Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २६, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली ९तनहुँ०

दमौली खेलमैदान स्तरोन्नति गरिँदै

ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ ।
रासस ७५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २६, बिहिबार (२ घण्टा अघि)
दमौली खेलमैदान स्तरोन्नति गरिँदै

दमौली ९तनहुँ०, २६ कात्तिक : ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न नसक्दा सेभेन ए साइड फुटबलमा सीमित हुँदै आएको तनहुँको दमौली खेलमैदान स्तरोन्नति हुने भएको छ । व्यास नगरपालिका–३ बिपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित बनाउन सङ्घीय सरकारबाट रु दुई करोड बजेट विनियोजन भएपछि स्तरोन्नतिको प्रक्रिया अघि बढेको हो ।

खेलमैदानको स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको छ । विनियोजित बजेटबाट मैदान व्यवस्थित गर्नुका साथै खेलाडीका लागि कपडा फेर्ने कक्ष र शौचालय निर्माण गरिनेछ ।

नगर खेलकुद समितिका अध्यक्ष एवं व्यास नगरपालिका–६ का वडाध्यक्ष जीवन गुरुङले खेलमैदान स्तरोन्नतिका लागि सङ्घीय सरकारबाट प्राप्त बजेट कार्यान्वयन प्रक्रिया अघि बढिसकेको बताउनुभयो । नगरपालिकाको बजेटबाट यसअघि नै खेलमैदानमा ‘प्यारापिट’ निर्माण गरिसकिएको छ । प्यारापिट निर्माणपछि अब मैदानको अवस्था सुधार गर्दै खेलकुद प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधार थप्ने तयारी गरिएको गुरुङले जानकारी दिनुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलमैदान रहेको जग्गा जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको र खेलमैदानलाई व्यवस्थित बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो । आवश्यक पूर्वाधार थपिएपछि खेलमैदानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सहज हुने उहाँको भनाइ छ ।

दमौली खेलमैदानमा आवश्यक पूर्वाधारको अभाव हुँदा ठूला खेलकुद प्रतियोगिता आयोजना गर्न कठिनाइ हुँदै आएको छ । हाल यहाँ मुख्यतः सेभेन ए साइड फुटबल प्रतियोगिता मात्रै सञ्चालन हुने गरेको छ । खेलमैदानको अवस्था सुधार गरी आवश्यक संरचना निर्माण गर्न सके जिल्लास्तरीय तथा ठूला प्रतियोगिता आयोजना गर्ने सम्भावना बढ्नेछ । यसबाट स्थानीय खेलाडीलाई अभ्यास र प्रतिस्पर्धाका अवसर उपलब्ध गराउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको खेलकुद समितिका अध्यक्ष गुरुङले बताउनुभयो ।

आधुनिक सुविधासहितको खेलमैदान निर्माणले व्यास नगरपालिकाको समग्र खेलकुद क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्नेछ । यसले स्थानीय तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरू आयोजना गर्न सहयोग पुग्ने विश्वास गरिएको दमौलीका युवा भुवन गोशलीले बताउनुभयो । वर्षौंदेखि युवाहरूको सपनाका रूपमा रहेको फुटबल मैदान निर्माणका लागि बजेट सुनिश्चित भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “खेलमैदानका लागि बजेट विनियोजन भएपछि खेलप्रेमी युवामा नयाँ उत्साह थपिएको छ । खेलकुद पूर्वाधारको विकासले युवाहरुलाई सकारात्मक बाटोमा अग्रसर गराउनाका साथै दमौलीलाई खेलकुदको केन्द्रका रुपमा स्थापित गर्न सहयोग पुग्नेछ ।” –––

(((

  • तनहुँ
  • दमौली ९तनहुँ०
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • श्रमदान गरेर सडक मर्मत

    श्रमदान गरेर सडक मर्मत

  • बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

    बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

  • Post Thumbnail

    पोखरामा विद्युतीय तार भूमिगत गर्ने काम ८२ प्रतिशत सम्पन्न

  • ‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

    ‘जलवायु सङ्कटले विश्वको तयारी र प्रतिकार्य क्षमतालाई उछिन्दै’

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    मकवानपुरमा इभी गाडी दुर्घटनाः दशको मृत्यु, पाँच जना घाइते

    Post Thumbnail

    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

    Post Thumbnail

    बाहुनडाँगीमा जङ्गली हात्तीको त्रासः सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

    संरक्षणको अभावमा कान्तिताल

    संरक्षणको अभावमा कान्तिताल

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution