Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुनसरी

कोसीमा पुल बनेपछि फेरिएको चतराको मुहार

एक दशक अघिसम्म चतरामा सप्तकोसी वारपार गर्न बाँसको नाउमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले त्यो अवस्था फेरिएको छ ।
रासस ५०१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (२ घण्टा अघि)
Post Thumbnail

सुनसरी, ६ मङ्सिरः एक दशक अघिसम्म चतरामा सप्तकोसी वारपार गर्न बाँसको नाउमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेकामा अहिले त्यो अवस्था फेरिएको छ । कोसीमा पुल निर्माणपछि पूर्वी पहाड र तराईबाट चतरा हुँदै काठमाडौँसम्मको सडक सम्पर्क सहज भएको छ । त्यसबाट आवागमनसँगै स्थानीय व्यापार र पर्यटन व्यवसायमा समेत परिवर्तन ल्याएको छ ।

विसं २०७२ मा एसियाली विकास बैङ्क (एडिबी) को ६० प्रतिशत अनुदान र नेपाल सरकारको ४० प्रतिशत लगानीमा रु ७६ करोड ११ लाखको लागतमा २६१ दशमलव तीन मिटरको चतरास्थित सप्तकोसीमा पुल निर्माण भएको हो ।

पुल निर्माण हुनुअघि सुनसरी र उदयपुरवासी बाँसको नाउबाट कोसी वारपार गर्नुपर्ने बाध्यता थियो । रामपुरबाट चतरा हँुदै धरानको दूरी करिब २२ किलोमिटर भए पनि किनमेल र उपचारका लागि धरान पुग्न रामपुर, फत्तेपुर, कञ्चनपुर र इटहरी हुँदै करिब १४० किलोमिटर यात्रा गर्नुपर्ने थियो । पुल बनेपछि उक्त बाध्यता हटेको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० का दीपक गिरी विगतमा पहाडबाट तराई झर्दा चतरा हुँदै कोसी पार गर्न निकै कठिन हुने गरेको घटना स्मरण गर्नुहुन्छ । उहाँले भन्नुभयो, “पहिले कोसी पार गर्न जोखिम मोलेर बाँसको नाउ चढ्नुपथ्र्यो । चतराबाट धरानसम्म पैदल हिँड्नु पथ्र्यो । अहिले पुल र कालोपत्रे सडक छ । सवारीसाधनको आवागमन सहज भएपछि पहिलेको जस्तो कठिन यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।”

पुल सञ्चालनमा आएपछि धरान, इटहरी, विराटनगरलगायत पूर्वी क्षेत्रबाट चतरा–गाईघाट–सिन्धुली हुँदै काठमाडौँसम्मको यात्रा सहज भएको छ । सवारीसाधनको आवागमन बढेसँगै यस क्षेत्रमा व्यापारिक गतिविधि र बस्ती विस्तार भएको छ । पुल निर्माणपछि प्रसिद्ध तीर्थस्थल चतरा पर्यटकीय क्षेत्रका रूपमा समेत विस्तार भएको छ । पर्यटकको चहलपहल बढेसँगै यहाँ दुई दर्जनभन्दा बढी होटल तथा रिसोर्ट सञ्चालनमा छन् । बेलका होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रमन भट्टराईका अनुसार पुल बनेपछि होटल तथा पर्यटन व्यवसायमा सकारात्मक प्रभाव परेको छ ।

उहाँले भन्नुभयो, “कोसीमा पुल नहुँदा नदी पार गर्न काठका डुङ्गा र बाँसका नाउमा निर्भर हुनुपर्ने अवस्था थियो । पुल सञ्चालनमा आएपछि पूर्वी पहाड तथा तराईबाट काठमाडौँसम्म आवतजावत गर्ने सवारीसाधन र यात्रुको चहलपहल बढेको छ । बाहिरबाट आउने यात्रु तथा पर्यटकको सङ्ख्या बढेसँगै होटल व्यवसायलाई पनि टेवा पुगेको छ ।

पछिल्लो समय भारतको बिहारबाट आउने पर्यटकको सङ्ख््या पनि बढेको छ । पुल भएपछि बेलका बीच रिसोर्टमा मात्रै मासिक एक हजारदेखि दुई हजार ५०० सम्म भारतीय पर्यटक पुग्ने गरेका छन् । चतरा क्षेत्रमा पनि दैनिक सयौँ भारतीय पर्यटक आउने गरेको उहाँले बताउनुभयो ।

धार्मिक दृष्टिले चतरालाई ‘पूर्वको हरिद्वार’ भनेर चिनिन्छ । हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल बराहक्षेत्रधाममा वर्षभरि नै भक्तजन आउने गर्छन् । सप्तकोसीमा रहेको विशाल शिला ‘खुवालुङ’ किरात समुदायको मुन्धुमी सभ्यतासँग जोडिएको ऐतिहासिक स्थल पनि हो । पछिल्लो समय खुवालुङप्रति चासो बढेसँगै अनुसन्धानकर्ता तथा आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन् ।

चतराको कोसी पुल अहिले पर्यटकको आकर्षणको गन्तव्य बनेको स्थानीय युवा रमेश तिम्सिना बताउनुहुन्छ । पुलबाट सप्तकोसीको दृश्य अवलोकन गर्न,तस्बिर खिच्न र बिदाका दिन वनभोज खान आन्तरिक तथा बाह्य पर्यटक चतराको कोसी पुल पुग्ने गरेको उहाँको भनाइ छ ।

उक्त क्षेत्रमा अहिले साहसिक पर्यटनको सम्भावना पनि बढेको छ । हिउँदमा चतराबाट बराहक्षेत्र हुँदै भोजपुर र धनकुटासम्म जेटबोट सञ्चालन हुने गरेको छ । चतराबाट केही समयको यात्रामा पुगिने उदयपुरको बेलका बोप्ताङ डाँडा प्याराग्लाइडिङ गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।

सडक पहुँच सहज भएपछि त्यहाँ सञ्चालित प्याराग्लाइडिङ प्रशिक्षण केन्द्रमा नेपालसहित भारत, चीन, स्पेन, फ्रान्स र जर्मनीका प्रशिक्षार्थी पाइलट आउने गरेको प्रशिक्षक सुरेन गुरुङले बताउनुभयो । नेपाल प्याराग्लाइडिङ तथा ह्याङ्गग्लाइडिङ सङ्घ उदयपुरका अध्यक्ष ईश्वर राईका अनुसार चुरेका पहाड र सप्तकोसीको दृश्यसँगै गरिने प्याराग्लाइडिङ उडान पर्यटकका लागि आकर्षण बनेको छ ।

पुल निर्माणपछि चतराघाटको व्यापारिक स्वरूप पनि फेरिएको छ । कुनै समय यहाँका साना झुपडीमा ढिके नुनको व्यापार हुन्थ्यो । भोजपुर, धनकुटालगायत पहाडी जिल्लाबाट मानिस नुन किन्न पैदल हिँडेर आउने गर्थे । तर, अहिले त्यही क्षेत्रमा पूर्वक्षेत्रको प्रसिद्ध उत्पादन रहेका पँेडाका दर्जनौँ पसल सञ्चालनमा छन् ।

पुल बनेपछि सर्वसाधरणको आवागमन बढेसँगै पुल नजिकै चतराघाटमा पेडा व्यवसाय फस्टाएको छ । पहिले ढिके नुन बिक्री हुने स्थानमा अहिले दर्जनौँ व्यवसायीले पेडा बनाएर बिक्री गर्दै आएका छन् । चतराघाट पछिल्लो समय पेडा पसलका लागि समेत परिचित बन्दै गएको छ ।

बराहक्षेत्र नगरपालिका–१ चतराघाटका महेश शाह पेडा व्यवसायबाट परिवारको खर्च र छोराछोरीको पढाइ खर्च जुटाउँदै आउनुभएको छ । तीन वर्षअघि पेडा बनाउन सुरु गर्नुभएका शाहले यही व्यवसायलाई आम्दानीको मुख्य स्रोत बनाउनुभएको छ ।

रोजगारीका लागि ११ वर्ष मलेसिया बसेर फर्किएपछि उहाँले धरान–चतरा–रामपुर सडकखण्डमा अटो चलाउन थाल्नुभयो । अटो चलाउने क्रममा चतराघाटमा पेडा पसल देखेपछि उहाँ यस व्यवसायप्रति आकर्षित भएर पेडा व्यापार गर्न थालेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “सुरुमा मिठाई बनाएर बिक्री गर्न थालेको थिएँ । पछि पेडा बनाउन थालेँ । अहिले यही व्यवसाय राम्रो चलेको छ । बाउबाजेले पहिला यहाँ ढिके नुनको व्यापार गर्नुहुन्थ्यो । समयसँगै ठाउँ र व्यापारको स्वरूप पनि परिवर्तन भएको छ ।” हाल सडक मार्ग प्रयोग गर्ने सर्वसाधारणको चहलपहल बढेसँगै पेडाको माग पनि बढेको शाह बताउनुहुन्छ ।

  • उदयपुर
  • काठमाडौँ
  • खोटाङ
  • धनकुटा
  • भोजपुर
  • सुनसरी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

    कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

  • Post Thumbnail

    चार महिनामा पुँजीगत खर्च साढे चार प्रतिशत मात्र

  • कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

    कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

  • भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

    भौगर्भिक सम्मेलनद्वारा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा जोड

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एसिया कप राइजिङ स्टार्स: युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

    प्रधानमन्त्री शाहको भारत भ्रमण टोली ३५ सदस्यीय

    प्रधानमन्त्री शाहको भारत भ्रमण टोली ३५ सदस्यीय

    कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

    कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

    प्रधानमन्त्री शाह भारत प्रस्थान

    प्रधानमन्त्री शाह भारत प्रस्थान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution