Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
सङ्खुुवासभा

युवालाई स्वदेशमै उद्यमशील बनाउन आठ अर्बको व्यवस्था: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको बताउनुभएको छ ।
रासस ८०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

सङ्खुुवासभा, २१ कात्तिक: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले युवालाई लक्षित गर्दै उत्पादन वृद्धि र रोजगारीका समस्या समाधानलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम अघि बढाएको बताउनुभएको छ ।

सङ्खुवासभमा सदरमुकाम खाँदबारीमा आज पत्रकार भेटघाट कार्यक्रम मुख्यमन्त्री कार्कीले यस वर्षको बजेटमार्फत प्रदेशमै काम गर्न चाहने युवालाई लक्षित गरी करिब रु आठ अर्ब बराबरको रकम व्यवस्था गरिएको जानकारी दिनुभयो । साना तथा मझौला उद्यम सञ्चालन गर्न चाहने युवालाई सहयोग पुग्ने गरी तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने उद्देश्यका साथ कार्यक्रम ल्याइएको उहाँले बताउनुभयो ।

युवालाई स्वदेशमै उद्यमशील बन्न प्रेरित गर्नुका साथै उत्पादन वृद्धि र रोजगारी सिर्जनामा टेवा पुग्ने विश्वास प्रदेश सरकारले लिएको उहाँको भनाइ छ । प्रदेश सरकारले रु आठ अर्ब बराबर रकम, यही प्रदेशमा काम गर्न चाहने युवालाई तीन वर्षसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले युवाको उद्यमशीलता प्रवर्द्धनमार्फत प्रदेशको अर्थतन्त्रलाई थप सुदृढ बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले उत्पादन र रोजगारी वृद्धि गर्दै युवालाई आफ्नै प्रदेशमा अवसर सिर्जना गर्ने वातावरण निर्माण गर्नु सरकारको लक्ष्य रहेको बताउनुभयो ।

“अब परिवेश फरक छ र यसका पछाडि केही अन्य कारणहरू पनि छन् । हामीले चालु आर्थिक वर्षका लागि बजेट ल्याएका छौँ । नीतिगत रूपमा पनि बजेटमार्फत धेरै महत्त्वपूर्ण कार्यक्रम र योजना अघि सारेका छौँ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो । उहाँले प्रदेश सरकारको विकास बजेटको सीमा र स्रोत–साधनको सीमितताका कारण हामीले चाहेजति विकास निर्माणका काम गर्न नसकेका बताउनुभयो ।

“विगतका वर्षहरूमा हामीले धेरै विकासका आधारहरू तयार गरेका छौँ । सडक सञ्जालको विस्तार र पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै आएका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार विभिन्न नीतिगत सुधार गर्दै सुशासनको प्रत्याभूति गराउने दिशामा पनि निरन्तर काम भइरहेको छ । कोशी प्रदेशमा विकास, समृद्धि र सुशासनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा थप प्रभावकारी रूपमा काम गर्ने सरकारको लक्ष्य रहेको उहाँले बताउनुभयो ।

  • सङ्खुुवासभा
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • अन्तर्वार्ता: जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

    अन्तर्वार्ता: जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ: मन्त्री चौधरी

  • Post Thumbnail

    हुलाकीको झोलादेखि मोबाइलसम्म

  • हात्तीदह सिमसारः पर्यापर्यटनको विकासले उकासिँदै ग्रामीण अर्थतन्त्र

    हात्तीदह सिमसारः पर्यापर्यटनको विकासले उकासिँदै ग्रामीण अर्थतन्त्र

  • Post Thumbnail

    डिजिटल वित्तीय प्रणाली सुरक्षित गर्न एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    त्रिविमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

    Post Thumbnail

    भोटेकोशी बाढीः यकिन बेपत्ता दुई हजार २९४ जनाको सूची सार्वजनिक

    Post Thumbnail

    पर्यटन प्रवर्द्धन गर्न इलाममा चिया महोत्सवको तयारी

    Post Thumbnail

    सिकाइ र अभ्यासका लागि काठमाडौँ केन्द्रविन्दु हो: सांसद परियार

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution