Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २७, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
नवलपुर

नारायणी नदी किनारमा छठ पर्वको तयारी

नारायणी नदीको किनारमा छठपर्वको तयारी सुरु गरिएको छ । श्रद्धा र भक्तिका साथ मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत् सुरु भएसँगै नदी किनारमा छठको तयारी सुरु गरिएको हो ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २८, शनिबार (१ घण्टा अघि)
Post Thumbnail

नवलपुर (नवलपरासी), २८ कात्तिकः नारायणी नदीको किनारमा छठपर्वको तयारी सुरु गरिएको छ । श्रद्धा र भक्तिका साथ मनाइने छठ पर्व शुक्रबारदेखि विधिवत् सुरु भएसँगै नदी किनारमा छठको तयारी सुरु गरिएको हो ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठ कात्तिक शुक्ल चौथीको दिनदेखि सुरु भएको तराई सामुदायिक सेवा समितिका उपाध्यक्ष नारदप्रसाद परिहस्तले बताउनुभयो । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिनलाई नहाए खाएके दिन पनि भन्ने गरिन्छ । छठ पर्वको पहिलो दिन शुक्रबार छठको व्रत गर्नेले खोला, नाला, नदी, पोखरी, तलाउलगायतका जलाशयमा नुहाइधुवाई गरेर शुद्ध भई लसुन र प्याज बेगरको चोखो साकाहारी खाना खाएर बस्ने उहाँले बताउनुभयो ।

छठको दोस्रो दिन अर्थात पञ्चमी तिथिको दिनलाई (खरना) भनिन्छ । खरनाका दिन शनिबारदेखि नै व्रतालुले निराहार व्रत सुरु गर्ने भन्दै उहाँले छठको तेस्रो दिन अर्थात षष्ठी तिथीलाई छठको मुख्य दिन मानिने बताउनुभयो । छठको मुख्य दिन सन्ध्या घाट आइतबार परेको भन्दै उहाँले ब्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिने बताउनुभयो ।

षष्ठीको दिन व्रतालु महिलाले नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर साँझ पख अस्ताउँदो सूर्यलाई र भोलिपल्ट सप्तमी तिथीका दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरेपछि छठ पर्व विधिवत रूपमा समापन हुने परिहस्तको भनाइ छ ।

शुक्रबारदेखि विधिवत छठ पर्व सुरु भएपनि छठको मुख्य दिन षष्ठी तिथी आइतबार परेकाले यहाँको नारायणी नदी किनारलाई व्यवस्थित स्नानघाट बनाउने तयारीमा समिति जुटेको उहाँले बताउनुभयो । छठ पर्व मनाउनेका लागि पोखरीको डिल र नदीको किनारको सरसफाइ गर्दै पूजास्थललाई सुरक्षित र उज्यालो बनाउने तयारी गरिएको उहाँको भनाइ छ ।

तराई सामुदायिक सेवा समितिका अध्यक्ष जयकिशोर पाण्डेले नारायणी नदी किनारको छठघाटलाई व्यवस्थापन गर्ने, सरसफाइ गर्ने, सजावट गर्ने र पण्डाल लगाएर सुरक्षित पार्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । नारायणी नदी किनारको छठघाटलाई आकर्षक टेण्टपण्डाल र झिलिमिली बत्तीले सजाउने काम भइरहेको उहाँको भनाइ छ ।

छठ पूजा अहिले तराईको मात्र चाड नभइ यो चाड पहाडी तथा अन्य समुदायले समेत मनाउने थालेका उहाँले बताउनुभयो । छठी घाट व्यवस्थापनका लागि विभिन्न व्यक्तिले चन्दा तथा सहयोग उपलब्ध गराउँदै आएका पाण्डेको भनाइ छ ।

छठ पर्वका कारण बजारमा छठ पूजाका लागि चाहिने बाँसका नाङ्गलो, डालो, सुपली, टोकरी, माटोको कलश, दियो, पुजन सामग्री र प्रसादमा प्रयोग हुने उखु, फलफूल, मिठाइ, हरियो तरकारी, गहुँको पिठो, चिनी, तेल, नयाँ लत्ताकपडालगायतका सामान किन्नेको शुक्रबारदेखि नै भीडभाड बढेको छ ।

  • नवलपरासी
  • नवलपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

  • Post Thumbnail

    जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

  • Post Thumbnail

    खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

  • Post Thumbnail

    जलवायु वित्त तीन गुणा बढाउन अतिकम विकसित राष्ट्रको माग

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

    Post Thumbnail

    नारायणी नदी किनारमा छठ पर्वको तयारी

    Post Thumbnail

    जलवायु कूटनीतिमा नेपालको तयारी थप सुदृढ बनाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

    Post Thumbnail

    खिम्ती–ठोसे–शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution