Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २१, शुक्रबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
रसुवा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो ।
रासस ७७६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २१, शुक्रबार (२ घण्टा अघि)
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

रसुवा, २० कात्तिकः समुद्री सतहबाट दुई हजार ५५० मिटरको उचाइमा अवस्थित रसुवाको पार्वतीकुण्ड धार्मिक आस्था, तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अनुपम सङ्गम हो । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र र मनमोहक हिमाली दृश्यले भरिपूर्ण यो क्षेत्र आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा भने ओझेलमा परेको छ ।

आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङको शिरमा रहेको पार्वतीकुण्ड धार्मिक तथा सांस्कृतिक महत्वका साथै पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । स्थानीय तामाङ भाषामा पार्वतीलाई ‘आमा’ र ताललाई ‘छोदिङ्मो’ भनिने भएकाले स्थानीय मौलिक पहिचानलाई सम्मान गर्दै गाउँपालिकाको नाम पनि आमाछोदिङ्मो राखिएको हो ।

कुनै समय ‘कालो छाना भएको गाउँ’का रूपमा परिचित गत्लाङको उत्तरतर्फ रहेको यही कुण्डका नामबाट सुरुमा गाउँपालिकाको नाम पार्वतीकुण्ड राखिएको थियो । पछि स्थानीय भाषा र पहिचानलाई प्राथमिकता दिँदै पहिलो निर्वाचित गाउँसभाको सिफारिसमा नाम परिवर्तन गरी आमाछोदिङ्मो कायम गरिएको थियो ।

गाउँपालिकाकी उपाध्यक्ष चण्डिका तामाङका अनुसार पार्वतीकुण्ड प्राकृतिक सौन्दर्यको अनुपम उपहारमात्र नभई हिन्दू र बौद्ध धर्मावलम्बीको ऐतिहासिक तथा धार्मिक धरोहर पनि हो । उहाँले भन्नुभयो, “यहाँ अन्तरराष्ट्रियस्तरको धार्मिक पर्यटन प्रवर्द्धन गर्ने प्रचुर सम्भावना छ । तर, आवश्यक भौतिक पूर्वाधार र राष्ट्रियस्तरमा प्रचारप्रसार हुन नसक्दा यो क्षेत्र अझै ओझेलमा छ । गाउँपालिकाले संरक्षण र स्थानीयस्तरमा प्रवर्द्धनका प्रयास गरिरहेको भए पनि यसको समग्र विकासका लागि सङ्घीय तथा प्रदेश सरकारको विशेष बजेट र रणनीतिक योजनाको आवश्यकता छ ।”

पार्वतीकुण्डको उत्पत्ति र महत्वबारे हिन्दू तथा बौद्ध धर्ममा आआफ्नै धार्मिक आख्यान प्रचलित छन् । हिन्दू धार्मिक किंवदन्तीअनुसार यसको सम्बन्ध गोसाइँकुण्डको उत्पत्तिसँग जोडिएको छ ।

समुद्र मन्थनबाट निस्किएको हलाहल विषको डाह शान्त पार्न भगवान् शिवले नीलकण्ठ बनेर गोसाइँकुण्डको सृजना गरेको धार्मिक विश्वास छ । शिवको खोजीमा माता पार्वती यसै स्थानमा विराजमान हुनुभएको स्थानीय जनश्रुति छ । यही विश्वासका आधारमा कुण्डलाई पवित्र तीर्थस्थल मानिन्छ । यहाँ स्नान गरे मोक्ष प्राप्त हुने जनविश्वास छ । मानसरोवर तीर्थयात्रा गरेर फर्कने भारतीय तीर्थयात्री पनि यहाँ स्नानका लागि आउने गरेका छन् । भारतको हिमाञ्चलस्थित प्रसिद्ध धार्मिकस्थल छोपेमासँग पनि यस कुण्डको पौराणिक सम्बन्ध रहेको विश्वास गरिन्छ ।

बौद्ध धर्मावलम्बीका अनुसार गुरु पद्मसम्भव (गुरु रिम्पोछे)ले मानव समुदायको सुख, शान्ति र मुक्तिका लागि यस हिमाली क्षेत्रमा तपस्या गर्नुभएको थियो । तपस्याका क्रममा स्नानका लागि आवश्यक पवित्र जल यहाँका विभिन्न जलाशयमध्ये पार्वतीकुण्डमा सबैभन्दा शुद्ध रहेको विश्वास गत्लाङका स्थानीय अविनाश तामाङ बताउनुहुन्छ ।

स्थानीय फुर्पुसिङ्गी तामाङका अनुसार पार्वतीकुण्ड धार्मिक आस्थाको केन्द्रमात्र नभई प्राकृतिक सौन्दर्य र तामाङ सम्पदाले भरिपूर्ण क्षेत्र पनि हो । यो प्रसिद्ध तामाङ सम्पदा मार्गमा पर्दछ । यहाँ आउने पर्यटकले तामाङ संस्कृति, परम्परागत वेशभूषा र रैथाने जीवनशैलीको प्रत्यक्ष अनुभव गर्न सक्छन् । कुण्ड वरपर रहेका गुराँस, खस्रु, लालीगुराँस र काठका रूखले यहाँको वातावरणलाई शान्त र मनमोहक बनाएका छन् ।

कुण्डनजिकै रहेको प्राकृतिक दृश्यावलोकनस्थल ‘ज्यार्सा भ्यूप्वाइन्ट’बाट लाङटाङ, गणेश, मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण र जुगललगायतका हिमशृङ्खला स्पष्ट देख्न सकिन्छ । यहाँबाट चीनतर्फका हिमाल, काठमाडौँ उपत्यकाको केही भाग र त्रिशूली नदीको दृश्यावलोकन गर्न सकिन्छ ।

पार्वतीकुण्डभन्दा माथिल्लो भागमा रहेको दूधकुण्डलाई स्थानीय धार्मिक मान्यताअनुसार पार्वतीकुण्डको दिदीबहिनीका रूपमा लिने गरिन्छ । यस क्षेत्रको ऐतिहासिक महत्व बोकेको प्राचीन ‘बोङ्जो घले दरबार’को भग्नावशेष, पार्वती मन्दिर र नेपाली सेनाको ब्यारेक रहेको छ । सान्जेन खर्क, सान्जेन हिमाल, गणेश हिमाल, सोमदाङ तथा धादिङका विभिन्न बस्ती पुग्ने प्रमुख पदमार्गका रूपमा पनि यो क्षेत्र परिचित छ ।

पार्वतीकुण्ड क्षेत्र विकास समितिले पर्यटकको आकर्षण बढाउन स्थानीय तामाङ समुदायमार्फत मौलिक सांस्कृतिक झाँकी, म्हेन्दोमाया र सेलोलगायत परम्परागत नृत्य प्रस्तुत गर्ने गरेको छ । यसले पर्यटकलाई स्थानीय संस्कृति र परम्परासँग नजिकबाट परिचित गराउने गरेको छ ।

प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण पार्वतीकुण्डको संरक्षण, पूर्वाधार विकास र प्रभावकारी प्रचारप्रसार हुनसके यसलाई मुलुककै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने स्थानीयको अपेक्षा छ । यसबाट स्थानीयवासीको आर्थिक जीवनस्तर सुधारमा पनि योगदान पुग्ने देखिन्छ । गत भदौ १० गतेको भोटेकोशी बाढीले सडक सञ्जालमा क्षति पुर्याएपछि यो क्षेत्र थप ओझेलमा परेको छ ।

  • काठमाडौँ
  • धादिङ
  • नेपाली सेना
  • रसुवा
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

    कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

  • Post Thumbnail

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

  • Post Thumbnail

    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

  • फूलैफूलको मौसम तिमीलाई…

    फूलैफूलको मौसम तिमीलाई…

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

    कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

    Post Thumbnail

    आजको मौसम पूर्वानुमानः पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा

    Post Thumbnail

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

    Post Thumbnail

    तिहार पर्व सुरु, मिथिलामा धनतेरस

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution