
तुलसीपुर (दाङ), २३ कात्तिकः देउखुरीस्थित गढवा र राजपुर गाउँपालिकाका कृषियोग्य भूभागमा सतह सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले दङ्गालीछाप सिँचाइ प्रणाली सुरु गरिने भएको छ । त्यसका लागि विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस) को कार्य पूरा भइसकेको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार यस आयोजनाको निर्माण अघि बढेपछि गढवा र राजपुर गाउँपालिका क्षेत्रको चार हजार ४०० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सेवा पु¥याउने लक्ष्य राखिएको छ ।
चालु आर्थिक वर्षमा सामाजिक तथा वातावरणीय अध्ययन पूरा गरी आगामी आर्थिक वर्षदेखि काम सुरु गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । देउखुरीको प्रगन्ना र बड्कापथ सिँचाइ आयोजनामार्फत खेतीयोग्य जमिनमा सिँचाइ सुविधा नपुगेका ठाउँका लागि दङ्गालीछाप सिँचाइ प्रणाली सुरु गर्न लागिएको उहाँले बताउनुभयो ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |