Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, सोमबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
टर्किए

कोप–३१ को उद्घाटनकै दिन नेपालका महत्वपूर्ण कार्यक्रम

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आजदेखि सुरु हुँदैछ ।
रासस ८२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, सोमबार (१ घण्टा अघि)
Post Thumbnail

टर्किए, २३ कात्तिकः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रको ३१औँ सम्मेलन (कोप–३१) आजदेखि सुरु हुँदैछ ।

टर्किएको अन्ताल्यामा आगामी मङ्सिर ४ गतेसम्म हुने यस सम्मेलनको उद्घाटनको दिन आज नेपालको तर्फबाट विभिन्न महत्वपूर्ण कार्यक्रम हुने युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।

सम्मेलनमा स्थानीय समयानुसार विहान १०ः०० बजेदेखि १०ः३० सम्म क्लिन इनर्जी नेपालको ‘नेपालको जलवायु आवाज—सगरमाथादेखि समुद्रसम्म जलवायु वित्त र कार्यान्वयनको विस्तार’ कार्यक्रम तय भएको छ । कार्यक्रमको मुख्य विषयवस्तुः सगरमाथादेखि समुद्रसम्म जलवायु परिवर्तनले पारेका प्रभावलाई सम्बोधन गर्न जलवायु वित्त बढाउने र जलवायु कार्यलाई प्रभावकारी बनाउने विषयमा नेपालको आवाज अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नु रहेको छ ।

त्यस्तै आजै दिउँसो १२ः३० देखि १ः०० बजेसम्म नेपाल सरकारको आयोजनामा ‘नेपाल ः हिमालदेखि समुद्रसम्म—तत्काल जलवायु कदम चाल्न र जलवायु वित्त बढाउन आह्वान’ कार्यक्रम समेत तय भएको छ । जलवायु परिवर्तनका कारण हिमाली तथा तटीय क्षेत्रमा परेको असर सम्बोधन गर्न तत्काल प्रभावकारी कदम चाल्न र विकासशील तथा जलवायु जोखिममा रहेका मुलुकका लागि पर्याप्त, सहज र अनुदानमुखी जलवायु वित्त बढाउन अन्तरराष्ट्रिय समुदायलाई आह्वान गर्नु हो ।

यसैगरी ‘नेपाल, जेडओआई, किर्गिस्तान, भुटान र इसिमोडः अनुकूलन वित्तमार्फत पर्वतीय क्षेत्रको उत्थानशीलता सुदृढीकरण’ दिउँसो ३ः०० देखि ४ः३० बजेसम्म हुने अर्काे महत्वपूर्ण कार्यक्रम तय भएको छ । यस कार्यक्रमको मुख्य विषय जलवायु परिवर्तनका कारण जोखिममा परेका पर्वतीय क्षेत्रको संरक्षण तथा उत्थानशीलता अभिवृद्धिका लागि अनुकूलन वित्त परिचालन र विस्तार गर्ने रहेको छ ।

कार्यक्रममा नेपालसहित किर्गिस्तान, भुटान तथा इसिमोडले पर्वतीय क्षेत्रका जलवायु चुनौती र अनुकूलनका लागि आवश्यक वित्तीय सहयोगबारे छलफल गर्नेछन् ।

परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ सम्मेलनमा सहभागी हुन आइतबार नै अन्ताल्यामा आई सक्नुभएको छ । सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले आज सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

उद्घाटनमा सम्बोधन मन्त्री खनालबाट हुने

सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा सहभागी हुनुहुने छ । परराष्ट्रमन्त्री खनाल यही नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम छ ।

यसैगरी कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सम्मेलनको दोस्रो हप्ता नोभेम्बर १५ देखि २० सम्म सम्मेलनको नेतृृत्व गर्नुहुने छ । उहाँले सम्मेलनका क्रममा हुने विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टहरूमा सहभागी भई समकक्षी मन्त्री र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

उहाँले कोप–३१ मा नेपालले जलवायु न्याय, पर्वतीय सवाल, हानी तथा नोक्सानी र जलवायु वित्तलाई प्रमुख प्राथमिकताका रूपमा उठाउने बताउनुभएको छ । मन्त्री चौधरीले सम्मेलनमा नेपालको राष्ट्रिय प्राथमिकता र जलवायु सङ्कटका वास्तविकता अन्तरराष्ट्रिय समुदायसमक्ष सशक्त रूपमा प्रस्तुत गरिने जानकारी दिनुभयो ।

नेपालले यसपटक पर्वतीय राष्ट्रका साझा सवाललाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले नेपाल र भुटानले संयुक्त रूपमा ‘१.५ डिग्री सेल्सियस तापक्रम वृद्धि र पर्वतीय क्षेत्र’ को एजेन्डा अघि सारेको उहाँले बताउनुभयो ।

विश्वव्यापी तापक्रम वृद्धिका कारण हिमाल, हिमनदी, हिमताल तथा हिमाली पारिस्थितिक प्रणालीमा गम्भीर असर परेको उल्लेख गर्दै उहाँले यसको प्रभाव कृषि, जलविद्युत्, खाद्य सुरक्षा, नदी प्रणाली र मानव जीवनसम्म विस्तार भइरहेको बताउनुभयो । पर्वतीय क्षेत्रमा अनुकूलनका लागि पर्याप्त वित्तीय स्रोत, प्रविधि हस्तान्तरण र क्षमता विकास आवश्यक रहेको उहाँको भनाइ छ ।

मन्त्री चौधरीले हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भएपनि जलवायु परिवर्तनका असर असमानुपातिक रूपमा भोग्नुपरेको उल्लेख गर्दै नेपालले जलवायु न्यायको मुद्दालाई प्राथमिकताका साथ उठाउने बताउनुभयो ।

विशेषगरी, भोटेकोशी–रसुवा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको मानवीय, आर्थिक र गैरआर्थिक क्षतिका विषय अन्तरराष्ट्रिय समुदायसमक्ष प्रस्तुत गरिने उहाँले जानकारी दिनुभयो ।

यसपटक नेपालले कोप–३१ मा आफ्नै राष्ट्रिय प्याभिलियन स्थापना गरेको छ । उक्त पेभिलियनबाट ४० भन्दा बढी साइड इभेन्ट आयोजना गर्ने तयारी गरिने तालिका छ । प्याभिलियनलाई नेपालको जलवायु वास्तविकता, स्थानीय समुदायका अनुभव, युवा, महिला, नागरिक समाज, निजी क्षेत्र तथा अन्य सरोकारवालाका आवाज अन्तरराष्ट्रिय समुदायसमक्ष पु¥याउने साझा मञ्चका रूपमा विकास गरिने वन मन्त्रायलले जनाएको छ ।

सम्मेलनकै दौरान नेपाल र कोरिया सरकारबीच कार्बन व्यापारसम्बन्धी द्विपक्षीय समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने कार्यक्रम समेत रहेको उहाँले जानकारी दिनुभयो । त्यसले कार्बन बजारको विकास तथा जलवायु न्यूनीकरणका क्षेत्रमा दुई देशबीच सहकार्यको नयाँ अवसर सिर्जना गर्नेछ ।

कोप–३१ नेपालका लागि जलवायु संकटको वास्तविकता विश्वसामु प्रस्तुत गर्ने, पर्वतीय राष्ट्रका साझा सवाल स्थापित गर्ने, जलवायु न्यायको माग सशक्त बनाउने तथा अन्तर्राष्ट्रिय सहकार्य र सहयोग विस्तार गर्ने महत्वपूर्ण अवसरका लिएको कृषि मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बताउनुभयो ।

यस्तो छ सम्मेलनमा तालिका

कोप–३१ को सम्मेलनमा यस अघि नोभेम्बर २ देखि ८ तारिखसम्म अधिवेशनपूर्वको अवधि भनी तोकी विभिन्न कार्यक्रम सम्पन्न भइसकेको छ । त्यस अवधिमा ‘स्थानीय समुदाय तथा आदिवासी जनजाति मञ्च (एलसिआइपिपी) को सहजीकरण कार्यसमूहको १६औँ बैठक, अतिकम विकसित राष्ट्रहरू (एलडिसिज), अफ्रिकी समूह (एजिएन), साना टापु राष्ट्र (सिआइडिएस) र ‘जी–७७ तथा चीन’का समन्वय बैठकका कार्यक्रमहरु भए ।

त्यसैगरी, नोभेम्बर ९ देखि २० तारिखसम्म अधिवेशन अवधि तोकिएको छ । यस अवधिमा सम्मेलनका मुख्य कार्यक्रम हुने युएनएफसिसिसीको सचिवालयले जनाएको छ । नोभेम्बर ९ मा आज सम्मेलनको उद्घाटन भएपछि विभिन्न कार्यक्रम, बैठक र वार्ता चल्नेछन्।

त्यस्तै, नोभेम्बर ११ र १२ तारिखमा विश्व नेताहरुको शिखर सम्मेलनसँगै विभिन्न कार्यक्रम, बैठक र वार्ता निरन्तर जारी रहने तालिका सार्वजनिक गरेको छ । नोभेम्बर १४ सम्म सम्मेलनका कार्यक्रम निरन्तर रहने र नोभेम्बर १५ तारिख आइतबारको बिदाको दिन सम्मेलन केन्द्र बन्द हुनेछ । सम्मेलनको पहिलो साता समाप्त हुने र नोभेम्बर १६ देखि दोस्रो साता प्रारम्भ हुनेछ ।

सम्मेलनको दोस्रो सातामा विभिन्न वार्ता, सन् २०३० पूर्वको जलवायु महत्वाकांक्षासम्बन्धी वार्षिक उच्चस्तरीय मन्त्रीस्तरीय गोलमेच छलफल, क्षमता अभिवृद्धि केन्द्र, उच्चस्तरीय सत्र, न्यायोचित रूपान्तरणसम्बन्धी उच्चस्तरीय मन्त्रीस्तरीय गोलमेच छलफल, लैङ्गिक समानता दिवससम्बन्धी उच्चस्तरीय कार्यक्रम, विश्वव्यापी जलवायु कार्यसम्बन्धी उच्चस्तरीय कार्यक्रमको आयोजना हुने र नोभेम्बर २० मा सम्मेलनको समापन गरिने तालिका रहेको छ ।

त्यस्तै कोप–३१ सम्मेलनकै दौरान क्योटो प्रोटोकलअन्तर्गत पक्षहरूको बैठकका रूपमा कार्य गर्ने पक्षको सम्मेलनको एक्काइसौँ सत्र (सिएमपी २१), पेरिस सम्झौताअन्तर्गत पक्षहरूको बैठकका रूपमा कार्य गर्नेको सम्मेलनको आठौँ सत्र (सिएमए ८), वैज्ञानिक तथा प्राविधिक सल्लाहका लागि सहायक निकायको पैँसट्ठीऔँ सत्र (एसबिएसटिए ६५) र कार्यान्वयनका लागि सहायक निकायको पैँसट्ठीऔँ सत्र (एसबिआइ ६५) समेत हुनेछन् ।

  • टर्किए
  • पर्वत
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    बसको ठक्करबाट अहिरको मृत्यु

  • Post Thumbnail

    दैलेख बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

  • राष्ट्रपति पौडेलद्वारा गाई पूजा

    राष्ट्रपति पौडेलद्वारा गाई पूजा

  • Post Thumbnail

    चार हजार हेक्टरमा सिँचाइ गर्न ‘दङ्गालीछाप’ आयोजना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    बसको ठक्करबाट अहिरको मृत्यु

    Post Thumbnail

    दैलेख बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

    त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

    त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

    राष्ट्रपति पौडेलद्वारा गाई पूजा

    राष्ट्रपति पौडेलद्वारा गाई पूजा

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution