
भद्रपुर (झापा), ८ मङ्सिर ः अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला प्रादेशिक अस्पताल भद्रपुरले भने फोहरलाई आम्दानीको स्रोत बनाउन सफल भएको छ ।
अस्पतालले पुनःप्रयोग गर्न मिल्ने फोहर छुट्याएर बिक्री गरी वार्षिक करिब रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ । अस्पतालको फोहरमैला व्यवस्थापन तथा बहिरङ्ग विभाग संयोजक निरु कुँवरका अनुसार अस्पतालले विगत पाँच वर्षदेखि फोहर व्यवस्थापनबाट नियमित आम्दानी गर्दै आएको हो । पुनःप्रयोग गर्न मिल्ने कागज, प्लास्टिक र आल्मुनियमजन्य फोहोर छुट्याएर बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो ।
“महिनामा रु १२ देखि १५ हजारसम्म आम्दानी हुन्छ । अस्पतालबाट निस्कने कागजजन्य फोहर करिब पाँच क्वीन्टल, प्लास्टिकजन्य फोहर एक क्वीटल र आल्मुनियम करिब दुई केजीसम्म बिक्री गर्ने गरेका छौँ”, कुँवरले भन्नुभयो ।
अस्पतालमा स्लाइनका खाली बोतल, पाइप, सिरिन्जलगायतका सामग्री पनि प्रयोगपछि छुट्याइने गरिएको छ । कुहिने र नकुहिने फोहरलाई स्रोतबाटै वर्गीकरण गरी पुनःप्रयोग गर्न मिल्ने सामग्री बिक्रीका लागि छुट्याउने गरिएको उहाँले जानकारी दिनुभयो । ुस जर्मन सहयोगी संस्था जीआईजेडले फोहोर प्रशोधन गरी पुनःप्रयोगयोग्य बनाउन आवश्यक मेसिन तथा सामग्री सहयोग गरेपछि अस्पतालमा व्यवस्थित फोहर व्यवस्थापनको अभ्यास सुरु भएको हो । अस्पतालबाट निस्कने जोखिमयुक्त फोहोरलाई भने छुट्टै प्रशोधन गरी सुरक्षित विसर्जन गर्ने गरिएको छ । प्रयोग भइसकेक(र८लदm लmदा सुईजन्य सामग्रीलाई सुरक्षित बनाउने प्रक्रियापछि चौतारा निर्माणमा समेत प्रयोग गरिएको कुँवरले बताउनुभयो । उहाँका अनुसार अस्पताल परिसरमा यस्ता दुईवटा चौतारा निर्माण भइसकेका छन् ।
फोहर व्यवस्थापनका लागि अस्पतालमा दुई जना जनशक्ति परिचालन गरिएको छ । सङ्क्रमणको जोखिम भएका फोहोरलाई आधुनिक मेसिनमार्फत प्रशोधन गरी ‘ब्याक्टेरिया’ नष्ट गरेपछि सुरक्षित रूपमा विसर्जन गर्ने गरिएको छ ।
हाल अस्पतालमा दैनिक औसत एक हजार जनाले बहिरङ्ग सेवा लिँदै आएका छन् । बिरामीको चापसँगै दैनिक रूपमा ठूलो परिमाणमा फोहोर उत्सर्जन हुने भए पनि वर्गीकरण, प्रशोधन र पुनःप्रयोगको अभ्यासले फोहोर व्यवस्थापन सहज बनेको कुँवरको भनाइ छ ।
“पहिले अस्पतालमा फोहोर थुप्रिने समस्या थियो । अहिले फोहोरलाई छुट्याएर व्यवस्थापन गर्न थालेपछि अस्पताल परिसर सफा राख्न पनि सहज भएको छ,” उहाँले भन्नुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |