Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ६, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउन लागेको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ६, आईतबार (५ घण्टा अघि)
प्राङ्गारिक खेती गर्न ७५ प्रतिशत अनुदान दिँदै टेम्केमैयुङ

भोजपुर, ५ मङ्सिरः जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले प्राङ्गारिक खेती प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराउन लागेको छ ।

कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक तथा जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित गाउँपालिकाले अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

गाउँपालिकाको कृषि विकास शाखामार्फत आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत कार्यक्रमअन्तर्गत प्राङ्गारिक खेती प्रवद्र्धनका लागि प्राङ्गारिक तथा जैविक मल अनुदान कार्यक्रम सञ्चालन गर्न लागिएको जनाएको छ ।

कार्यक्रममार्फत किसानलाई प्राङ्गारिक मल खरिदमा ७५ प्रतिशत अनुदान उपलब्ध गराइने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो ।

प्राङ्गारिक तथा जैविक खेती गर्न इच्छुक किसानलाई लक्षित गरी कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो । पछिल्लो समय कृषि उत्पादनमा रासायनिक मलको प्रयोग बढ्दै गएको अवस्थामा माटोको गुणस्तर कायम राख्दै खेती प्रणालीलाई दिगो बनाउन प्राङ्गारिक मलको प्रयोग बढाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

“किसानलाई प्राङ्गारिक तथा जैविक खेतीतर्फ आकर्षित गर्दै स्थानीयस्तरमा यसको विस्तार गर्ने उद्देश्यले कार्यक्रम ल्याएका हौँ,” अध्यक्ष बस्नेतले भन्नुभयो, “प्राङ्गारिक खेती गर्दै आएका किसानलाई थप प्रोत्साहन गर्दै नयाँ किसानलाई पनि यसतर्फ आकर्षित गर्न अनुदान कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।”

कार्यक्रमबाट व्यावसायिक रूपमा प्राङ्गारिक खेती गर्दै आएका तथा खेती विस्तार गर्न चाहने किसान, कृषि फार्म, समूह र सहकारी लाभान्वित हुने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै किसानलाई उत्पादनसँग जोड्ने र उपलब्ध स्रोतसाधनको उपयोग गरी खेती प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

गाउँपालिकाले प्राङ्गारिक खेतीलाई व्यावसायिक र उत्पादनमुखी बनाउने उद्देश्यले किसानलाई मल खरिदमा सहुलियत दिन लागेको जनाएको छ । मलको सहज उपलब्धता र प्रयोगमा प्रोत्साहन मिल्दा किसानलाई खेती प्रणाली सुधार गर्न तथा उत्पादनलाई दिगो बनाउन सहयोग पुग्ने गाउँपालिकाको भनाइ छ ।

सोही क्रममा गाउँपालिकाले स्थानीयस्तरमा सूचीकृत मल उत्पादक फार्म, समूह, सहकारी वा कम्पनीबाट मात्रै मल खरिद गर्नुपर्ने व्यवस्था गरेको छ । किसानले अनुदानमा मल खरिद गर्दा प्रतिकेजी १० रुपैयाँ ५० पैसाका दरले रकम जम्मा गर्नुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्राङ्गारिक मल प्रयोग गरी व्यावसायिक रूपमा खेती गर्दै आएका किसानलाई कार्यक्रममा प्राथमिकता दिइनेछ । अनुदान कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र लक्षित वर्गसम्म पु¥याउन सूचीकृत उत्पादकबाट मल खरिद गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

त्यस कार्यक्रममा सहभागी हुन इच्छुक किसान, कृषि फार्म, समूह तथा सहकारीले मलको प्रकार र आवश्यक परिमाण खुलाएर गाउँपालिकामा निवेदन पेस गर्नुपर्नेछ ।

कृषि उत्पादनमा रासायनिक मलको प्रयोग घटाउँदै माटोको उर्वराशक्ति संरक्षण, वातावरणमैत्री कृषि प्रणालीको विकास तथा प्राङ्गारिक खेतीको विस्तार गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले जानकारी दिनुभयो ।

उहाँले कृषि क्षेत्रमा दीर्घकालीन सुधार ल्याउन किसानलाई प्राङ्गारिक तथा जैविक खेतीप्रति आकर्षित गर्न आवश्यक रहेको बताउनुभयो । “कृषिलाई उत्पादन र आयआर्जनसँग जोड्न खेती गर्ने तरिकामा पनि सुधार आवश्यक छ,” उपाध्यक्ष राईले भन्नुभयो, “प्राङ्गारिक मलको प्रयोग बढाएर कृषि उत्पादनलाई गुणस्तरीयसँगै वातावरणमैत्री खेती प्रणालीको विकास गर्ने हाम्रो लक्ष्य हो ।”

गाउँपालिकाले कृषि क्षेत्रको विकाससँगै किसानलाई व्यावसायिक खेतीतर्फ प्रोत्साहित गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । प्राङ्गारिक तथा जैविक खेतीको विस्तारले माटोको उर्वराशक्ति संरक्षणमा सहयोग पुग्नाका साथै स्थानीय कृषि उत्पादनको पहिचान र प्रवद्र्धनमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    घोप्टेभिरको डाँडाबाट जोखिमपूर्ण भाग झार्न थालियो

  • खलामा धान भर्दै स्थानीय सरकार

    खलामा धान भर्दै स्थानीय सरकार

  • Post Thumbnail

    शुक्लाफाँटामा ‘शुक्लागजराज’ खोज्दै प्राविधिक टोली

  • कामको खोजीमा बजार पुग्छन् मजदुर, पाउने टुङ्गो हुन्न

    कामको खोजीमा बजार पुग्छन् मजदुर, पाउने टुङ्गो हुन्न

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एसिया कप राइजिङ स्टार्स: युएईद्वारा नेपालसामु १२२ रनको लक्ष्य प्रस्तुत

    प्रधानमन्त्री शाहको भारत भ्रमण टोली ३५ सदस्यीय

    प्रधानमन्त्री शाहको भारत भ्रमण टोली ३५ सदस्यीय

    कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

    कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति

    प्रधानमन्त्री शाह भारत प्रस्थान

    प्रधानमन्त्री शाह भारत प्रस्थान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution