Logo
  • ई-पेपर
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • आर्थिक/बजार
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
  • मनोरञ्जन
  • राजनीति
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • साहित्य
  • सुचना प्रविधि
  • स्वास्थ्य
© २०७९ प्रत्यूष Designed by: GOJI Solution
Logo
२०८३ कार्तिक २०, बिहिबार
आजको ई-पेपर
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • आर्थिक/बजार
  • खेलकुद
  • मनोरञ्जन
  • राशिफल
  • विचार/लेख
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
पाँचथर

जाँतो बनाउने पेसा लोप हुने अवस्थामा

आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ । परम्परागत रूपमा जाँतो बनाउँदै आएका पाँचथरको हिलिहाङ गाउँपालिका-१ दोरुम्बाका जोगी समुदायले माग घट्न थालेपछि यो पेसा छोड्न थालेका हुन् ।
रासस ९२६ पटक पढिएको प्रकाशित मिति: २०८३ कार्तिक २०, बिहिबार (१७ मिनेट अघि)
जाँतो बनाउने पेसा लोप हुने अवस्थामा

पाँचथर, १९ कात्तिक: आधुनिक कुटानी पिसानी मिल गाउँगाउँमा पुगेसँगै ढुङ्गा खोपेर जाँतो बनाउने पेसा लोप हुने अवस्थामा पुगेको छ । परम्परागत रूपमा जाँतो बनाउँदै आएका पाँचथरको हिलिहाङ गाउँपालिका-१ दोरुम्बाका जोगी समुदायले माग घट्न थालेपछि यो पेसा छोड्न थालेका हुन् ।

हिलिहाङ गाउँपालिका-१ र २ मा बसोबास गर्ने जोगी समुदायका युवाले जाँतो बनाउने गर्दथे । जोगी समुदायसँग सीप सिकेर यहाँका तामाङ र दलित समुदायका मानिसले पनि जाँतो बनाउने गरेकामा पछिल्लो समय अधिकांशले पेसा छाड्दै गएका स्थानीय बताउँछन् । जाँतोको माग कम हुनु, रोजगारीका अन्य क्षेत्रमा युवा लाग्नु तथा काम कठिन भएकाले पेसा सङ्कटमा जाने अवस्थामा पुगेको दोरुम्बाका खड्गप्रसाद जोगीले बताउनुभयो ।

जोगीले २१ वर्षको उमेरदेखि जाँतो बनाउने पेसा अङ्गाल्नुभएको थियो । उहाँले जाँतो बनाउन सुरु गर्दा एकजोर मूल्य रु ४० पर्ने जनाउनुभयो । तत्कालीन समयमा गाउँघरमा खाद्यान्नको अभाव हुँदा पाँच पाथी धान, मकै, कोदोमा पनि एकजोर जाँतो साटेको खड्गप्रसादले सम्झनुभयो । “त्यो समयमा जाँचोको माग बढी भए पनि मूल्य कम पथ्र्यो । खानु पर्‍यो, छोराछोरी पाल्नु पथ्र्यो । चामल किन्न नपाइने अवस्था थियो,” उहाँले भन्नुभयो, “अहिले एकजोर जाँतोको मूल्य रु तीन हजारसम्म पुगेको छ । तर, पेसा अङ्गाल्ने युवा छैनन् ।”

हाल छिटफुट रूपमा निर्माण हुने जाँतो प्रतिजोर रु दुई हजार ५०० देखि रु तीन हजारसम्ममा बिक्री हुने गरेको उहाँले खड्गप्रसादले बताउनुभयो । उहाँले ६१ वर्ष पुगेसँगै तागतले नभ्याएपछि पेसा छोडेको बताउनुभयो । “मैले काम छाडेको तीन वर्ष भयो । ढुङ्गा उचाल्नु पर्‍यो, कुट्नु पर्‍यो, झम्पल, हम्मर र छिनो चलाउनु पर्‍यो,” उहाँले भन्नुभयो, “एकजोर जाँतो बनाउन दुईदेखि तीन दिन लाग्छ । युवा पुस्ताले मात्रै यो काम गर्न सक्छन् ।”

आफूले करिब ४० वर्ष जाँतो बनाउने पेसा अङ्गालेको जनाउँदै खड्गप्रसादले यहाँ निर्माण गरिएका जाँतो नेपालमा काठमाडौँसम्म र पूर्वी भारतका विभिन्न राज्यसम्म पुगेको स्मरण गर्नुभयो । उहाँका अनुसार हिलिहाङ-२ मा रहेको बिजुलीभञ्ज्याङ सामुदायिक वनमा पाइने दर्शन र खरी ढुङ्गाबाट जाँतो बनाउने गरिन्छ ।

दारिम्बाबाट ढुङ्गा पाइने स्थान पुग्न करिब एक घण्टा पैदल यात्रा गर्नुपर्छ । काम कठिन भएकाले पेसा नै सङ्कटमा परेको खड्गप्रसादको भनाइ छ । “मैले छरछिमेकी र छोरानाति पुस्तालाई सीप सिकाएर काम छोडेको हुँ । भीरपहराबाट ढुङ्गा निकाल्नुपर्छ । काम दिने ढुङ्गा निस्कन्छ कि निस्कँदैन भन्ने टुङ्गो पनि हुँदैन”, उहाँले भन्नुभयो, “बनाइसक्न लागेको जाँतो फुटेर जाँदा पूरै मेहनत खेर जाने अवस्था पनि आउँछ ।”

यहाँ विगतमा पाँच घर जोगी, एक घर दलित र दुई घर तामाङ समुदायले जाँतो बनाउने गरेका खड्गप्रसादले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँपुस्ताका युवा गाडी चलाउने, फेरि लगाउने, व्यापारव्यवसाय गर्नेतर्फ आकर्षित छन् । कतिपय वैदेशिक रोजगारीमा पनि गएका छन् । “अबका पुस्ताले यो काम गर्दैनन् होला”, उहाँले भन्नुभयो । यातायातको सुविधा हुनुपूर्वमा यहाँ बनाइएको जाँतो ढाकर, डोको, बोरामा बोकेर पनि लैजाने गरिन्थ्यो ।

दारिम्बाकै नेत्रप्रसाद जोगीले ११ वर्षको उमेरमा जाँतो बनाउने सीप सिक्नुभएको थियो । तर उहाँले पनि यो पेसा छोडेको चार वर्ष भइसकेको जनाउनुभयो । “धेरै टाढाबाट ढुङ्गा ल्याउनुपर्छ । धेरै दु:ख गरेर जाँतो बनाउछौँ । उपभोक्ताले कति महङ्गो भयो भन्नुहुन्छ,” नेत्रप्रसादले भन्नुभयो, “उपभोक्ताले हाम्रो दु:ख देख्नुभएको छैन । मैले ढुङ्गा बोक्न प्रयोग हुने डोको सल्लाको ठुटोमा झुण्ड्याएर पेसा छोडेको हुँ ।”

जाँतो बनाउने ढुङ्गा पाउन कठिन हुने, गाउँगाउँमा कुटानी पिसानी मिल पुगेपछि जाँतोको माग कम हुन थालेपछि पुस्तौँदेखि गर्दै आएको पेसामा छाड्नुपरेको नेत्रप्रसादको भनाइ छ । “कतिपय ठाउँबाट अलिअलि माग आउँछ । तर अब जाँतो निर्माण गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो ।

नेत्रप्रसादका अनुसार १९३२ सालदेखि यहाँका जोगी समुदायले जाँतो बनाउने काम गरेको इतिहास भेटिएको छ । तत्कालीन समयमा यो पेसा क्रमश: पुस्तान्तरण हुँदै आएको थियो । “काका र दाइसँग काम गर्दागर्दै मैले २०५१ सालदेखि जाँतो बनाउन थालेँ । मैले सुरुआत गर्दा रु ७० मा एकजोर जाँतो बिक्री हुन्थ्यो”, नेत्रप्रसादले भन्नुभयो, “पछि क्रमश: मूल्य पनि बढ्दै गयो । तर जाँतो बनाएर केही प्रगति गर्न सकिएन । भात खाने मेलो मात्रै थियो ।”

खड्गप्रसाद, नेत्रप्रसादलगायत छिमेकीसँग काम गर्दागर्दै दोरुम्बाका मनकुमार नेपालीले पनि जाँतो बनाउन सिक्नुभयो । उहाँले जाँतो बनाउन थालेको २३ वर्ष भएको बताउनुभयो । अहिले यहाँ जाँतो बनाउने मनकुमार मात्रै हुनुहुन्छ । “छिमेकीसँग काम गर्दागर्दै यो पेसा जानेको हुँ । तर अहिले काम गर्ने एक्लै भएँ । सबै साथीभाइले छोड्दै गए”, उहाँले भन्नुभयो, “मैले पनि छोडौँ त भनेको । नगर्दा पनि मन मान्दैन ।”

मनकुमारको भनाइमा अहिले जाँतोको माग थोरै मात्रै हुन्छ । बजारी क्षेत्रबाट पनि सानो आकारको जाँतोको माग हुन्छ । तर, यसको निर्माण धेरै कठिन हुन्छ भने मूल्य कम पर्दछ । बढी सङ्ख्यामा माग भएमा पेसा छोडेकाहरूले पनि निरन्तरता दिने सम्भावना हुन्छ । “धेरै माग आउँदा साथीभाइले पनि काम गर्न सक्छन् । किनकि २० जोरभन्दा बढीको माग आयो भने राम्रै आम्दानी हुन्छ । धेरै जना भएर गर्छौं”, नेपालीले भन्नुभयो, “तर, अब नयाँ पुस्तालाई काम गरौँ न भन्दा मान्दैनन् । काम गर्ने मान्छे नभएपछि यो पेसा लोप भएर जाने अवस्था छ ।”

  • काठमाडौँ
  • पाँचथर
  • प्रतिक्रिया दिनुहोस
    विचार/लेख सम्बन्धि थप
  • ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

    ‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

  • Post Thumbnail

    दीपावली र छठको रौनकः रङरोगनद्वारा टल्काइँदै घर

  • आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

    आलेखः लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

  • Post Thumbnail

    तिहार खर्च जुटाउन पाल्पामा राउटे

  • प्रत्यूष ई-पेपर थप

    २०८३ कात्तिक १९ गते बिहिबार

    २०८३ कात्तिक १९ गते बिहिबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    समाचार
    Post Thumbnail

    एनपिएल: विराटनगर किङ्सविरुद्ध काठमाण्डु गोखार्जको सहज जित

    जाँतो बनाउने पेसा लोप हुने अवस्थामा

    जाँतो बनाउने पेसा लोप हुने अवस्थामा

    सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

    सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

    सार्वजनिक प्रदर्शनमा मानव अधिकार संरक्षण सरकारको प्राथमिकता

    सार्वजनिक प्रदर्शनमा मानव अधिकार संरक्षण सरकारको प्राथमिकता

    प्रत्यूष नेटवर्क प्रा.ली. द्धारा प्रकाशित

    नीलकण्ठ नपा. ३ सुगमटोल धादिङबेशी

    [email protected]

    ०१०५२११७५,९८५११२०८५०

    जि.प्र.का. धा. दर्ता नं. ०६।०६१।०६२

    जि. हु.का. धा. दर्ता न. ०६।०६९।७०

    सूचना विभाग दर्ता नम्बर: ५२१०

    हाम्रो टीम

    अध्यक्ष /संचालक : श्री दिपा लम्साल - (९८५११२०९४०)
    प्रधानसम्पादक : श्री बद्री अधिकारी - (९८५११२०८५०)
    कार्यकारी सम्पादक :अर्जुन प्रसाद खतिवडा - (९८४९३३९२२२)
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • ई-पेपर
    • बिज्ञापन
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • समाचार
    • स्थानीय समाचार
    • अन्तर्राष्ट्रिय
    © २०७९ प्रत्यूष Designed by: GOJI Solution