन्य सेवा क्षेत्रमा रोजगारी र आम्दानीका अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणसँगै लुम्बिनीलाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोड्ने अपेक्षा गरिएको थियो । तर, नियमित अन्तरराष्ट्रिय उडानको निरन्तरतामा देखिएको चुनौतीका कारण विमानस्थलले अपेक्षित गति लिन सकेको छैन । यस्तो अवस्थामा नेपाल–भारतबीच भएको पछिल्लो सहमतिलाई कार्यान्वयनमा लैजानसके भैरहवा विमानस्थलको उपयोगिता बढ्नुका साथै लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिन्छ ।

  • कपिलवस्तु
  • काठमाडौँ
  • रूपन्देही
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

  • किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

    किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

  • निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

    निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

  • Post Thumbnail

    भारतीय सवारीसाधनको अस्थायी पैठारी शुल्क पोखरा भन्सारको मुख्य आम्दानी

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर ९ गते बुधबार

    २०८३ मंसिर ९ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    चट्टोग्राममा नेपाल–बङ्गलादेश व्यापारिक सम्बन्ध सुदृढीकरणको प्रयास

    Post Thumbnail

    रासायनिक हतियारमुक्त विश्व निर्माणमा नेपालको जोड

    Post Thumbnail

    बर्सेनि एक करोड २० लाख बालिकाको विवाह, बालविवाह अन्त्य गर्न राष्ट्रसङ्घको आह्वान

    आज देशभरको मौसम मुख्यतया सफा रहने

    आज देशभरको मौसम मुख्यतया सफा रहने

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution