Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडाैँ

कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसिसिसी)अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (३८ मिनेट अघि)
कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

काठमाडाैँ, ६ मङ्सिर: संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसिसिसी)अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना गर्ने सहमति भएको छ ।

यो निर्णय औपचारिक रूपमा पारित भएसँगै पहिलो पटक हिमाल, हिमाली पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदायले युएनएफसिसिसी प्रक्रियामा आफ्नै छुट्टै र औपचारिक स्थान पाउने छन् । सम्मेलन निर्धारित समय (यही नोभेम्बर ९ देखि २०) भन्दा केही दिन पछिसम्म लम्बिएको र अझै अन्तिम निर्णय सार्वजनिक नभएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।

वार्तामा पक्ष राष्ट्रहरूबीच हिमालसम्बन्धी विषयमा सहमति भइसकेको छ । यसको औपचारिक स्वीकृति र घोषणा कोप-३१ को समापन पूर्ण बैठकमा कोप निर्णयको रूपमा हुन बाँकी छ । सगरमाथाको देश नेपालका लागि यो निर्णय एउटा कोसेढुङ्गा हो । नेपालले वर्षौँदेखि उठाउँदै आएको हिमालको एजेन्डाले अन्तत: विश्व जलवायु वार्तामा मान्यता पाएको छ ।

सम्मेलनमा हालसम्म भएको सहमतिअनुसार प्रस्तावित निर्णयको अनुच्छेद २२ र २३ मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी विषय समेटिएको छ । जसअनुसार हिमाली क्षेत्र, हिमाली पारिस्थितिक प्रणाली र हिमनदीमा निर्भर समुदाय जलवायु परिवर्तनको प्रतिकूल प्रभावप्रति अत्यन्त जोखिममा रहेको विषय सम्मेलनले औपचारिक रूपमा स्वीकार गरेको छ ।

त्यस्तै कार्यान्वयनसम्बन्धी सहायक निकाय (एसबिआई) र वैज्ञानिक तथा प्राविधिक सल्लाहसम्बन्धी सहायक निकाय (एसबिएसटिए)अन्तर्गत दुई वर्षे ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गरिएको छ । यसले अनुकूलन, विपद् जोखिम न्यूनीकरण, उत्थानशीलता निर्माण, तथ्याङ्क तथा अवलोकन र पूर्वसूचना प्रणाली सुदृढ गर्ने लक्ष्य राखेको छ ।

त्यसैगरी जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक तथा प्राविधिक सल्लाह दिने निकायका ६६औँ र ६८औँ बैठक (एसबिएसटिए ६६ र एसबिएसटिए ६८) मा ‘हिमाल तथा जलवायु परिवर्तन संवाद’ आयोजना गरिनेछ ।

उक्त संवादको निष्कर्षसहितको प्रतिवेदन कोप-३३ र पेरिस सम्झौताका पक्ष राष्ट्रहरूको दशौँ बैठक (सिएमए १०) मा पेस गरिनेछ । साथै कोप-३२ मा अध्यक्षताको मार्गदर्शनमा हिमाल र जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय संवाद गरिनेछ ।

निरन्तर पैरवीको उपलब्धि

कृषि, वन तथा पर्यावरण मन्त्रालयले हालसम्मको यो उपलब्धिलाई सरोकारवाला सबैको निरन्तर पैरवीको परिणाम भनेको छ । सम्मेलनको पहिलो साता परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्ताल्या नेतृत्व शिखर सम्मेलनमा हिमालको मुद्दा विश्व नेताहरूसामु राख्नुभएको थियो । त्यसपछि वनमन्त्री गीता चौधरीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विश्वमञ्चका विभिन्न वार्ता, कार्यक्रम र द्विपक्षीय भेटवार्तामा सहभागी भई निरन्तर पैरवी गर्नुभएको थियो ।

सम्मेलनअघि नेपाल र भुटानले हिमालसम्बन्धी संयुक्त औपचारिक प्रस्ताव पेस गरेका थिए । मन्त्री चौधरीकै नेतृत्वमा नेपाल, भुटान र किर्गिज गणतन्त्रले संयुक्त प्रस्ताव पेस गरिएको थियो भने नेपालले उच्चस्तरीय राजनीतिक संवादको छुट्टै प्रस्ताव अघि सारेको थियो ।

कोप-३१ अध्यक्षता तथा १४ मुलुकका मन्त्रीहरूसँगको सघन द्विपक्षीय भेटवार्ता तथा मध्यरातसम्म चलेका मन्त्रीस्तरीय परामर्शमा अडिग रहँदै मन्त्री चौधरीले सहायक निकायअन्तर्गत छुट्टै हिमाल कार्यक्रमको नेपालको मूल माग सुनिश्चित गराउनुभएको थियो । त्यसपछि नै ‘हिमाल र जलवायु परिवर्तनसम्बन्धी विषय’ सम्मेलनको कार्यसूचीमा समावेश भएको थियो ।

मन्त्रालयका अनुसार अन्तिम चरणका महत्वपूर्ण वार्ताहरूमा मन्त्री चौधरीलाई सघाउने टोलीमा मन्त्रालयका सचिव डा राजेन्द्रप्र्रसाद मिश्र, सहसचिव डा महेश्वर ढकाल, उपसचिव दिपा ओली, मन्त्री चौधरीका सल्लाहकार अभिषेक श्रेष्ठ, अर्थमन्त्रीका सल्लाहकार बबिता विष्ट तथा विज्ञ आनन्द मिश्रलगायत हुनुहुन्थ्यो ।

यस उपलब्धिको पृष्ठभूमिमा प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घ महासभामा गर्नुभएको महत्वपूर्ण सम्बोधनका साथै राजनीतिक नेतृत्वको मार्गनिर्देशन, सभामुख तथा सबै दलका सांसदहरूको एकताबद्ध राजनीतिक समर्थन महत्वपूर्ण रहेको सल्लाहकार श्रेष्ठले बताउनुभयो ।

साथै जलवायु विषयका प्राविधिक विज्ञहरू मञ्जित ढकाल, तुङ्गभद्र राई र राजु क्षेत्रीलगायतको प्रयास, वन, परराष्ट्र, अर्थलगायत मन्त्रालयका अधिकारी तथा वार्ताकारहरू, प्रदेश तथा स्थानीय सरकार, युवा, महिला, आदिवासी जनजाति तथा हिमाली समुदायसहितका नागरिक समाजको महत्त्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ ।

नेपालले भुटान, किर्गिज गणतन्त्र, अतिकम विकसित मुलुकहरूको समूह, भूपरिवेष्टित तथा हिमाली मुलुकहरू, साना टापु राष्ट्रहरू र ऐक्यबद्धता जनाउने सबै मुलुक तथा कोप–३१ अध्यक्षताप्रति आभार व्यक्त गरेको छ । उक्त सहमतिपछि मन्त्री चौधरीले यो नेपालको मात्र जित नभई हिमालयदेखि एन्डिजसम्मका सबै हिमाली समुदाय र हिमालको पानीमा निर्भर तल्लो तटीय क्षेत्रका सबैको जित भएको बताउनुभयो । “अब यो कार्यक्रमलाई वास्तविक कार्य, वित्त र पूर्वसूचनामा बदल्नु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो ।

त्यस्तै परराष्ट्रमन्त्री खनालले सिद्धान्तनिष्ठ र धैर्यपूर्ण कूटनीतिले के हासिल गर्न सक्छ भन्ने यो निर्णयले देखाएको उल्लेख गर्दै कोप-३२ र त्यसपछि पनि हिमालको आवाज अझ बलियो बनाउन नेपालले सबै पक्षसँग निरन्तर काम गर्ने बताउनुभएको छ । नेपालले अब एसबिएसटिए ६६ र एसबिएसटिए ६८ का संवाद तथा कोप-३२ को उच्चस्तरीय संवादको तयारीमा पक्ष राष्ट्रहरू, युनएफसिसिसीका सचिवालयलगायत साझेदारसँग मिलेर काम गर्नुपर्नेछ ।

देशभित्र ‘जीवन्त सगरमाथा’ हिमाल रणनीति र राष्ट्रिय अनुकूलन प्रयासमार्फत यो उपलब्धिलाई अघि बढाइने परराष्ट्र मन्त्रालयले जनाएको छ । गत भदौ १० गते रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीले हिमालमा हुने परिवर्तनले तल्लो तटीय क्षेत्रसम्मका जीवन, जीविका र पूर्वाधारमा कस्तो असर पार्छ भन्ने पीडादायी पाठ सिकाएको थियो । त्यही विषयलाई मध्यनजर गर्दै सुरु गरिएको ‘सगरमाथादेखि सागरसम्म’ भन्ने नेपालको सन्देशले हिमाल र विश्वको भविष्य एकअर्कासँग जोडिएको देखाएको छ ।

  • काठमाडाँै
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्र

  • Post Thumbnail

    कोसीमा पुल बनेपछि फेरिएको चतराको मुहार

  • कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

    कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

  • भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

    भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एसिया कप राइजिङ स्टार्स: युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

    प्रधानमन्त्री शाहको भारत भ्रमण टोली ३५ सदस्यीय

    प्रधानमन्त्री शाहको भारत भ्रमण टोली ३५ सदस्यीय

    कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

    कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

    प्रधानमन्त्री शाह भारत प्रस्थान

    प्रधानमन्त्री शाह भारत प्रस्थान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution