Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर ४, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भक्तपुर

चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रुपमा परिचित लिच्छवीकालीन ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।
रासस ४२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर ४, शुक्रबार (२० मिनेट अघि)
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

भक्तपुर, ४ मङ्सिरः नेपालकै सबैभन्दा पुरानो प्राचीन धरोहरका रुपमा परिचित लिच्छवीकालीन ऐतिहासिक भक्तपुरको चाँगुनारायण मन्दिरमा हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

अठार सय वर्ष पुरानो चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्यायले उपत्यकाका चार नारायणमध्येको जेठो नारायणका रुपमा मानिँदै आएको नगरपालिका–४ स्थित विश्वसम्पदा सूर्चीमा सूचीकृत चाँगुनारायण मन्दिरमा आज बिहान २ः०० बजेदेखि नै दर्शनार्थीहरुको घुइँचो लागेको बताउनुभयो ।

पुजारी राजोपाध्यायले चार नारायणको दर्शन गर्दा जेठो नारायणका रुपमा पुजिने चाँगुनारायणको पहिलो दर्शन गर्नसके उत्तम हुने मान्यता रहेको र चार नारायण जान नसक्नेले चाँगुनारायणको मात्रै दर्शन गर्दा पनि पुण्य प्राप्त हुने मान्यता रहेको बताउनुभयो ।

धार्मिक मान्यताअनुसार सृष्टिकालमा मधु र कैटभ नामक दुई दैत्यसँग युद्ध गरी विजयी प्राप्त पछि थकित हुनुभएका भगवान् विष्णुले आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गरेको दिनलाई हरिशयनी एकादशी भनिने र त्यसको ठीक चार महिनापछि भगवान् विष्णु पुनःजागा हुने भएकाले आजको दिनलाई हरिबोधनी अर्थात् ‘हरि जागरण’को प्रतीकका रुपमा मानिने परम्परा रहँदै आएको पुजारी राजोपाध्यायले जानकारी दिनुभयो । आजका दिन नारायण शयनबाट जागा हुने भएकाले यस दिन चाँगुनारायणमा दर्शन गर्दा भगवान्को नजर पर्ने र आर्शिवाद प्राप्त हुने जनविश्वास रहेको उहाँले बताउनुुभयो ।

मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीको आगमनमा वृद्धि गर्न नगरपालिकाले यस वर्ष मेलालाई विशेष बनाएको नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो । मन्दिरमा सयपत्री फूलको मालाहरुले सिँगारिनुका साथै रात्रिककालीन प्रहरका लागि झिलीमिली बत्तीले निकै रौनक दिएको उहाँले बताउनुभयो । उहाँले मेलाका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरी व्यवस्थित बनाइएको बताउनुभयो ।

नगर प्रमुख खत्रीले मन्दिर आउने दर्शनार्थीलाई भक्तपुर नगरपालिकाको देकोचा र व्यासी, चाँगुनारायण नगरपालिकाको तेलकोट, दुवाकोट, काठमाडौँ मूलपानीलगायत पाँच वटा नाकाबाट मन्दिर आउनसक्ने गरी सडकको व्यवस्थापन गर्नुका साथै ट्राफिक व्यवस्थापनका लागि प्रहरीसँग समन्वय गरिएको बताउनुभयो ।

नगर प्रमुख खत्रीले भन्नुभयो, “चाँगुनारायण नगरपालिकाभित्रको यस मन्दिर ऐतिहासक धरोहर हो, चाँगुनारायण मन्दिरका प्रचारप्रसार गरी विश्वभर यसको महत्व र महिमा पुर्याउन नगरपालिका लागिरहेको छ, चाँगुनारायणमा आन्तरिक तथा बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्दै विश्वभर प्रचार गर्ने अभियान जारी छ ।”

चाँगुनारायण नगरपालिकाले सहज दर्शन र पूजा गर्ने व्यवस्था गर्न मन्दिरमा स्वयंसेवक एवं स्काउट, नगर प्रहरी र प्रहरी परिचालन गरिएको छ । उहाँले मन्दिरमा लाइन व्यवस्थापन गर्न डोरी लागेर मिलाइएको र लाइन बसेका भक्तजनलाई सहज एवं छिटो दर्शन गर्ने व्यवस्था गरिएको बताउँदै बिहान ४ः०० बजेदेखि नै नगरपालिकाको टोली मन्दिरको मेला व्यवस्थापनमा खटिएको बताउनुभयो ।

आजका दिनमा चार नारायणको दर्शन गरेमा पूण्य प्राप्त हुने र चिताएको फल प्राप्त हुने जनविश्वास रहेकाले भक्तजनले भक्तपुरको चाँगुनारायण, काठमाडौँको शेषनारायण, इचङ्गकुनारायण र ललितपुरको विशङ्खुनारायणको दर्शन गर्ने परम्परा रहेको छ । हरिशयनी एकादशीका दिन घरघरमा रोपेको तुलसीको मठलाई सिँगारेर पूजा गरी माला लगाई तुलसीको दामोदरसँग विवाह गराउने परम्परा रहेको छ । आजको दिनमा ब्रत बस्ने र चामलको परिकार खान नहुने परम्पराअनुसार पिँडालु र सख्खरखण्डको परिकार खाने चलन छ ।

  • काठमाडौँ
  • भक्तपुर
  • ललितपुर
  • प्रतिक्रिया दिनुहोस
    मनोरञ्जन सम्बन्धि थप
  • Post Thumbnail

    हरिबोधिनी एकादशीः देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

  • आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

    आस्था र परम्पराको सङ्गम लड्केश्वर मेला

  • Post Thumbnail

    थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

  • Post Thumbnail

    झापामा एकचालिस वर्षपछि ऐतिहासिक कोटी हवन महायज्ञ

  • प्रत्यूष ई-पेपर थप

    २०८३ मंसिर २ गते बुधबार

    २०८३ मंसिर २ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

    चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो

    Post Thumbnail

    नेपाल–नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल

    Post Thumbnail

    मन्त्रिपरिषद् बैठक बस्दै

    हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

    हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution