Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
बागमती

सयपत्री फूलखेतीमा पहिचानसँगै अरूका लागि प्रेरणादायी बन्दै बालकृष्ण

सयपत्री फूलमा एक दशकभन्दा बढीको निरन्तर लगावले मकवानपुरका पुष्प व्यवसायी बालकृष्ण चौलागाईंले विशिष्ट पहिचान बनाइसक्नुभएको छ । सयपत्री फूलको व्यावसायिक उत्पादनमा निरन्तर समर्पित हेटौँडा उपमहानगरपालिका-६, चौघडाका चौलागाईंको आफ्नो मात्र नभई अन्य किसानहरूको उत्पादनलाई बजारीकरणमा पनि सहयोग गरिरहनुुभएको छ ।
रासस १००१ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (२१ मिनेट अघि)
Post Thumbnail

बागमती, १९ कात्तिक: सयपत्री फूलमा एक दशकभन्दा बढीको निरन्तर लगावले मकवानपुरका पुष्प व्यवसायी बालकृष्ण चौलागाईंले विशिष्ट पहिचान बनाइसक्नुभएको छ । सयपत्री फूलको व्यावसायिक उत्पादनमा निरन्तर समर्पित हेटौँडा उपमहानगरपालिका-६, चौघडाका चौलागाईंको आफ्नो मात्र नभई अन्य किसानहरूको उत्पादनलाई बजारीकरणमा पनि सहयोग गरिरहनुुभएको छ ।

नेपाल सयपत्री फूल उत्पादक सङ्घको केन्द्रीय अध्यक्ष पनि रहनुुभएका चौलागाईंले मञ्जुश्री आधुुनिक फूल एवं तरकारीखेती फार्ममार्फत वर्षको ३६५ दिन हेटौँडाको बजारमा आवश्यक पर्ने सयपत्री फूल र त्यसका माला उपलब्ध गराउँदै आउनुुभएको छ । समाज तथा राष्ट्रको समुन्नतिका लागि उत्पादनसँग जोडिनुको विकल्प नभएको मान्यतामा आधारित भई व्यावसायिक खेतीमा लागि रहनुुभएका उहाँले तीन कट्ठा क्षेत्रफलमा रहेको ग्रिन हाउसबाट सबै याममा सयपत्रीको उत्पादन गरिरहनुुभएको छ भने बजारको माग र आवश्यकताअनुसार ग्रिन हाउस बाहिर पनि फूलहरू उत्पादन गर्दै आउनुुभएको छ ।

यसअघि २०६६ सालमा जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भएका समयमा लियो, लायन्स र जेसिजले मात्र माला प्रयोग गरेको देखेको उल्लेख गर्दै उहाँले पछिल्ला वर्षमा विभिन्न सङ्घसंस्थाका कार्यक्रमहरूमा मालाको प्रयोग बढिरहेको बताउनुभयो । हरेक राजनीतिकर्मी पनि उत्पादन जोडिनु अपरिहार्य भएको बताउँदै उहाँले मकवानपुरमा पहिलोपटक आफूू र ललित घलानले स्थानीय रूपमा व्यावसायिक फूल खेतीको थालनी गरेको अनुुभव सुनाउनुभयो ।

आफू राजनीतिक रुपमा तत्कालीन माओवादीको वाइसिएल इन्चार्ज हुँदा खेरि नै राजनीतिकर्मी उत्पादनसँग जोडिनुपर्छ भन्ने सोचसहित फूूलखेतीमा लागेको चौलागाईंको भनाइ छ । त्यसअघि आजभन्दा करिब २२ वर्ष अघि बङ्गालीहरूले यस क्षेत्रमा आएर फूल उत्पादन गरी उतै लैजाने गरेको भए पनि स्थानीय रुपमा उत्पादन गरी हेटौँडामा नै यसको बजारीकरणको सुरुआत आफूहरूले गरेको उहाँले दाबी गर्नुुभयो ।

सुरुमा चौघडास्थित डाँडामा बाँदर लाग्ने स्थानमा सयपत्री फूल लगाउन सुुरु गरेका चौलागाईंले फूूलखेतीका तौरतरिका भने भारतको कलकत्ता गएर १५ दिन किसानकै घरमा बसी सिक्नुुभएको हो । पछिल्ला वर्षमा फूलखेतीका सम्बन्धमा विभिन्न स्थानमा पुगेर प्रशिक्षण पनि दिँदै आएको अनुभव सुनाउँदै उहाँले मकवानपुर बाहिर करिब ५५ स्थानमा संस्थागत रुपमा नै आमन्त्रण भई तालिमहरू दिएको बताउनुुभयो ।

सामान्यत: एक कट्ठामा एक हजार बोट सयपत्रीका फूल लगाउन सकिने बताउँदै उहाँले राम्रोसँग खेती गर्न सकिएमा रोजगारीका लागि भौँतारिनुुपर्ने अवस्था नरहेको बताउनुुभयो । उहाँका अनुसार सयपत्री फूलको उत्पादन गर्न सकिएमा बजारको कुुनै समस्या छैन । हेटौँडामा मात्रै दैनिक ३०० देखि ५०० वटा माला बिक्री हुने गरेका छन् । पछिल्ला समयमा मकवानपुुर फूलमा आत्मनिर्भर बन्नाका साथै यहाँका उत्पादन काठमाडौँलगायत स्थानमा पनि पुग्ने गरेको बताउँदै उहाँले जिल्लामा १८ देखि २० बिघामा व्यावसायिक फूूलखेती भइरहेको जानकारी दिनुभयो ।

वर्षैभरि समान मूल्यमा माला बिक्री गर्दै चौलागाईं

वर्षमा ३६५ दिन नै सयपत्रीको उत्पादन तथा बिक्री गर्दै आउनुुभएका चौलागाईंले आफूले वर्षभरि उही मूल्यमा माला बिक्री गरिरहेको बताउनुुभयो । आफूले प्रति मालाको रु एक सयका दरले बिक्री गरिरहेको जनाउँदै उहाँले सेतो धागोमा उनिएको तीन फिट लम्बाइको माला बिक्री गरिरहेको बताउनुुभयो ।

“उत्पादनको याम होस् वा नहोस् मैले वर्षैभरि रु एक सयको मूल्यमा माला बिक्री गर्दै आएको छु,” उहाँले भन्नुुभयो, “घरमा आएर लैजानेलाई अझै रु पाँच–सात छुुट दिने गरेको छु ।” आफ्नो उत्पादनसँगै चौलागाईंले अन्य किसानले उत्पादन गरेमा माला पनि खरिद गरी बिक्री गर्दै आउनुुभएको छ । मालाको भण्डारणका लागि उहाँले कोल्ड रुम पनि सञ्चालन गर्दै आउनुुभएको छ । मालाको बिक्री घरबाटै हुुने गरेको उहाँको भनाइ छ ।

फूूलको उत्पादनसँगै बेर्ना पनि उत्पादन

चौलागाईंले फूलको उत्पादनसँगै कृषकहरूका लागि सयपत्रीका बिरुवा पनि बिक्री गर्दै आउनुभएको छ । उहाँले यस वर्ष मात्रै डेढ लाख सङ्ख्यामा सयपत्रीका बिरुवा बिक्री गरेको बताउँदै उहाँले बिक्री भएका बेर्नाबाट किसानहरूले यस वर्ष प्रशस्त उत्पादन गर्नुभएको बताउनुुभयो ।

हेटौँडा र आसपासबाट विभिन्न किसानले फार्मबाट बेर्ना लगेर राम्रै उत्पादन गरिरहेका छन् । चौलागाईंको फार्मबाट स्थानीय युवा व्यवसायी प्रदिप थापाले बेर्नाहरू लगेर दुई कट्ठा क्षेत्रफलमा सयपत्री फूल लगाउनुुभएको छ । लगाइएका सयपत्री राम्रैसँग फूलिरहेको बताउँदै उहाँले तिहारका लागि बजारमा लैजाने तयारी गरेको जानकारी दिनुुभयो ।

चौलागाईंले आफूले तयार गरेका बेर्ना लगेका किसानको फूलको बजारीकरणको समेत पूर्ण रुपमा जिम्मा लिने गर्नुुभएको छ । फूलखेतीका माध्यमबाट देशलाई फूलमा आत्मनिर्भर बनाउनाका साथै स्थानीय रुपमा रोजगारी समेत सिर्जना गर्न सकिने बताउँदै उहाँले फूूलको आयातबाट विदेशिने गरेको पुँजीलाई स्वदेशमा नै रोक्न सकिने धारणा राख्नुुभयो । धेरै युवाहरूलाई फूूलखेतीका माध्यमबाट यही नै स्वरोजगार बनाउन सकिने बताउँदै उहाँले बाहिरबाट हुने आयातलाई निरुत्साहित गर्ने राज्यको दायित्व भएको बताउनुुभयो ।

  • काठमाडौँ
  • बागमती
  • मकवानपुर
  • प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

    त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

  • Post Thumbnail

    प्राविधिक शिक्षालाई श्रम बजारको माग र दक्ष जनशक्ति उत्पादनमा केन्द्रित गरिनुपर्छः मुख्यमन्त्री आचार्य

  • Post Thumbnail

    मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

  • Post Thumbnail

    धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण: महासचिव पोखरेल

    मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्वपूर्ण: महासचिव पोखरेल

    Post Thumbnail

    सयपत्री फूलखेतीमा पहिचानसँगै अरूका लागि प्रेरणादायी बन्दै बालकृष्ण

    सिएसआरआईद्वारा ‘ग्लोबल रिसर्च ग्रान्ट’ घोषणा

    सिएसआरआईद्वारा ‘ग्लोबल रिसर्च ग्रान्ट’ घोषणा

    Post Thumbnail

    एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution