Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
म्याग्दी

म्याग्दीमा ‘आगोदेउ’ पर्वको उल्लास

म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडामा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

म्याग्दी, २३ कात्तिकः म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ नम्बर वडामा पर्ने बरङ्जाका मगर समुदायमा आगोदेउ पर्वको रौनक छाएको छ ।

बरङ्जामा बसोबास गर्ने नौ थरका ५४ कुरिया मगरले हरेक वर्षको कुकुर तिहारदेखि तीन दिन आगोदेउ पर्व मनाउने गर्छन् । खेतीबाली राम्रो उब्जनी होस् र आगजनीजन्य विपद् नहोस् भन्ने कामनासहित प्रकृतिको पूजा गरेर यो पर्व मनाउने प्रचलन रहेको मङ्गला गाउँपालिका–४ का वडाध्यक्ष लालबहादुर रोकाले जानकारी दिनुभयो ।

“धार्मिक विधिअनुसार पूजाआजा गरी कुकुर तिहारको दिन सुरु हुने सो पर्वमा प्रकृतिको पूजा हुने गर्छ”, उहाँले भन्नुभयो, “परापूर्वकालदेखि नै उक्त पर्व मनाउने चलनलाई निरन्तरता दिएका छौँ ।”

खेतीबाली उब्जनी हुन छाडेको बरञ्जाको खेतबारीमा देवी देवताको पूजाआजा गरेपछि पुनःउत्पादन हुन थालेपछि आगोदेउ पर्व मनाउने चलन सुरु भएको जानकारको भनाइ छ । आगोका कारण कुनै दुर्घटना, विपद् नहोस् भन्ने कामना गर्न यो पर्व मनाइने उहाँले बताउनुभयो ।

बरङ्जाको शिलाथुरस्थित थानमा मगर झाँक्रीले पूजाआजा गरेपछि पर्व सुरुआत भएको मानिन्छ । दोस्रो दिन साँझ सो ठाउँमा भेडाको साँढलाई पूजागरी बलि चढाइन्छ ।

यसैगरी, आगो बाल्ने र मार्ने गरिन्छ । तेस्रो दिन कमेरोले रङ्ग्याएको ढुङ्गालाई काट्ने र पूजाआजा गरेपछि पर्व सकिएको मानिन्छ ।

बरङजामा बसोबास गर्ने पुन, घर्ती, रोका, राम्जाली रोका, बझाङ्गे रोका, गाउँथोके घर्ती र बूढाथोकी थरका मगरले आगोदेउ पर्व मनाउँछन् ।

कात्तिकमा आगोदेउ र जेठमा धुले मेला बरङ्जाका मगरले धुमधामसँग मनाउने गर्छन् । जेठ महिनाको दोस्रो अथवा तेस्रो हप्ताको मङ्गलबारदेखि तीन दिनसम्म मनाइने धुले पर्वपछि थर्पु गाउँमा परम्परागत मेला लाग्ने गर्छ । हिउँदभरी खेतबारी सुकेर धुलैधुलो हुने र पानी परेपछि खेती गर्न योग्य हुनेहुनाले त्यसको खुसीयालीमा धुले पर्व मनाउने गरिन्छ ।

  • बझाङ
  • म्याग्दी
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    खुल्यो पोखरा–बागलुङ सडक

  • Post Thumbnail

    गाई संरक्षणका लागि सहयोग जुट्दै

  • चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन ट्राफिक प्रहरी प्रमुख काफ्लेको निर्देशन

    चाडपर्वमा ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन ट्राफिक प्रहरी प्रमुख काफ्लेको निर्देशन

  • सुँडीखोला पुल उद्घाटन

    सुँडीखोला पुल उद्घाटन

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    खुल्यो पोखरा–बागलुङ सडक

    Post Thumbnail

    पत्रकार विष्टलाई मातृशोक

    Post Thumbnail

    गाई संरक्षणका लागि सहयोग जुट्दै

    Post Thumbnail

    देउसी–भैलोलाई अनुशासित रुपमा सञ्चालन गर्न निर्देशन

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution