Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ मंसिर १, मंगलबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

झण्डा पार्क बनाउन देउसीभैलोबाट पाँच लाख सङ्कलन

स्थानीय बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माण गरिने राष्ट्रिय झण्डासहितको पार्क निर्माण गर्न देउसीभैलो अभियानबाट रु पाँच लाख भन्दा बढी रकम सङ्कलन भएको छ ।
रासस ७२६ पटक पढिएको प्रकाशित मिति: २०८३ मंसिर १, मंगलबार (१६ मिनेट अघि)
Post Thumbnail

दमौली (तनहुँ), १ मङ्सिर : स्थानीय बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माण गरिने राष्ट्रिय झण्डासहितको पार्क निर्माण गर्न देउसीभैलो अभियानबाट रु पाँच लाख भन्दा बढी रकम सङ्कलन भएको छ ।

झण्डा पार्क निर्माण समितिले बन्दीपुर, डुम्रे र दमौली बजारमा सञ्चालन गरेको देउसीभैलोबाट रु पाँच लाख १३ हजार सङ्कलन भएको पार्क निर्माण समितिका योजनाकार टीकाराम गिरीले जाकारी दिनुभयो ।

उहाँकाअनुसार बन्दीपुरमा रु ८९ हजार, डुम्रे बजारमा दुई लाख ६१ हजार र दमौलीमा रु एक लाख ६३ हजार सङ्कलन भएको छ । जिल्लाका अन्य ठाउँमा समेत पुगेर झण्डा प्रदर्शन र यसको प्रचारप्रसार गरिने उहाँले बताउनुभयो ।

बन्दीपुर–१ तल्लोटारमा निर्माण भइरहेको पार्कमा ठूलो आकारको राष्ट्रिय झण्डा राख्ने योजना छ । पार्कमा ६७ फिट अग्लो झण्डाको स्तम्भ निर्माण गरी ४५ फिट लम्बाइ र ३० फिट चौडाइको राष्ट्रिय झण्डा राखिनेछ । राष्ट्रिय गौरव र पहिचानसँग जोडिएको यस योजनालाई स्थानीयवासीले सामूहिक अभियानका रूपमा अघि बढाएका छन् ।

पार्क निर्माणका क्रममा हालसम्म रु १५ लाखभन्दा बढीको काम श्रमदानबाट सम्पन्न भइसकेको समितिका संयोजक शेरबहादुर रानाले जानकारी दिनुभयो । आर्थिक स्रोतको अभावका बाबजुद स्थानीयको उत्साह र सहयोगले पार्क निर्माणलाई अघि बढाइएको उहाँले स्पष्ट पार्नुभयो । पार्क निर्माणका लागि रु तीन करोड आवश्यक पर्ने अनुमान गरिएको छ ।

पृथ्वीराजमार्ग नजिकै पार्क निर्माण भइरहेको हुँदा यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थप योगदान पुग्ने अपेक्षा गरिएको छ । पोखरा र काठमाडौँ आवतजावत गर्ने यात्रु तथा पर्यटकले सहजै अवलोकन गर्न सक्ने स्थानमा पार्क बन्ने भएकाले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

पार्क निर्माणपछि स्थानीय बासिन्दासँगै बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका उक्त स्थान आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

  • काठमाडौँ
  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • आलेख : हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

    आलेख : हिमाल र जैविक विविधताको अनुपम गन्तव्य मर्दी पदमार्ग

  • तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

    तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

  • नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

    नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

  • Post Thumbnail

    नेपालको सार्वभौम क्रेडिट रेटिङ अङ्क बढेर ३.६६ पुग्यो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक ३० गते सोमबार

    २०८३ कात्तिक ३० गते सोमबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र

    नेपाल ग्लोबल फिल्म फेस्टिभल २०२७ को तयारी तीव्र

    Post Thumbnail

    झण्डा पार्क बनाउन देउसीभैलोबाट पाँच लाख सङ्कलन

    पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गछौँः अध्यक्ष ओली

    पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गछौँः अध्यक्ष ओली

    जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

    जलवायु परिवर्तनमा न्यून योगदान गरेका मुलुक र समुदाय मारमा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution