Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पाँचथर

खलामा धान भर्दै स्थानीय सरकार

जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त रहनुभएको छ ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (४ घण्टा अघि)
खलामा धान भर्दै स्थानीय सरकार

पाँचथर, ६ मङ्सिरः जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त रहनुभएको छ ।

पालिकाभित्र धेरै अन्नबाली फलाउने कृषकलाई पुरस्कार दिने कार्यक्रमका सिलसिलामा उहाँहरु हाल खलो पुगेर कस्को कति धान फल्यो भनी विवरण लिन सक्रिय हुनुहुन्छ । सो गाउँपालिकाले आव २०७७÷७८ देखि कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत धान थन्क्याउने समयमा खलोबाटै तथ्याङ्क लिन सुरु गरेपछि वडाका जनप्रतिनिधि फाँट–फाँटमा पुग्नुभएको हो ।

सो कार्यक्रमबाट लाभ लिन कृषक उत्साहित भएपछि अन्नबालीको नापजाँच गर्दै गाउँपालिकाको टोली केही वर्षदेखि यो समयमा कृषकका खेतमा पुगिरहेको छ । सोही सन्दर्भमा मिक्लाजुङ–७ लिम्बाका बमबहादुर बोहोराले लिम्बा दोभानस्थित तीन खला खेतमा धान झार्ने कार्यक्रम वडा कार्यालयमा जानकारी गराउनुभएको थियो ।

यसैगरी, खलामा धान झारेर भुस उडाएपछि वडाध्यक्ष हेमचन्द्र रेग्मी, वडा सचिव ख्यामप्रसाद चम्लागाईं र कृषि प्राविधिक रीता राईको रोहवरमा धान भरियो । कृषक बोहोराको खलामा भरिएको धान ठयाक्कै २५ मुरी पुग्यो । यस वर्ष बोहोराले त्योसहित ७० मुरीभन्दा बढी धान भित्र्याउनुभएको रहेछ ।

गाउँपालिकाभित्र उहाँले नै धेरै धान उत्पादन गरेकाले प्रोत्साहन पुरस्कार पाउने सम्भावना देखिएको वडाध्यक्ष रेग्मीले प्रतिक्रिया दिनुभयो । “बोहराले धान मात्र होइन, गोठे मलमा पनि पुरस्कार पाउने हुनुभएको छ,” वडाध्यक्ष रेग्मीले भन्नुभयो, “पालिकाको प्रोत्साहन कार्यक्रममार्फत कतिपय कृषकले एकभन्दा बढी उत्पादनमा पनि पुरस्कार पाइरहनु भएको छ ।”

मिक्लाजुङ गाउँपालिकाले कृषक प्रोत्साहन कार्यक्रमअन्तर्गत आव २०८१÷८२ देखि अन्नबाली उत्पादन र मल उत्पादनमा पनि प्रोत्साहन दिँदै आएको गाउँपालिकाका प्रवक्ता अविशन लावतीले बताउनुभयो । उहाँका अनुसार पालिकाले ५० मुरीभन्दा बढी धान फलाउने कृषकलाई रु ५० हजार, २० फिट लम्बाइ र चार फिट उचाइ भएको मकैको थाङ्ग्रो राख्नेलाई रु ३० हजार, ३५ मनभन्दा बढी आलु उत्पादन गर्नेलाई रु २५ हजार तथा १० घनमिटरभन्दा बढी प्राङ्गारिक मल बनाउनेलाई रु २५ हजार पुरस्कार दिँदै आएको छ ।

गाउँपालिकाले त्यसका लागि आफ्नो अन्न उत्पादन भित्र्याउनुअघि पूर्वसूचना दिनुपर्ने तथा जनप्रतिनिधि, कर्मचारी र प्राविधिकले कडाइका साथ अनुगमन गर्ने व्यवस्था गरेको छ । सो मापदण्डअनुसार पुरस्कार दिँदा वार्षिक रुपमा करिब रु दुई करोड रकम खर्च हुन थालेपछि गाउँपालिकाले यस वर्ष मापदण्डलाई केही कसिलो तुल्याउन लागेको छ । “उत्पादन बढाउन कार्यविधिमा सामान्य फेरबदल गर्न लागेका छौँ”, प्रवक्ता लावतीले भन्नुभयो, “विगतभन्दा धेरै अन्तर हुँदैन । अहिले पनि कृषकले राम्रो लाभ पाउनु हुन्छ ।”

पुरानो मापदण्डअनुसार नै यस वर्ष पनि धान, मकै र आलु उत्पादन तथा मल भण्डारणवारे पूर्वजानकारी दिन वडामार्फत कृषकलाई यसअघि नै सूचित गरिएको गाउँपालिकाको कृषि शाखाका प्रमुख दीपा राईले जानकारी दिनुभयो ।

सोही सूचनाअनुसार कृषकहरुले वडा कार्यालयमा दिएको निवेदनका आधारमा पालिका प्रतिनिधिबाट यतिबेला धान नापजाँचको क्रम चलिरहेको उहाँले वताउनुभयो ।

कोभिड–१९ पछि ग्रामीण क्षेत्रलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन गाउँपालिकाले ४० मुरीभन्दा बढी धान फलाउने र चार फिट उचाइ तथा २० फिट लम्बाइको मकैको थाङ्ग्रो राख्ने कृषकलाई रु एक लाख पुरस्कार प्रदान गर्दैआएको छ ।

त्यस्तै, ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने कृषकलाई प्रतिकिलो रु २० पुरस्कार दिने गरेकामा लाभग्राही कृषक धेरै भएपछि गाउँपालिकाले पछिल्लो पुरस्कारको रकम घटाएको छ ।

गत वर्ष मात्रै कृषक प्रोत्साहन पुरस्कारमार्फत गाउँपालिकाले ५८६ जना कृषकलाई रु एक करोड ८५ लाख ६५ हजार रकम वितरण गरेको थियो ।

प्रवक्ता लावतीका अनुसार गत वर्ष धान उत्पादन गर्ने १०७ जनालाई रु ५३ लाख ५० हजार र मकै उत्पादन गर्ने २४८ जनालाई रु ७४ लाख ४० हजार पुरस्कार बापतको रकम उपलब्ध गराइएको छ ।

त्यस्तै, आलु उत्पादन गर्ने ६७ जना कृषकलाई रु १६ लाख ७५ हजार र मल उत्पादन गर्ने १६४ जना कृषकलाई पालिकाले रु ४१ लाख पुरस्कार बापतको रकम वितरण गरेको थियो । पुरस्कार प्राप्त गर्ने लाभग्राही कृषकको सङ्ख्या बर्षेनि वृद्धि हुँदा अन्नबाली उत्पादन पनि बढिरहेको प्रवक्ता लावतीले बताउनुभयो ।

पाँचथरकै फाल्गुनन्द गाउँपालिकाले पनि ५० मुरीभन्दा बढी धान फलाउनेलाई रु ३० हजार र १०० मुरीभन्दा बढी धान उत्पादन गर्ने कृषकलाई रु ५० हजार प्रोत्साहन पुरस्कार दिँदै आएको छ । जिल्लामा फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका धेरै अन्नबाली उत्पादन हुने र सिँचाइका तुलनात्मक रुपमा राम्रो सुविधा भएका पालिकाका रुपमा रहिआएका छन् ।

  • पाँचथर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

  • प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

    प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

  • Post Thumbnail

    शुक्लाफाँटामा ‘शुक्लागजराज’ खोज्दै प्राविधिक टोली

  • कामको खोजीमा बजार पुग्छन् मजदुर, पाउने टुङ्गो हुन्न

    कामको खोजीमा बजार पुग्छन् मजदुर, पाउने टुङ्गो हुन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एसिया कप राइजिङ स्टार्स: युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

    प्रधानमन्त्री शाहको भारत भ्रमण टोली ३५ सदस्यीय

    प्रधानमन्त्री शाहको भारत भ्रमण टोली ३५ सदस्यीय

    कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

    कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

    प्रधानमन्त्री शाह भारत प्रस्थान

    प्रधानमन्त्री शाह भारत प्रस्थान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution