Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
चितवन

भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

भरतपुर महानगरपालिकाका छ स्थानमा खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गरिने भएको छ । खानेपानी व्यवस्थापन बोर्डले ट्याङ्की निर्माणका लागि बोलपत्र आह्वान गरी काम अघि बढाएको हो ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (१ घण्टा अघि)
Post Thumbnail

चितवन, ४ मङ्सिरः भरतपुर महानगरपालिकाका छ स्थानमा खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गरिने भएको छ । खानेपानी व्यवस्थापन बोर्डले ट्याङ्की निर्माणका लागि बोलपत्र आह्वान गरी काम अघि बढाएको हो ।

खानेपानीको सहज आपूर्ति, वितरण प्रणालीको सुधार तथा सेवा विस्तारका लागि विभिन्न ठूला आयोजना अघि बढाइएको हो । बोर्डले भरतपुरका विभिन्न स्थानमा ओभरहेड ट्याङ्की, पाइप लाइन विस्तार, फिल्टर प्लान्ट तथा अन्य पूर्वाधार निर्माणका कामलाई तीव्रता दिएको हो ।

भरतपुर बृहत् खानेपानी आयोजनाअन्तर्गत पाँचवटा ओभरहेड ट्याङ्की र एउटा कार्यालय भवन निर्माण गर्ने योजना छ । बोर्डका प्रमुख सञ्जय बरालका अनुसार पाइप लाइन विस्तार तथा फिल्टर प्लान्ट निर्माण पनि अघि बढाइएको छ । भरतपुर महानगरपालिका–११ को लामा टोल, केन्द्रीय बस टर्मिनल, भरतपुर–७ को नगर प्लटिङ, भरतपुर १५ को शिवघाट र भरतपुर १६ को सानोगढीलगायत क्षेत्रमा खानेपानी पूर्वाधार निर्माण तथा विस्तार गरिने प्रमुख बरालले जानकारी दिनुभयो ।

त्यस्तै, जुगेडी–रामनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत जुगेडीबाट रामनगर हुँदै भरतपुरसम्म पाइप लाइन विस्तार गरिने उहाँले जानकारी दिनुभयो । जुगेडी मुहानमा फिल्टरेसन प्लान्ट तथा गार्ड हाउस निर्माण र रामनगरमा ओभरहेड ट्याङ्कीलगायत ठूला पूर्वाधार निर्माण गर्ने योजना छ ।

बोर्ड र नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयको लगानीमा सञ्चालन हुने यस आयोजनाले खानेपानी आपूर्तिलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । मन्त्रालय र बोर्डको सहलगानीमा झन्डै रु ६० करोडको लागतमा ती योजना अघि बढाइएको हो ।

खानेपानी वितरणका क्रममा पाइपमा चाप बढाउने र वितरण प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले बोर्डले स्तरोन्नतिका कामसमेत गरिरहेको प्रमुख बरालको भनाइ छ । हाल बोर्डका ४५ हजारभन्दा बढी ग्राहक छन् । दैनिक करिब चार करोड ८० हजार लिटर पानी प्रशोधन गरेकामा उपभोग भने दुई करोड ९२ लाख लिटर भइरहेको उहाँले जानकारी दिनुभयो ।

पानी चुहावटको दर २७ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्ष चुहावट २८ प्रतिशत थियो । पुराना प्लान्ट तथा मेसिनरी उपकरण र विकास निर्माणका क्रममा पाइप फुट्ने समस्याका कारण पानी चुहावट हुने गरेको प्रमुख बरालको भनाइ छ । चुहावट न्यूनीकरण र सेवा सुधारलाई प्राथमिकतामा राखेर काम भइरहेको उहाँले बताउनुभयो ।

बोर्डले आफ्नै लगानीमा विभिन्न स्थानमा खानेपानीका पूर्वाधार निर्माण तथा विस्तार गरिरहेको छ । क्षेत्रपुरमा डिपबोरिङ र पम्पहाउस निर्माण गरिएको छ भने आँपटारीस्थित सशस्त्र प्रहरी क्याम्पभित्र डिपबोरिङ निर्माण गरिएको छ ।

सानोगढी खानेपानी उपभोक्ता समितिलाई बोर्डमा हस्तान्तरण गरी २२ किलोमिटर पाइप लाइन विस्तार गरिएको छ । त्यस्तै, देवनगरमा १७ दशमलव पाँच किमी र सानोगढी क्षेत्रमा २० दशमलव पाँच किमी पाइप लाइन विस्तार गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यालयमा नयाँ प्रयोगशाला ९ल्याब० निर्माण गरिएको छ भने मङ्गलपुरमा सेवा विस्तारका लागि नयाँ काउन्टरसहित शाखा कार्यालय भवन निर्माण प्रक्रिया अघि बढाइएको छ । गीतानगरमा जग्गा व्यवस्थापन गरी डिपट्युबवेल र पम्पहाउस निर्माण गर्ने योजना छ । फूलबारीमा नयाँ डिपबोरिङ निर्माण तथा शिवघाटमा गार्ड हाउस, कम्पाउण्ड र पाइप लाइन विस्तारका काम भइरहेका छन् ।

बोर्डमातहतका विभिन्न स्टेसनहरूको मर्मतसम्भार तथा स्तरोन्नति गरी अटोमेसन ९स्वचालित उपकरण० प्रणाली जडान गरिएको छ । यसबाट सम्बन्धित क्षेत्रमा चौबिसै घण्टा खानेपानी आपूर्ति गर्न सम्भव भएको बरालले बताउनुभयो । उहाँका अनुसार खानेपानी सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले रातिको समयमा समेत मर्मतसम्भारका काम हुँदै आएका छन् ।

  • चितवन
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • Post Thumbnail

    धनकुटामा खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

  • Post Thumbnail

    नागढुङ्गा-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

  • महिला जनप्रतिनिधि भन्छन्, “लैङ्गिक विभेद छ, तर पनि राजनीतिक यात्रा रोकिँदैन”

    महिला जनप्रतिनिधि भन्छन्, “लैङ्गिक विभेद छ, तर पनि राजनीतिक यात्रा रोकिँदैन”

  • फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

    फोहरलाई स्रोतका रूपमा उपयोग गर्न प्रेरित गर्दै ‘आरयू फेस्ट’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    एसिया कप राइजिङ स्टार्स प्रतियोगिता ः नेपाल भारत ‘ए’सँग पराजित

    एसिया कप राइजिङ स्टार्स प्रतियोगिता ः नेपाल भारत ‘ए’सँग पराजित

    Post Thumbnail

    धनकुटामा खानेपानी प्रशोधन प्रणाली सञ्चालनको तयारी

    Post Thumbnail

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै

    एनपिएल फाइनलः लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

    एनपिएल फाइनलः लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution