Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

बालौटेमा क्षतिग्रस्त सडक करिब दुई महिनापछि मर्मत सुरु

म्याग्दी नदीको बाढीले कटान गरेर मालिका गाउँपालिका-६ बालौटेमा अवरुद्ध बनाएको बेनी–दरवाङ सडक करिब दुई महिनापछि मर्मत थालिएको छ ।
रासस ९०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (६ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, ६ मङ्सिर: म्याग्दी नदीको बाढीले कटान गरेर मालिका गाउँपालिका-६ बालौटेमा अवरुद्ध बनाएको बेनी–दरवाङ सडक करिब दुई महिनापछि मर्मत थालिएको छ ।

गत असोज ८ देखि ११ गतेसम्मको झरिपछिको बाढीले बालौटेमा मालिका, मङ्गला र धवलागिरी गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने पश्चिम म्याग्दीको लाइफलाइन (भाग्यरेखा) मानिएको बेनी-दरवाङ सडकमा क्षति पुग्नुका साथै बस्तीमा जोखिम बढाएको थियो । नदीले कटान गरेपछि दुखुबेँसीको फेदीमा रहेको करिब १०० मिटर सडक भत्किएर बस्तीको नजिकै पहिरो पुगेको छ ।

पूर्वाधार विकास कार्यालय, मालिका गाउँपालिका र म्याग्दी नदी बेसिनमा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको साझेदारीमा सडक मर्मतको काम थालिएको हो । पूर्वाधार विकास कार्यालयको प्रक्रियागत ढिलासुस्ती, कटान नियन्त्रण तथा बस्ती संरक्षणको सुनिश्चितता हुनुपर्ने दुखुबासीको माग छ । पूर्वाधार विकास कार्यालयले भने सडक मर्मतका लागि ग्यावीयन पर्खाल निर्माण गर्ने ढुङ्गा जुटाउन समस्या हुँदा काममा ढिलाइ भएको जनाएको छ ।

अस्थायी रूपमा सडक मर्मतका लागि रु २५ लाख बजेट उपलब्ध गराएको गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री नन्दप्रसाद न्यौपानेले कात्तिक तेस्रो साता पहिरो प्रभावित सडकको निरिक्षण गरी नदी नियन्त्रण र बस्ती संरक्षणका लागि आवश्यक पर्ने थप रु दुई करोडभन्दा बढी बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि पूर्वाधार विकास कार्यालयले प्रक्रिया अघि बढाएको थियो ।

तिहारअघि डोजर परिचालन गरेर म्याग्दी नदीलाई डाइभर्सन गराएपनि बालौटेको छिमेकी सहश्रधाराका बासिन्दाले ग्यावीयन जाली भर्न आवश्यक पर्ने ढुङ्गाको स्रोतमा अवरोध गरेकाले अपेक्षाकृत काम हुन नसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । सडक मर्मतलाई तीव्रता दिनका लागि ढुङ्गाको स्रोतको व्यवस्था मिलाउन मालिका गाउँपालिकासँग समन्वय गरिएको कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजेश उलकले बताउनुभयो ।

मालिका गाउँपालिकाले उपलब्ध गराएको ढुङ्गाहरू जलविद्युत् आयोजनाको डोजर र ढुवानीका साधन परिचालन गरी कार्यालयले ग्यावीयन जाली भरेर अस्थायी रूपमा सडक मर्मत गर्ने सहमति भएको थियो । म्याग्दीखोला, अपर म्याग्दी, अपर म्याग्दी-१, दरवाङ म्याग्दीखोला र मुदीखोला जलविद्युत् अयोजनाले साझेदारी गरेर सडक मर्मतमा उपकरण परिचालन गरेका छन् ।

म्याग्दी १(ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले सडक मर्मत कार्यलाई तीव्रता दिनका लागि मालिका गाउँपालिका, पूर्वाधार विकास कार्यालय र जलविद्युत् आयोजनालाई ताकेता गरिएको बताउनुभयो । बालौटेसँगै सिम-ताराखेत खण्डमा पनि म्याग्दी नदीले कटान गरेको सडक पुनर्निर्माणका लागि प्रदेश सरकारसँग पहल गरिएको उहाँले बताउनुभयो ।

अर्मनखोलाको बाढीले म्याग्दी नदीको धार परिवर्तन गराउँदा बालौटेमा कटान भएर सडक भत्किँदा बेनी-दरवाङ सडकमा यातायात सेवा प्रभावित बनेको छ । दुखुखोलामा ह्युम पाइप राखेर तत्काललाई दुखुबेँसी हुँदै तोलावाङ जोड्ने वैकल्पिक सडक सञ्चालन गरेपनि दिगो समाधानका लागि सडक मर्मत र बस्ती संरक्षण गर्नुपर्ने स्थानीयपवासीको माग छ ।

साँघुरो, कच्ची अवस्थाको ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन एकापसमा पार हुने पर्याप्त ठाउँ छैन । बागलुङको तमानखोलाका बासिन्दाले समेत प्रयोग गर्ने यो सडक निकै व्यस्त हुन्छ । म्याग्दीखोला बेसिनमा निर्माणाधीन छ वटा जलविद्युत् आयोजनाका निर्माण सामग्री र उपकरण ढुवानी गर्ने सवारीसाधनहरुको चाप पनि यो सडकलाई पर्दछ ।

  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    कामपाबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै

  • Post Thumbnail

    घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

  • खलामा धान भर्दै स्थानीय सरकार

    खलामा धान भर्दै स्थानीय सरकार

  • प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

    प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    विपद्को जोखिम र स्थानीयको भावना बुझेर बस्ती पुनःनिर्माण गर्नुपर्ने

    Post Thumbnail

    हेमजा साहित्य महोत्सव सम्पन्न

    Post Thumbnail

    कामपाबाट १० बालबालिका जलवायु परिवर्तन सद्भावना दूत बन्दै

    Post Thumbnail

    कार्यसम्पादनका आधारमा रौतहट जिल्ला प्रहरी कार्यालय पहिलो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution