Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक ३०, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सुन्दरहरैँचा

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान छठ सम्पन्न भएको छ

आस्था, श्रद्धा र भक्ति भावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान सम्पन्न भएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक ३०, सोमबार (२९ मिनेट अघि)
उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान छठ सम्पन्न भएको छ

सुन्दरहरैँचा, ३० कार्तिकः आस्था, श्रद्धा र भक्ति भावका साथ मनाइने सूर्य उपासनाको महापर्व छठ उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान सम्पन्न भएको छ ।

छठ पर्वको अन्तिम दिन आज बिहान मोरङको सुन्दरहरैँचासहित तराईका विभिन्न स्थानमा रहेका नदी, पोखरी तथा जलाशयमा निर्माण गरिएका छठ घाटमा व्रतालु तथा भक्तजनले उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजा–आराधना गरेका छन् ।

मोरङको सुन्दरहरैँचाका विभिन्न स्थानमा निर्माण गरिएका छठ घाटमा बिहानैदेखि व्रतालु तथा भक्तजनको उल्लेख्य भीड लागेको थियो ।

बुढीखोला, गछिया खोला, गोठगाउँको मध्याली खोला, सलकपुरस्थित भुल्के जलाधार, विराटचोकस्थित कालीखोला तथा किस्ती खोलालगायतका स्थानमा छठ पर्व उल्लासपूर्ण वातावरणमा मनाइएको छ ।

मकपानपुरः जिल्लामा यस वर्ष ६५ हजारभन्दा बढी भक्तजन सहभागी भई छठ मनाएका छन् ।

हेटौँडाको राप्ती तटमा आयोजित छठ विशेष पूजा समारोहमा राप्ती नदी किनाराको दायाँतर्फ निर्माण गरिएको पूजास्थलमा ६५ हजार व्रतालुले छठ पूजा गरेको पूजा प्रबन्ध समिति, हेटौँडाका संयोजक रवि गुप्ताले जानकारी दिनुुभयो ।

छठलाई लक्षित गरी सात फिटको पण्डालसहित भक्तजनका करिब ६० हजार भक्तजन सहभागी हुनसक्ने गरी पूजास्थल तथा विभिन्न संरचना निर्माण गरिएकोमा उक्त स्थल खचाखच भरिएको थियो ।

भक्तपुरः कमल पोखरीदेखि गोदावरी खोलासम्म रातभर जाग्राम बसी बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न भएको छ ।

आइतबार कमलपोखरीदेखि गोदावरी खोलासम्ममा साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर रातभर जाग्राम बसी आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गरिएको भक्तपुरको बालकोटस्थित गोदावरी खोला छठ व्यवस्थापक दशरथ ठाकुरले बताउनुभयो ।

कपिलवस्तुः जिल्ला सदरमुकाम तौलिहवा, कृष्णनगर, पकडी, लबनी लगायत कपिलबस्तुको ७९ स्थानमा मैथली, अवधी र पहाडी समुदायका महिलाले आइतबार साँझको अस्ताउँदो सूर्य र सोमबार बिहानको उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाएका छन् ।

गत वर्षको तुलनामा कपिलवस्तुको सदरमुकाम तौलिहवा लगायतका क्षेत्रमा छठ मनाउने महिलाको सङ्ख्या उल्लेख्य बढेको छ । यहाँका जमुवार, रामघाट, कृष्णनगर, बहादुरगञ्ज, पकडी, लबनी लगायतका नदी तटीय क्षेत्रमा जम्मा भएका महिला तथा पुरुषले छठ मनाउंँदै रातभर जाग्रम बसी भजन कीर्तन गरेका थिए ।

सप्तरीः सप्तरीमा छठ पूजाको चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर चारदिने छठ पूजा सम्पन्न भएको छ ।

व्रतालुले छठ पूजा गर्ने स्थान पोखरी तलाउ, नदी वा जलाशयमा झिसमिसे उज्यालोमा स्नानगरि नरिवलमाथि दियो बालेर पानीमा उभिने र सूर्य उदाएपछि चढाउन राखिएको एकएक पूजाको सामग्री सूर्यलाई देखाउँदै परिवारका सदस्य, आफन्त तथा इष्टमित्रले दुधले अर्घ्य दिएर छठ पूजा सम्पन्न भएको छ ।

पर्साः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज बिहान वीरगञ्जका विभिन्न छठघाटमा पुगेर छठीमाईको पूजाआजा गर्नुभएको छ ।

छठ पर्वको अवसरमा वीरगञ्ज आउनुभएका थापाले बिहानै पत्नी अञ्जना केसीका साथ वीरगञ्ज–१० स्थित छठघाट पुगेर पूजापाठ, दर्शन र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नुभएको हो ।

त्यसैगरी, उहाँ नगवा प्रहरी चौकीनजिकको छठघाट र उपकैयाँ छठघाट पुगेर छठीमाईको दर्शन तथा पूजाआजा गर्नुका साथै शुभकामनासमेत आदानप्रदान गर्नुभएको छ ।

महोत्तरीः यस वर्ष जिल्लाको बर्दिबास बजार क्षेत्रमात्र नभएर यसै क्षेत्रका हाथीलेट, बिजलपुरा, मेघरोल, प्रेमनगर, पशुपतिनगर, किसाननगर र मनहरिपुरसहितका बस्तीका घरआँगनमा छठघाट बनाएर भक्तजनहरुले छठ मनाएका छन् ।

त्यसैगरी गौशाला र भङ्गाहा नगरपालिकाका विभिन्न बस्तीका घरआँगनमै छठघाट बनाएर धेरैले पर्व मनाएका छन् ।

  • कपिलवस्तु
  • भक्तपुर
  • महोत्तरी
  • मोरङ
  • सप्तरी
  • सुन्दरहरैँचा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो

  • लामिछाने दम्पतीद्वारा गङ्गासागर छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य

    लामिछाने दम्पतीद्वारा गङ्गासागर छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य

  • Post Thumbnail

    नवलपुरमा सवारीसाधन दुर्घटना हुँदा २५ जना घाइते

  • कार्तिक शुक्ल सप्तमीः उदाउँदो सूर्यलाई अघ्र्य दिई चारदिने छठ समापन

    कार्तिक शुक्ल सप्तमीः उदाउँदो सूर्यलाई अघ्र्य दिई चारदिने छठ समापन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

    Post Thumbnail

    सङ्घीयता सुदृढीकरणका लागि राष्ट्रिय बहस आवश्यकः सभापति लामिछाने

    उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान छठ सम्पन्न भएको छ

    उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेसँगै सोमबार बिहान छठ सम्पन्न भएको छ

    Post Thumbnail

    छठघाट कुरेर बसेका ६० वर्षीय यादव मृत

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution