Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २९, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रसुवा

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।
रासस ७०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (१८ घण्टा अघि)
Post Thumbnail

रसुवा, २८ कात्तिक: रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ बोकेझुण्डास्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘सीता गुफा’ अर्थात् ‘साङतोरमो’ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

सदरमुकाम धुञ्चेबाट पाँच किलोमिटरको दूरीमा रहेको पासाङल्हामु राजमार्गभन्दा करिब ३० मिटर तल पुरानो मूल बाटोमा अवस्थित उक्त गुफा सम्बन्धित निकायको चासो नपुग्दा झाडीले ढाकिएर खण्डहर बन्न थालेको हो ।

पासाङल्हामु राजमार्ग निर्माण हुनुअघि यही पुरानो गोरेटो बाटो भएर मानिसहरू आवतजावत गर्दथे । हाल उक्त बाटोमा मानिसको हिँड्डुल बन्द भए पनि पुरानो बाटोका डोबहरू अझै बाँकी रहेका स्थानीय बताउँछन् ।

स्थानीय शिक्षक रामग्याल्बो घलेका अनुसार परापूर्वकालमा भोट (तिब्बत) बाट नुन साट्न बेँसी झर्ने मुख्य मार्ग यही थियो । “मैले थाहा पाउँदासम्म यही बाटो धेरै पटक हिँडेको छु । तत्कालीन राजा वीरेन्द्र पनि यही बाटो भएर हिँड्नुभएको थियो”, घलेले भन्नुभयो, “राजमार्ग बनेपछि पुरानो बाटो सुनसान भयो र गुफा पनि ओझेलमा पर्‍यो ।”

तामाङ भाषामा ‘साङतोरमो’ भनिने यस गुफाको नामाकरण बौद्ध भिक्ष्ॉणी (आनी)सँग जोडिएको छ । स्थानीय जानकार घलेका अनुसार यो गुफा रामायणकी सीतासँग नभई बौद्ध (लामा) धर्मग्रन्थको अनुशरण गर्दै शान्तिको खोजीमा तपस्या गर्न आएकी आनी सीतासँग सम्बन्धित छ ।

“परापूर्वकालमा गुरु रिम्पोछेका चेलीहरू डोल्मा, सोनाम र सीता गरी तीन जना भिक्ष्ॉणीले यस गुफामा बसेर ध्यान तथा तपस्या गरेको किंवदन्ती छ । ध्यानपछि गुफाको सिरानमा बसेर घाम ताप्ने र दर्शन गर्न आउने भक्तजनलाई आशीर्वाद दिने गरिन्थ्यो भन्ने यहाँका ज्येष्ठ नाथरिक बताउँछन्”, उहाँले भन्नुभयो ।

गुफाभित्र ढलान गरेजस्तो चिल्लो ढुङ्गाको भित्तामा लामा लिपिमा लेखिएका अक्षरहरू अझै देख्न सकिन्ने घलेले जानकारी दिनुभयो । उहाँका अनुसार गुफा वरपर तत्कालीन समयमा भिक्षुणीहरूले प्रयोग गरेका ढिकी, हलो, ओदान, मान्द्रोलगायत सामग्रीहरू अझै सुरक्षित छन् ।

तामाङ समुदायको बसोबास रहेको बोकेझुण्डाको नामाकरणसँग राणाकालीन इतिहास जोडिएको छ । जङ्गबहादुर राणाको पालामा गोसाइँकुण्ड जाने क्रममा उनका सेनाले बाटोमा भेटिएको बाघलाई मारेर त्यहाँको करिब ५०० वर्ष पुरानो चाँपको रुखमा झुण्ड्याएका थिए । सुरुमा ‘बाघझुण्डा’ भनिए पनि पछि बोलिचालीको भाषामा अपभ्रंश हुँदै ‘बोकेझुण्डा’ रहन गएको स्थानीय बताउँछन् ।

उक्त ऐतिहासिक चाँपको रुख गत असार ६ गते आफैँ ढलेको घलेले जानकारी दिनुभयो । सोही स्थानमा काठमाडौँको हनुमानढोकाबाट १९ कोषको दूरीमा रहेको व्यहोरा उल्लेखित शिलालेख अझै जीवन्त छ । काठमाडौँबाट ११३ किलोमिटरको दूरीमा रहेको यस क्षेत्रमा २०७२ सालको भूकम्पले पुराना शैलीका घरहरू भत्काएपछि स्थानीय बासिन्दा राजमार्ग छेउछाउ बसाइँ सरेका छन् ।

स्थानीय सरकार गठन भएपछि गाउँको मौलिक संस्कृति, कृषि र ऐतिहासिक सम्पदाको संरक्षण हुने अपेक्षा गरिए पनि कसैले चासो नदिएको स्थानीय माछा पालक कृषक ल्वाङ ग्याल्बो घलेको गुनासो छ । “गाउँ-गाउँमा सिंहदरबार आयो भनिन्छ, तर यस्ता ऐतिहासिक धरोहरको संरक्षणमा कसैको ध्यान गएको छैन”, उहाँले भन्नुभयो ।

सरकारी निकायले बवास्ता गरेपछि स्थानीय शिक्षक राम घलेको नेतृत्वमा सात जना युवाको समूहले गुफाको सरसफाइ गर्ने, झाडी फाँड्ने र यसको महत्वलाई प्रचारप्रसार गरी भावी पुस्तासम्म जोगाइराख्ने योजना बनाएका छन् । धार्मिक आस्थाको केन्द्र छङगमदेवीभन्दा करिब डेढ किलोमिटर तल रहेको यस गुफालाई संरक्षण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सकिने स्थानीयको विश्वास छ ।

  • काठमाडौँ
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति

    नेपालका २५ लाख हेक्टर वनमा कार्बन कार्यक्रम विकास गरिने सहमति

  • जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता

    जलवायु वार्तामा आदिवासीका मुद्दा प्राथमिकताका साथ उठाउने मन्त्री चौधरीको प्रतिबद्धता

  • Post Thumbnail

    जङ्गली हात्ती आतङ्कः नयाँ सौर्य तारबार र ट्याक्टर परिचालन गर्न स्थानीयको माग

  • किसानलाई धान भित्र्याउने चटारो

    किसानलाई धान भित्र्याउने चटारो

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    छठले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बलियो बनाउने

    Post Thumbnail

    ‘छठ पर्वले सामाजिक सद्भाव र एकताको सन्देश दिन्छ’

    खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

    खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक

    Post Thumbnail

    आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution