Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
काठमाडौँ

प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास

प्रधानमन्त्री बालेन्द्र शाहको आजदेखि हुने भारतको राजकीय भ्रमणबाट नेपाल-भारतबीचको विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्ध थप सुदृढ हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वास व्यक्त गरेको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

काठमाडौँ, ६ मङ्सिर: प्रधानमन्त्री बालेन्द्र शाहको आजदेखि हुने भारतको राजकीय भ्रमणबाट नेपाल-भारतबीचको विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्ध थप सुदृढ हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विश्वास व्यक्त गरेको छ ।

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले आज शुभकामना वक्तव्य जारी गर्दै प्रधानमन्त्रीको भ्रमणबाट दुई देशबीच आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको बताउनुभएको छ । “राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रधानमन्त्रीको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्ने हार्दिक शुभकामना”, महामन्त्री आचार्यद्वारा जारी शुभकामनामा उल्लेख छ ।

भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराउनुभएको महामन्त्री आचार्यले जनाउनुभएको छ । उक्त अवसरमा सभापति लामिछानेले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

प्रधानमन्त्री एवं रास्वपाका वरिष्ठ नेता शाह राजकीय भ्रमणको सिलसिलामा आज भारततर्फ प्रस्थान गर्दै हुनुहुन्छ । उहाँको नेतृत्वमा रहने ३४ सदस्यीय प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार र राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।

दुईदिने यस भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको छ ।

  • काठमाडौँ
  • राष्ट्रिय स्वतन्त्र पार्टी
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • प्रधानमन्त्री शाहको भारत भ्रमण टोली ३५ सदस्यीय

    प्रधानमन्त्री शाहको भारत भ्रमण टोली ३५ सदस्यीय

  • प्रधानमन्त्री शाह भारत प्रस्थान

    प्रधानमन्त्री शाह भारत प्रस्थान

  • Post Thumbnail

    जनताको बहुदलीय जनवाद र साहित्यबारे परिचर्चा

  • Post Thumbnail

    मधेसका मुख्यमन्त्रीले लिनुभयो शपथ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एसिया कप राइजिङ स्टार्स: युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

    प्रधानमन्त्री शाहको भारत भ्रमण टोली ३५ सदस्यीय

    प्रधानमन्त्री शाहको भारत भ्रमण टोली ३५ सदस्यीय

    कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

    कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

    प्रधानमन्त्री शाह भारत प्रस्थान

    प्रधानमन्त्री शाह भारत प्रस्थान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution