Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
धनकुटा

ढकमक्क फूलले ढाकियो धनकुटा

धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् ।
रासस २६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (२ घण्टा अघि)
ढकमक्क फूलले ढाकियो धनकुटा

धनकुटा, २२ कात्तिकः धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन् । पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन् । फूल किसान तिहार नजिकिएसँगै फूल टिप्ने, माला बनाउने र बजारसम्म पु¥याउने चटारोमा छन् । तिहार भन्नेबित्तिकै फूल, माला, दियो र देउसीभैलोको चाड हो । घरका झ्यालढोका सजाउनदेखि दाजुभाइको गलामा लगाइदिने भाइटिकाको मालासम्म फूलकै महत्व हुन्छ । यही मागलाई अवसरमा बदल्दै धनकुटाका किसान व्यावसायिक फूल खेती गर्दै आएका छन् ।

छथर जोरपाटी गाउँपालिका–६ मजुवाका किसान खगेन्द्र पौडेलका लागि यतिबेला खेतबारी नै व्यस्तताको केन्द्र बनेको छ । उहाँले सञ्चालन गर्दै आएको श्री पौडेल कृषि फर्ममा १० रोपनी जमिनमा लगाएको सयपत्री फूल अहिले बिक्रिका लागि धमाधम काम भइरहेको छ । तीन महिनाअघि रोपेका बिरुवा अहिले फूलले भरिएका छन् । फूल टिप्ने र ग्राहकको मागअनुसार बजार पठाउने कामले यतिबेला उहाँलाई भ्याइनभ्याइ छ ।

स्थानीय बजारदेखि धनकुटा, धरान, विराटनगर, बुटबलदेखि काठमाडौँसम्म उहाँले फूल पठाइरहनुभएको छ । जिल्लाभित्र र बाहिरबाट आएको मागअनुसार फूल पु¥याउनसमेत कठिन भइरहेको छ । यस वर्ष करिब १० टन फूल उत्पादन गर्ने उहाँको लक्ष्य रहेको छ । अहिले फूल प्रतिकिलो तीन सयदेखि चार सय रुपैयाँसम्ममा बिक्री भइरहेको उहाँको भनाइ छ । उहाँले कतिपय ठाउँमा किलोग्राम र कतिपय ठाउँमा मुठाका आधारमा फूल बिक्री गर्दै आएको बताउनुभयो । तिहारलाई लक्षित गरेर फूल खेती गर्दा बजारको माग राम्रो हुने भए पनि उत्पादनमा भने विभिन्न चुनौती छन् । तिहार आउन करिब १०० दिनअघि रोप्नुपर्ने फूलमा लेकाली क्षेत्रमा ढुसी लाग्ने र पातमा छिर्का बस्ने समस्या देखिने गरेको पौडेलको अनुभव छ । यस्ता समस्याका बाबजुद पनि बजारमा फूलको माग बढेकाले उहाँ उत्साहित भएको बताउनुभयो ।

धनकुटा नगरपालिका–७ का प्रविण पोख्रेल पनि फूल खेतीबाट राम्रो आम्दानी गर्ने आशामा रहेका छन् । एक रोपनी जमिनमा लगाएको फूल खेतीबाट यस वर्ष करिब दुई लाख रुपैयाँ आम्दानी गर्ने उहाँको लक्ष्य छ । विगतका वर्षमा भारतीय फूल र कृत्रिम मालाका कारण नेपाली किसानले बजारमा प्रतिस्पर्धा गर्न कठिन भएको पोख्रेलको भनाइ छ । स्वदेशी किसानको उत्पादनले उचित बजार पाउन सरकारले भारतीय फूल र कृत्रिम फूलको अनियन्त्रित आयात तथा प्रयोगलाई नियन्त्रण गर्नुपर्ने उहाँको माग छ । पोख्रेलले गत भारतीय फूल नआउँदा किसानले उत्पादन गरेको फूल सहज रुपमा बिक्री भएको बताउँदै यो वर्ष पनि सोही अनुसार काम भए सहज हुने बताउनुभयो । उहाँले बिचौलियाहरु फूल किन्ने गरि आएको भएपनि सिधै उपभोक्तालाई बिक्री गर्ने तयारीमा रहेको बताउनुभयो ।

गाउँको बारीदेखि सहरको बजारसम्म धनकुटाको फूल

धनकुटामा उत्पादित फूल स्थानीय बजारमा मात्र सीमित छैन । छिमेकी जिल्लासँगै तराईका विभिन्न सहर हुँदै काठमाडौँ र बुटवलसम्म पुग्ने गरेको छ । यसले फूल खेतीलाई किसानको आयआर्जनको माध्यम बनाउँदै लगेको छ । कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार जिल्लामा कम्तीमा ५१ रोपनी क्षेत्रफलमा फूल खेती भइरहेको छ । यस वर्ष करिब छ मेट्रिक टन फूल उत्पादन हुने अनुमान गरिएको ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाका किसानले न्यूनतम ५० हजार रुपैयाँदेखि ३५ लाख रुपैयाँसम्मको फूल उत्पादन गरी बिक्री गर्दै आएका छन् । ज्ञान केन्द्रमा फूल किसानलाई लक्षित छुट्टै कार्यक्रम नभए पनि आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख गोविन्दप्रसाद आचार्यले बताउनुभयो । फूल खेतीप्रति किसानको आकर्षण बढ्दै जानु यस क्षेत्रका लागि सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । आचार्यका अनुसार ज्ञान केन्द्रको तथ्याङ्कभन्दा पनि बढी मात्रामा धनकुटामा फूल उत्पादन हुने अनुमान रहेको छ ।

कृत्रिम मालाको मोहले स्वदेशी किसानलाई चुनौती

पछिल्लो समय धनकुटामा फूल खेती विस्तार हुँदै गए पनि नेपाली किसानले बजारमा विभिन्न चुनौती सामना गर्नुपरेको छ । विशेषगरी, भारतीय फूलको आयात र बजारमा पाइने कृत्रिम मालाको प्रयोगले स्थानीय उत्पादनको बिक्रीमा असर पार्ने गरेको किसानको गुनासो छ । तिहारमा मात्र होइन, अन्य चाडपर्व, विवाह, पूजाआजा तथा मेला महोत्सवमा समेत कृत्रिम मालाको प्रयोग बढ्दै गएको छ । हेर्दा आकर्षक र लामो समय टिक्ने भएकाले कृत्रिम मालाप्रति उपभोक्ताको आकर्षण बढेको देखिन्छ तर यसको विकल्पका रुपमा स्थानीयस्तरमै उत्पादन भएका प्राकृतिक फूलको प्रयोग बढाउनसके किसानको आम्दानी बढ्नुका साथै स्थानीय उत्पादनले बजार पाउने किसान पौडेलले बताउनुभयो ।

प्राकृतिक फूलको प्रयोगले गाउँको कृषि उत्पादनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय अर्थतन्त्रमा समेत योगदान पु¥याउने सरोकारवालाको भनाइ छ । वातावरणीय दृष्टिले पनि कृत्रिम मालाको प्रयोग घटाउँदै प्राकृतिक फूललाई प्राथमिकता दिनु आवश्यक रहेको किसान पोख्रलले बताउनुभयो ।

  • काठमाडौँ
  • धनकुटा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

  • Post Thumbnail

    जुम्लामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

  • Post Thumbnail

    संवादलाई प्राथमिकता दिन विश्व समुदायलाई आग्रह

  • Post Thumbnail

    श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

    बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

    बङ्गलादेशको राष्ट्रिय क्रान्ति तथा एकता दिवस मनाइयो

    Post Thumbnail

    चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ: प्रदेश प्रमुख देवकोटा

    Post Thumbnail

    सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution