Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २२, शनिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
दमौली

राजनीतिसँगै फूलखेतीमा रमाउँदै पौडेल

राजनीतिमा सक्रिय रहँदै आउनुभएका तनहुँको बन्दीपुर गाउँपालिका-२ थारुबासका सुदिन पौडेल पछिल्लो समय फूलखेतीमा रमाउन थाल्नुभएको छ । तिहारलाई लक्षित गर्दै उहाँले व्यावसायिक रूपमा सयपत्री फूलखेती सुरु गर्नुभएको हो ।
रासस ६०१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २२, शनिबार (२ घण्टा अघि)
Post Thumbnail

दमौली (तनहुँ), २१ कात्तिक: राजनीतिमा सक्रिय रहँदै आउनुभएका तनहुँको बन्दीपुर गाउँपालिका-२ थारुबासका सुदिन पौडेल पछिल्लो समय फूलखेतीमा रमाउन थाल्नुभएको छ । तिहारलाई लक्षित गर्दै उहाँले व्यावसायिक रूपमा सयपत्री फूलखेती सुरु गर्नुभएको हो ।

स्थानीयस्तरमा फूल उत्पादन गरी उपभोक्तासम्म ताजा फूल तथा माला पुर्‍याउने उद्देश्यका साथ पौडेलले तीन रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गर्नुभएको छ । तिहार नजिकिएसँगै उहाँको बारीमा उत्पादित फूल बजारसम्म पुर्‍याउने तयारीमा जुट्नुभएको छ ।

“नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा सयपत्री फूलको विशेष महत्व छ । घर, आँगन, मठमन्दिर, कार्यालय तथा विभिन्न सार्वजनिकस्थल सजाउन सयपत्री फूल र मालाको प्रयोग गरिन्छ । भाइटीकाका दिन दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता साटासाट गर्दा पनि फूलमालाको प्रयोग हुने भएकाले यस समयमा सयपत्री फूलको माग उल्लेख्य रूपमा बढ्ने गर्छ”, पौडेलले भन्नुभयो ।

यही मागलाई ध्यानमा राखेर पौडेलले तिहार केन्द्रित फूलखेती गर्नुभएको हो । बजारमा बाहिरी जिल्लाबाट आयात हुने फूलको विकल्पका रूपमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने र उपभोक्तालाई ताजा फूल उपलब्ध गराउने प्रयास गरेको उहाँले उल्लेख गर्नुभयो ।

पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा व्यावसायिक फूलखेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । विशेषगरी तिहारका बेला सयपत्री फूलको माग उच्च हुने भएकाले थोरै जग्गामा समेत व्यावसायिक खेती गरेर आम्दानी गर्न सकिने सम्भावना छ ।

उत्पादनसँगै बजार व्यवस्थापन, फूलको उचित मूल्य र भण्डारणको व्यवस्था किसानका लागि महत्वपूर्ण चुनौतीका रूपमा रहने गरेको पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “राजनीतिक तथा सामाजिक गतिविधिसँगै व्यवसायलाई पनि सँगै अगाडि लैजानुपर्छ भन्ने सोचसहित फूलखेतीमा लागेको हुँ ।”

  • तनहुँ
  • दमौली
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • Post Thumbnail

    यस्ता छन् सरकार र डा केसीबीच भएका सहमति

  • Post Thumbnail

    कृषि अध्ययन गरेका युवाको सयपत्री सपना

  • फूलखेतीले दिलाएको सफलता …

    फूलखेतीले दिलाएको सफलता …

  • Post Thumbnail

    विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण सङ्कलन सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

    Post Thumbnail

    तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणद्वारा तयारी

    Post Thumbnail

    झापामा अन्तरपालिकास्तरीय महिला फुटबल प्रतियोगिता

    Post Thumbnail

    अन्तरराष्ट्रिय कला प्रदर्शनी सम्पन्न

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution