
सुनसरी, २८ कात्तिक: डी-१९ क्लब धरान उपमहानगरपालिका-१९ को आयोजनामा हुने ‘प्रथम धरान महिला अन्तरराष्ट्रिय गोल्डकप-२०८३’ धरान रङ्गशालामा आज साँझ ६:०० बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुँदैछ ।
धरानमा पहिलो पटक आयोजना हुन लागेको रात्रिकालीन महिला अन्तरराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ क्लब र भारतको आक्वा फुटबल क्लब राँचीबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा भारतसहित आठ टोली सहभागी छन् । जसमा एपिएफ क्लब, नेपाली आर्मी, नेपाल पुलिस क्लब, बागमती फुटबल क्लब, उदयपुर फुटबल क्लब, भारतको आक्वा फुटबल क्लब राँची झारखण्ड, काँकडभिट्टा महिला फुटबल क्लब र आयोजक स्वर्णिम फुटबल क्लब धरान रहेको क्लबका अध्यक्ष तथा प्रतियोगिता संयोजक सन्तोष राईले जानकारी दिनुभयो ।
उहाँका अनुासर प्रतियोगिताका सबै खेल रात्रिकालीन रूपमा सञ्चालन गर्न धरान रङ्गशालामा अस्थायी फ्लडलाइट जडान गरिएको छ । प्रतियोगिताको विजेताले रु पाँच लाखसहित ट्रफी र उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई रु १० हजार प्रदान गरिनेछ ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई विद्युतीय स्कुटर प्रदान गरिनेछ भने व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई जनही रु १५ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष राईले धरानमा यसअघि अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप आयोजना हुँदै आए पनि महिला अन्तरराष्ट्रिय गोल्डकप प्रतियोगिता रात्रिकालीन रूपमा पहिलो पटक आयोजना गर्न लागिएको बताउनुभयो । यसअघि धरानमा गोधूली कप फुटबल प्रतियोगिता एक पटक रात्रिकालीन रूपमा सञ्चालन गरिएको थियो ।


प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |