Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ आश्विन २०, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय

थाहा पाउनुहोस् तपाईंको राशिफल

प्रत्यूष ८०४ पटक पढिएको प्रकाशित मिति: २०७९ जेष्ठ २४, मंगलबार (४ साल अघि)
थाहा पाउनुहोस् तपाईंको राशिफल

काठमाडौं, २४ जेठ
२४ गते मंगलबार २०७९ । ७ जुन २०२२ । ज्येष्ठशुक्लपक्ष अष्टमी तिथि, बणिज करण, पूर्वफाल्गुनी नक्षत्र, वज्र योग, चन्दमा सिंह राशिमा छ । आज बिहान सूर्योदय ५ः०८ बजे भएको छ भने सूर्यास्त ६ः५७ मा हुनेछ । आज बिहान ११ः३६ देखि १२ः३१ सम्म अभिजित मुहूर्त छ । यो मुहूर्तमा शुभकार्य गर्न सकिन्छ । आजका देवता बरुण र ग्रहदेव चन्द्र हुन् । मंगलबारको दिन गणेश र हनुमानको आरधना र साधना गर्ने दिन हो । आज गोरखकाली पूजा बायु अष्टमी हो । आजको दिन बायु पूजा गर्ने चलन पनि रहेको छ । मंगलबारको दिन यात्रा गर्नुभन्दा पहिले कन्यालाई केही खानेकुरा दिएर यात्रा गर्नुहोला ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातकका लागि हरेक मंगलवार मनमा प्रसन्नता छाउने छ । धनलाभ, स्वास्थ्यमा प्रतिकुलता र विजयप ्राप्त हुनेछ । शत्रु माथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । आजको दिन बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद गर्दा विचार गर्नुहोला ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता बढ्नेछ । कुनै नयाँ पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ । आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायीभन्दा यात्रा कष्टकर हुनेछ । यात्रा गर्नैपर्ने छ भने पूर्व दिशातर्फ फर्केर यात्रा शरुवात गर्नुहोला । यात्रा गर्दा दहीको सेवन गर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनमा विवाद हुनसक्छ । मिथुन राशि भएका जातकले आजको दिन मौन रहनु ठीक होला । मित्रमण्डली र ब्यापार ब्याबसायमा रहेका साझेदारसँग अनावश्यक विवाद उत्पन्न हुनसक्छ मौन रहेर काम गर्दा निकै फाइदा हुन्छ । आवश्यकभन्दा बढी नबोल्ने,आफ्नो नियमित काम मात्र गर्ने गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन अनुकल देखिन्छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । निराशा हटेर आशाका किरणहरु फैलने छन् । विगतमा राग राख्ने मित्रसमेत  सम्मानका शब्द प्रयोग गर्नेछन् । सापट दिएका धन फिर्ता हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आजको दिन घरपरिवार र मित्रसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकुल असर र आर्थिक व्यय हुने सम्भावना बढी छ । अध्ययनअध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । तपाईंले विश्वास गरेको मित्रबाट धोका हुनसक्छ। आजको दिन चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
दाम्पत्य जीवनमा सुख, समृद्धि हुने योजना बन्न सक्छ ।  मंगलवारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईंले गरेका कामको मानसम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन केही कन्यालाई फलफूल उपहार दिनु भयो भने मनमा प्रशन्नता छाउनेछ । मठमन्दिरमा रहेका बृद्ध मातालाई भोजन दान गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
समय अनुकुल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ । आजको दिन तुला राशिका जातकले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ । स्त्रीबाट साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमती, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन कार्य सफलता मिल्नेछ । आफन्त र मित्रजनले भेटघाट र भोजनका लागि अनुरोध समेत गर्नेछन् । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 
तपार्इंले गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपार्इंलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईंलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठमन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ । आजको दिनमा तपाईंले शुरुवात गर्नुभएको काममा सफलता मिल्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठमन्दिर वा शिव, विष्णु वा देवीको मन्दिरको दर्शन गर्दा उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईलाई उर्जा थप हुनेछ । चन्द्रमाको साथ रहेको छ । आज बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
आजको दिन अनुकुल देखिदैन । स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्याबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । घरमा खानेकुरा किनेर ल्याइदा परिवारमा हर्ष छाउने छ । मंगलबार घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरमा छोरा वा छोरीलाई दिनुभयो भने घरका सदस्यहरु बीच सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ व्यापार ब्यबसायबाट नसोचेको फाइदा मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस
राशिफल सम्बन्धि थप
  • Post Thumbnail

    महालक्ष्मीको १६ दिने व्रत समापन

  • आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

    आजको राशिफल: वि.सं. २०८३ असोज १७ गते शनिबार

  • लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

    लुम्बिनीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

  • सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

    सिस्नुपानी नेपालको प्रस्तुति ‘जुरुक्क कर्नाली’ सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

  • प्रत्यूष ई-पेपर थप

    २०८३ असोज १९ गते सोमबार

    २०८३ असोज १९ गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    धनगढीमा चट्याङको झिल्का लागेर सात जना घाइते

    Post Thumbnail

    परराष्ट्रमन्त्री खनाल टुभालुमा

    Post Thumbnail

    कांग्रेस १५ औँ महाधिवेशनः मतदाताको अन्तिम नामावली प्रकाशन, सात हजार ११४ प्रतिनिधि कायम

    विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

    विश्व दृष्टि दिवसः आँखा स्वास्थ्यमा बेवास्ता नगरौँ, दृष्टि जोगाउनु अवसर जोगाउनु पनि हो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution