
ललितपुर, २७ कात्तिकः याक्थुङ (लिम्बू) जातिको धार्मिक तथा सांस्कृतिक ग्रन्थ मुन्धुममा प्रयोग हुने विशिष्ट शब्द समेटिएको ‘याक्थुङ साम्जिक मुन्धुम शब्दकोश’ सार्वजनिक भएको छ ।
डिबी आङ्बुङ र विष्णुदत्त आङ्बुहाङद्वारा सङ्कलित तथा लिखित उक्त शब्दकोश मुन्धुम एकाडेमीले प्रकाशन गरेको हो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँलाले आज ललितपुरमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गर्नुभयो ।
लिम्बू, नेपाली र अङ्ग्रजी भाषामा तयार गरिएको ४२० पृष्ठको शब्दकोशमा एक हजार ५०० भन्दा बढी शब्द समेटिएका छन् । पुस्तकमा सिरिजङ्गा, देवनागरी र रोमन लिपि प्रयोग गरिएको लेखक विष्णुदत्त आङ्बुहाङले जानकारी दिनुभयो ।
मुन्धुम वाचन तथा कर्मकाण्डीय परम्परामा प्रयोग हुने विशिष्ट शब्दहरूको अर्थ र सन्दर्भ स्पष्ट पार्न शब्दकोश तयार गरिएको लेखकद्वयले बताएका छन् । याक्थुङ भाषा, साहित्य र मौलिक ज्ञान प्रणालीको अध्ययन तथा संरक्षणमा यसले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
पुस्तकको मूल्य रु दुई हजार रहेको छ ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |