
काठमाडौँ, २२ कात्तिकः नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ । हङकङसँगको आजको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो ।
छ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये चार खेलमा जित हासिल ग¥यो । बाँकी दुई खेल वर्षाका कारण रद्द भएका थिए ।
नेपालले सिरिजको पहिलो खेलमै थाइल्याण्डलाई सात विकेटले हराउँदै सुखद सुरुआत गरेको थियो । त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो । तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले चौथो खेलमा पुनः थाइल्याण्डमाथि ५२ रनको जित निकालेको थियो ।
पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा दुई विकेटको क्षतिमा ८८ रन बनाएको थियो । त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन ।
प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्याण्ड गरी चार टोली सहभागी थिए ।

प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित
नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी
०१०५२११७५,९८५११२०८५०
जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२
जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०
सूचना विभाग दर्ता नम्बर: ५२१०
| अध्यक्ष /संचालक : | श्री दिपा लम्साल - (९८५११२०९४०) |
| प्रधानसम्पादक : | श्री बद्री अधिकारी - (९८५११२०८५०) |
| कार्यकारी सम्पादक : | अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२) |
| कानूनी सल्लाहकार : | ..... |
| बजार ब्यबस्थापक : | ..... |