Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
हेटौँडा

पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ: प्रदेश प्रमुख देवकोटा

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था वा राजनीतिक आग्रहको पक्षपोषणभन्दा माथि उठेर सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्ने बताउनुभएको छ ।
रासस ८७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (२ घण्टा अघि)
पत्रकारिता सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्छ: प्रदेश प्रमुख देवकोटा

हेटौँडा, २१ कात्तिक: बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पत्रकारिता कुनै व्यक्ति, संस्था वा राजनीतिक आग्रहको पक्षपोषणभन्दा माथि उठेर सत्य, तथ्य र जनहितको पक्षमा उभिनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल मकवानपुर शाखाले आज हेटौँडामा आयोजना गरेको चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिता लोकतन्त्रको सुदृढीकरणका लागि अपरिहार्य रहेको बताउनुभयो ।

प्रदेश प्रमुख देवकोटाले आलोचना लोकतन्त्रको सुन्दर पक्ष भए पनि त्यो तथ्यमा आधारित, रचनात्मक र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । डिजिटल प्रविधिको विकाससँगै गलत सूचना, भ्रामक समाचार र सामाजिक सञ्जालको दुरुपयोगका चुनौती बढेकाले पत्रकारितामा व्यावसायिक आचारसंहिता र सामाजिक उत्तरदायित्व अझ महत्त्वपूर्ण भएको उहाँको भनाइ छ ।

उहाँले पत्रकारिताको स्वतन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति गर्नु लोकतान्त्रिक राज्यको दायित्व भएको उल्लेख गर्दै सञ्चारसम्बद्ध संस्थाहरूलाई श्रमजीवी पत्रकारको हकहित संरक्षण र व्यावसायिक पत्रकारिताको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै उहाँले चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता, राष्ट्रिय एकता र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।

  • मकवानपुर
  • हेटौँडा
  • प्रतिक्रिया दिनुहोस
    राजनीति सम्बन्धि थप
  • परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान

    परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान

  • Post Thumbnail

    भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

  • पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला

    पार्टीको १५औँ महाधिवेशनबाट कांग्रेस युवामय भएको छ: महामन्त्री सङ्ग्रौला

  • Post Thumbnail

    यस्ता छन् कर्णाली मन्त्रिपरिषद् बैठकका निर्णय

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    दरबारमार्गमा काग सम्मेलन, सयौँ काग एकै ठाउँमा भेला

    Post Thumbnail

    सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ जारी

    राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

    राष्ट्रिय जुनियर टेनिसमा शाश्वत, आर्यश, निधय र स्वरालाई उपाधि

    परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान

    परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution