Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २३, आईतबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
भोजपुर

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको छ ।
रासस ६५१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २३, आईतबार (१ घण्टा अघि)
Post Thumbnail

भोजपुर, २२ कात्तिक: मुन्दुम पदमार्गको पर्यटकीय महत्व, प्राकृतिक सौन्दर्य तथा पदयात्रासम्बन्धी आवश्यक जानकारी पर्यटकलाई उपलब्ध गराउने उद्देश्यले वेबसाइट सञ्चालनमा ल्याइएको छ । पदमार्गको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन तथा पर्यटकलाई सहज रूपमा आवश्यक सूचना उपलब्ध गराउने लक्ष्यका साथ वेबसाइट सञ्चालन गरिएको हो ।

कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले वेबसाइट सञ्चालनमा ल्याएको हो । टुरिजम डट कोशी डट जिओभी डट एनपीबाट मुन्दुम पदमार्गसहित अन्य पर्यटकीय क्षेत्रको विषयसमेत जानकारी लिन सकिने टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो ।

मुन्दुम पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पदयात्राका क्रममा आवश्यकपर्ने जानकारी डिजिटल माध्यमबाट उपलब्ध गराउन वेबसाइट प्रभावकारी हुने अध्यक्ष बस्नेतको भनाइ छ । वेबसाइटमार्फत पदमार्गको अवस्थिति, पदयात्राका गन्तव्य, प्राकृतिक तथा सांस्कृतिक विशेषता, स्थानीय रहनसहन र पर्यटकीय आकर्षणबारे जानकारी लिन सकिनेछ ।

भोजपुर, खोटाङलगायत आसपासका क्षेत्रलाई जोड्ने मुन्दुम पदमार्ग पूर्वी नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । प्राकृतिक सुन्दरता, हिमाली दृश्य, किरात संस्कृति, ऐतिहासिक तथा धार्मिक महत्वका स्थलले यस क्षेत्रलाई पदयात्राका लागि आकर्षक बनाएको छ ।

वेबसाइट सञ्चालनले मुन्दुम पदमार्गको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुग्ने गाउँपालिकाले जनाएको छ । यसबाट पदयात्रामा आउने पर्यटकलाई यात्रा योजना बनाउन सहज हुनुका साथै स्थानीय पर्यटन व्यवसाय, घरबास तथा अन्य आर्थिक गतिविधिमासमेत टेवा पुग्नेछ । मुन्दुम पदमार्गको व्यवस्थित प्रचारप्रसार र पर्यटन प्रवर्द्धनका लागि डिजिटल प्रविधिको प्रयोगलाई महत्वपूर्ण माध्यमका रूपमा लिइएको छ ।

  • खोटाङ
  • भोजपुर
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • Post Thumbnail

    श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

  • Post Thumbnail

    प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन

  • Post Thumbnail

    कार्तिक कृष्ण चतुर्दशीः नरक चतुर्दशी, कुकुर तिहार

  • सैनिक कल्याणकारी कोषः ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा

    सैनिक कल्याणकारी कोषः ४० हजार विद्यार्थीलाई छात्रवृत्ति, १० लाख हिताधिकारीलाई सुविधा

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    आगामी २४ घण्टाको मौसम पूर्वानुमान

    Post Thumbnail

    छ दिनमा तीन हजार बढी पर्यटक सिक्लेस पुगे

    Post Thumbnail

    श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

    Post Thumbnail

    कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution